बुटवल उप-महानगरपालिका वडा नं ११ नहरपुरका ७५ बर्षिय वृद्ध वीरबहादुर थापा, कोरोनासङ्क्रमित भएर होम आइसोलेसनमै थिए। शनिबार खोकी निरन्तर लागिरह्यो। राती झन् खपिनसक्नु भएपछि राती १ बजे बुटवल नगरपालिकाको स्वास्थ्यटोलीलाइ फोन गरे। २ नबज्दै अक्सिजनसहित् स्वास्थ्यटोली आइपुग्यो। आधारभूत औषधी दियो। नगरपालिकाो स्वास्थ्यटोलीले हिजो सोमबारसम्ममा तीन सिलिण्डर अक्सिजन दिईसक्यो। उनले धेरै आराम महसुस गरेका छन्।
बुटवल उपमहानगरपालिका, बेलबासकी ७८ बर्षिया कुन्तादेवी पोखरेल र उनकी बुहारी ५२ बर्षिया शारदा पोखरेलको पनि त्यस्तै हालत भएपछि छिमेकीले नगरपालिकाको स्वास्थटोलीलाइ खवर गरे। अक्सिजनसिलिण्डर बोकेर स्वास्थटोली तुरुन्तै आइपुग्यो। आधारभूत औषधि दियो र अक्सिजन दियो।
"बाँच्ने आशा नै मारिसकेको थिएँ। नगरपालिकाको स्वास्थ्यटोलीले बचाए।" शारदा पोखरेलले भनिन्।
बिराटनगर महानगरपालिकाका मेयरले पनि घर-घरमा अक्सिजन पुर्याईरहेका छन्।
चन्द्रनिगाहपुर, वडा नं २ का वडाध्यक्ष दुत्तबहादुर थिङजी हुनुहुँदोरहेछ। आफ्नो वडा र वरपर कसैलाइ कोरोना-सङ्क्रमणको लक्षण देखिएको सुन्नासाथ अस्पताल लैजाने ब्यवस्था मिलाइहाल्नुहुँदोरहेछ। ड्राइभर नभए आफैंले एम्बुलेन्स वा गाडी चलाएर बिरामीलाइ अस्पताल पुर्याउनुहुँदोरहेछ। शनिबार मात्र उहाँले २० जना बिरामीलाइ ओसार्नुभएको मेरा मित्रले देखेछन्।
अब काठमाडौंमा आउँ। काठमाडौं महानगरपालिकाले केही पनि ब्यवस्था गरेको छैन।
काठमाडौं महानगरपालिकाले जनताको लागि केहीपनि नगरेपछि 'हाम्रो टिम नेपाल' का अध्यक्ष विमल पन्तजी लगायत् एलएस धामी, सन्ध्या बज्राचार्य, स्वस्तिका खँड्का, कविता पौडेल, कमला पहाडीहरूले अलपत्र परेकाहरूलाइ खाना खुवाउनेदेखि सङ्क्रमितहरूलाइ उपचार र अक्सिजनको ब्यवस्था मिलाउन दिनरात खटिईराखेका छन्। थापाथली प्रसुतीगृहपछाडी बागमतीकिनारको चौरमा खाना खुवाइरहेका भेटिन्छन्।
त्यस्तै, गोंगबुको 'जयमहाकाल युवाक्लब' ले रोजगार गुमेर भोकभोकै बसेकाहरूलाइ खाना खुवाइरहेको छ।
एकपटक संविधान पढेर भनोस्, कसरी विभेद भो ?
संविधानको प्रस्तावना र धारा १८, ४२, २६७, २८५ आदिमा भएको व्यवस्थाले त “खसआर्य” लाई पो विभेद गर्छ मधेसी जनजाति आदिको तुलनामा।
- Ratna Sansar Shrestha Nepali
No comments:
Post a Comment