Pages

Friday, July 30, 2021

 

संस्कृतिमाथि पश्चिमी धावा

 

(१)दक्षिण एसियामा भाषासंस्कृति तथा धर्ममा व्याप्त पश्चिमी प्रभाव पर्गेल्न सन् १८३५ तिर फर्किनुपर्ने हुन्छ । भारतलाई उपनिवेश बनाएको इस्ट इन्डिया कम्पनीलाई सत्ता र अर्थतन्त्रमा मात्रै नभई समाजका सबै पक्षमा प्रभावी बनाउने र अंग्रेजको शासनसँगै अंग्रेजी भाषासंस्कृतिसभ्यताधर्म तथा शिक्षा प्र्रणाली लागू गर्ने भन्ने योजनातर्फ ध्यान दिन जरुरी छ ।

सोही प्रयोजनको लागि बेलायती संसद्ले लर्ड म्याकालेलाई भारत पठायो । सन् १८३५ देखि १८३८ सम्म भारतको सबै क्षेत्रमा अध्ययन गरेर म्याकालेले बेलायती संसद्मा बुझाएको प्रतिवेदनको सार थियोकुनै पनि देशमा दीर्घकालीन शासन गर्न धर्मभाषा र संस्कृतिमा आक्रमण गर्नुपर्ने र हर क्षेत्रमा बेलायती मोडेल लागू गर्नुपर्छ । सोही सिफारिसमुताबिक सरकारबाट संस्कृत गुरुकुलको लागि दिइँदै आएको अनुदान रोक्का गरियो र अंग्रेजी पठनपाठनको लागि संस्थागत रूपमै प्रोत्साहित गरियो ।

म्याकालेको निष्कर्ष थियो- कुनै पनि देशमा शासन सत्ता विस्तार गर्नु छ भने त्यहाँको मूल्य प्रणालीभाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागू गर्नु । त्यसैले त हाम्रो धर्मसंस्कृतिलाई ढोंगीकुरीति ग्रसितअन्धविश्वासीपुरातन भन्ने उक्ति हामै्रहरूमार्फत हामीलाई भनाउन उनीहरू सफल भए । भारतमा त्यही गरियो र त्यसको प्रभाव समग्र दक्षिण एसियामा पर्याे । ७० वर्षअघि अंग्रेजले छोडेर गए पनि उनीहरूले छोडेको शिक्षा पद्धतिको अंग्रेजी मोह भने झन्झन् विस्तार हुँदै गएको छ । सोही सोपान टेकेर समाजका हर क्षेत्र पश्चिमी प्रभावबाट ग्रस्त छजसलाई हामी आधुनिक भन्दै कुहिरोको काग बनिरहेका छौं । - २०७३ साल मङ्सिर १७ गते अन्नपूर्ण पोष्टमा प्रकाशित मेरो यो आलेख अझ सान्दर्भिक भएकाले पुन: यहाँहरु समक्ष प्रस्तुत गरिएको हो ।

 

(२) (1) नेपाल भ्रमणमा रहँदा आङ सान सुकीले, "स्वतन्त्रतासँगै जिम्मेवारी बढ्छ" भनिन् र, यस्लाइ धेरै ठाउँमा दोहोर् याइन्। २०३० सालअघि ९ कक्षामा नागरिकशास्त्र पढ्नुपर्थ्यो। त्यस्मा, "अधिकार खोज्नेले कर्तव्यप्रति सचेत हुनुपर्छ" र कर्तव्य पालन गर्ने मात्र अधिकारको लागि योग्य हुन्छभन्नेमा जोड दिइएको थियो। अहिले त हामी भाँडतन्त्रमा प्रवेश गरेका छौं र ब्रह्मलूटको म्याराथुनमा कुदिरहेछौं। यस्तोमा कहाँको कर्तव्य, कताको जिम्मेवारी ? विचरी सुकीलाइ के थाहा ?

( Jun 26, 2014 मा पोष्ट भएको।)

 

 

(2) २०५५ सालमा रूपचन्द्र बिष्टले प्राय भन्नेगर्नुहुन्थ्यो - "जनतालाइ त्यति जगाउन सकिएन। जतिलाइ जगाइयो, तिनीहरुलाइ जालिझेलिले प्रयोग गरे।"

 

 

 

No comments:

Post a Comment