Pages

Saturday, May 22, 2021

 

एकपटक हलिउडकी चर्चित रङ्गकर्मी, टेलिभिजन कार्यक्रम सञ्चालिका एवं चार्लिज एन्जिल्सचलचित्रकी नायिका ड्य्रु ब्यारिमोर भारत हुँदै नेपालमा आइछन्, चितवनमा तीन हप्तासम्म बसिछन् र चितवनमै छायाङ्कन गरेर एमटीभीको कार्यक्रम द रियल वर्ल्डत्यहीँबाट सञ्चालन गरिछन् । तर कुनै अमेरिकीले नेपालबाट टीभी कार्यक्रम सञ्चालन गरिरहेको छ भन्ने कुरा नेपाल सरकारले थाहै पाएनछ, ब्यारिमोर अमेरिका फर्किसकेपछि मात्रै थाहा पाएछ ।

नेपालको सुरक्षा संयन्त्र र गुप्तचर निकाय कस्तो छ भन्ने कुराका लागि यो उदाहरण दिइँदो रहेछ ।

- Hari Manjushree

 

एबीपी न्युज टिभीसँग अन्तर्वार्तामा भारतीय सेनाका पूर्वजर्नेल गगनदीप बक्सीले भने, "नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भयो।"

हिन्दुराष्ट् ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो भयङ्कर गल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल बक्सीले भने, ‘माओवादीलाई साथ दिनु र सहयोग गर्नु आत्मघाति काम भयो। म सिधा भन्छु कि यो भारतले गरेको आफैंविरुद्धको गोल थियो । अब मिल्यो नि फल !

प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वामपन्थी पठाई पठाई माओवादीलाई स्थापित गरिदिएको सजाय भारतले भोगिरहेको तर्क गरे । उनले भने, ‘हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने काम भयङ्कर गल्ती थियो।

नेपालका गोर्खा सिपाहीले भारतका लागि रगत बगाउँदै आएको स्मरण गराउँदै विगतमा हामीबाट भएका गल्ती सच्याउनुपर्ने बताए ।

उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्रको अवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिए। श्रोतः रिपोर्टर्स नेपाल।

himalipatrika.com.np मा प्रकाशित।

 

No comments:

Post a Comment