एमालेको भित्री चरित्र
कुमारजी आज्ञा गर्नुहुन्छ - हे
अगस्त्य मुनि, अब म हिजोको नेकपा माले, पछि एमाले हुँदै नेकपा हुन आइपुगेको पार्टीको
भित्री चरित्र बर्णन गर्दछु; ध्यानदिएर सुन।
४० सालको
सेरोफेरोसम्म नेकपा (माले)को पोलिटब्युरोका पूर्ण सदस्य ३ जना थिए | कुरो सिद्धान्त, शिलाचार, सङ्घर्षको गुण र तादात्म्यको हो | उ बेलाका 'झापाली'
| २५ वर्ष भन्दा
माथिका सायद, राम नाथ र मोहनचन्द्र बाहेक कोही थिएनन् | अल्लारे उमेर कै | तिनको छविको बारेमा बीपी, पुष्पलाल, मनमोहन, मोहन बिक्रम सबैको एउटै धारणा थियो, यिनको तरिका गलत भए पनि स्पिरिट अनुकरणीय छ | तिनमा इमान थियो, जोश थियो र त्यो मिशनमा बाँधिएको थियो |
| “त्यही
अभियानलाइ अघि बढाइरहेका छौं र त्यही आन्दोलनलाइ हाँकिरहेका छौं” भन्ने र
तिनीहरुकै उत्तराधिकारी दाबी गर्ने नेकपाका वर्तमान नेताहरुप्रति सचेत जनताको
मूल्याङ्कन के छ त ?
यी झेली छन्, ढोंगी छन् र कुर्सीको निम्ति हिरिक्क छन् भन्ने छवि बजारमा छ्यापछ्याप्ती छ। नेकपाका
नेताहरु भित्रभित्रै कुहिएर, सडेर डुङ्डुङ्ति गन्हाइसकेका छन् र दुर्गन्ध
फैलाइरहेका छन् भनेर सचेत जनताले मूल्याङ्कन गरेका छन्। त्यस्ताले आफ्नो इतिहासमा
तृष्णाको तातो रोटी सेक्ने भन्दा अरु केही गर्दैनन् र तिनबाट 'जन आन्दोलन'को निर्माण त
नितान्त आत्मभ्रम हो भन्ने आमधारणा छ |
दुःखद बिडम्वना के छभने, ‘जनतालाई लाटो, अज्ञानी भनेर फस्ल्याङ्ग फुस्लुङ्ग पार्ने दिन
अब छैन’ भनेर यिनीहरुले अझै बुझेका छैनन्।| यिनीहरुलाइ जनताले चरम घृणा मात्र गरिराखेका छन् तर
जनताले घृणा गरिराखेका छन् भनेर यिनीहरुलाइ अत्तोपत्तो नै नभएजस्तो छ।
यो भित्री
चरित्र नेकपाकै नेता Tanka Karki मार्फत्
आएकोले थप जान्न चाहेमा उहाँसँगै सम्पर्क राख्नु।
इति श्रीस्कन्ध पुराणे, हिमवत्
खण्डे नेकपा चरित्र बर्णनम्।
No comments:
Post a Comment