क्रीप्टो सल्बलाउदै……… !!
:::::::::::::::::::::
अस्ति काठमाडौमा जाँदा एकजना तामाङ समुदायको राम बहादुर बोम्जनको अनुयायी संग भेट भएको थियो, आउने जनगणनामा उनीहरुले बौद्धको महलमा "मैत्री धर्म" लेख्ने हो रे ! केही समय अगाडि तामाङ हरुको "बोन" संघ र मस्टो संघको संयुक्त बैठक बसेर दुबैले हिन्दुको ठाउँमा एउटाले मस्टो लेख्ने अर्कोले बौद्धको ठाउँमा "बोन" लेख्ने भनेर छलफल गरेको सामाजिक संजालमा आएको थियो।
यता मेरो गृह जिल्ला चितवनको गुरुङको संस्था "तमु प्ये ल्हु संघ" ले आउने जनगणनामा धर्मको महलमा बौद्ध होइन "बोन" लेख्ने भनेर निर्णय गरेर अहिले घर घरमा हामी बौद्ध होइनौं भन्दै अभियान चलाउँदै छ।
उता लिम्बुवान तिर त किराँतको ठाउँमा "युमा" धर्म लेखौं भन्दै युमा साम्यो महासभाले संस्थागत निर्णय गरेर उफ्रिदै हिंडेको धेरै भैसकेको छ। यी सबैको कुल जोड के हो भने हाम्रो रैथाने मुलवासी हिन्दु बौद्ध किराँत धर्मको टुक्राटुक्रा पारेर प्रतिशत घटाउनु हो।
निश्चितरूपमा अबको जनगणना पछी बौद्ध र किराँतको संख्या पहिलाको भन्दा झन् घट्ने छ, तर यो घटेको दोष चाहिँ यी पश्चिमी फिरंगीको पैसामा अहिले उफ्रिदै हिंडेर आफ्नो धर्मको संख्या घटाउनेहरुले जिम्मेवारी लिँदैनन यिनिहरुले जनगणना पछी तुरुन्तै अर्को कुरा गर्न थाल्छ, यस्तो भनेर ÷ "हाम्रो संख्या योभन्दा धेरै छ यो जनगणनामा धाँधली भयो ! सबै हिन्दु बाहुनहरुले जनगणना गरेकोले हाम्रो संख्या घटाएर देखायो भन्दै लाटासोझा जनतालाई उल्लू बनाउने पनि छ यो पनि पक्का हो अहिल्यै लेखी राखे हुन्छ।
अन्ततोगत्वा नेपालको रैथाने धर्महरु चोइटा चोइटामा गणना हुने इसाई धर्म चाहिँ सग्लो एउटा मात्रै गणना हुने भएपछि ढिलो चाँडो प्रमुख धर्म त नेपालमा इसाई मात्रै हुने भयो। नेपालमा राजकीय इसाई सम्मेलन गरेर प्रमुख अतिथि बनेकी होलीवाइन माताले "नेपाल छिट्टै प्रभुको राज्य हुने छ" भनेर भविस्यवाणी गरेको फगत त्यसै होइन यी सबै अहिले संस्थागत रूपमा "बोन" लेखौ "मस्टो" लेखौ "युमा" लेखौं भन्दै घर घरमा आउनेहरु तिनै होलिवाइनका मुर्कुट्टाहरु हुन, त्यसैका थोरै दानापानीमा आफ्नो धर्म भित्र फुट ल्याउन तानाबाना बुन्न पठाइएका "क्रीप्टो" हरु हुन यस्ता क्रीप्टोहरु बाट बेलैमा सबै सतर्कता हौं !!
- Mohan Lama Rumba
No comments:
Post a Comment