नेपालका कम्युनिष्ट : हिजो र आज
संघर्षपूर्ण तर गौरवशाली थिए ती दिन । झापा,हर्रेबर्रे,छिन्ताँग
आन्दोलनमा संलग्न भएवापत कालकोठरीमा थुनिएका राजनैतिक आस्थाका बन्दीहरुको हातबाट
दशैँमा टिका लगाउनुलाई पुण्यकर्म मानिन्थ्यो,बरु
आफ्नै दिदी बहिनीले साँझ मात्र टिका लगाइदिने अवसर पाउँथे,रगतको
नाताभन्दा बर्गीय प्रेम नै चोखो र अमर हुन्छ भनिन्थ्यो । रातभर देउसी-भैलो खेलेर
संगठनका निम्ति कोष जुटाइन्थ्यो । आफू कुभिण्डो र इस्कुस खाएर नेताका निम्ति खसी र
लोकल कुखुराको जोगाड गरिन्थ्यो । समग्रमा बलिदानमा पछि पर्नभन्दा समाज परिवर्तनको
महायज्ञमा मर्न मन पराइन्थ्यो ।
बिस्तारै समय बदलियो,सोच,समाज र
संस्कार पनि फेरिए । १० रुपैयाँ प्लेटको मम: खान गोजीमा पैसो टाट भएका नेताहरुले
दशैंमा घरमै ताँती लगाएर कार्यकर्ता र ब्यापारीलाई अनेक लेबलका नानाभाँति पिलाउन
सक्ने भए । कार्यकर्ताले त्यही सिको टिपे,नेताको
नाम बेचेर बिचौलियाहरु महलका मालिक बने,नेताले
तिनैलाई धाप मारिदिए,बहुबिबाह,करणी,काइते-किर्तेलाई
समेत कार्वाहीको बिषय बनाउन छाडियो ।
यो त भयो हामीले हिंडेको पुरानो बाटो,अहिले
छाडेको पाटोको प्रसँग तर,
अवसर आउँदा र मौक़ा पाउँदा मैं हुँ भन्ने राता
क्रान्तिकारीहरुले पनि बिक्रितिमा अग्रगामी छलाँग हानेको यिनै आँखाले देखियो-कत्ति
पनि चित्त बुझेन,यसैले जे देखियो त्यही लेखियो ।
रिसानी भए माफ़,मन परे लेख्नोस् जवाफ !
No comments:
Post a Comment