बुद्धको दरबार तिलौराकोट नै स्याहार–सम्भार हुन
नसकेर झाडीले छोपिएको छ । अशोकस्तम्भ मक्किएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नुवाकोट दरबार जीर्ण भएर ढल्ने अवस्थामा छ ।
हनुमानढोका संग्रहालयका शौचालयमा हार्पिक्स हाल्ने पैसा छैन, फुटेका धारा
फेरिएका छैनन्, विद्युत् चिम उडेपछि नयाँ जडान भएको छैन ।
विश्वसम्पदामा सूचीकृत हनुमानढोकासँगै भक्तपुर र पाटनका प्रशस्त सम्पदा मर्मतको
पर्खाइमा छन् । सामान्यतया एक पटक लगानी भएपश्चात् कुनै पनि
संग्रहालय/स्मारक आफ्नो कमाइले धानिन सक्ने रहनुपर्छ ।
त्यसैले नारायणहिटीको आकर्षणलाई अब
हनुमानढोका संग्रहालयमा सारौं । बिनाहैसियत
सेतो हात्ती नपालौं ।
भारतको नयाँदिल्लीस्थित ‘राष्ट्रपति
भवन’ सन् १९१२ मा निर्माण सुरु भएर १९२९
मा सम्पन्न भएको हो । करिब १७ वर्षमा निर्माण
सम्पन्न भएपछि सन् १९३१ देखि त्यसमा बस्न थालियो । ३४० कोठा, पौडीपोखरी, विशाल बगैंचा र खेल मैदानसहितको
त्यो भव्य भवन कसका लागि बनेको थियो ? स्पष्ट
छ, अंग्रेजका लागि । यसको पुरानो र वास्तविक नाम नै ‘भाइसराय हाउस’ हो । त्यसमा बस्ने भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद
हुन् ।
यसै गरी, हाल
फ्रान्सका राष्ट्रपति बस्ने ‘इलिस
प्यालेस’ पेरिसको मुटुमा छ । यो दरबार करिब तीन सय वर्षअगाडि बनेको हो । ‘फ्रेन्च रिभोलुसन’ भन्दा धेरै अगाडि बनेको राष्ट्रपति
भवनले आफूलाई बनाउने राजतन्त्र, तत्पश्चात्का
राजासरहका शासकहरूलाई बेहोरिसकेको छ । रुसी
राष्ट्रपतिको औपचिारिक निवास विशाल ‘क्रेमलिन
दरबार’ राजा निकोलास प्रथमको पालामा
उन्नाइसौं शताब्दीमा बनेको हो । उपनिवेशमुक्त
र राजतन्त्र फ्याँकेका एसिया, अफ्रिका
र युरोपका अधिकांश देशमा अहिले पनि राज्यप्रमुखहरू पुराना ‘शासक’ बसेकै
ठाउँमा बस्छन् । पुराना शासकको ठाउँमा नयाँ
राष्ट्रप्रमुख बस्दा सायद गौरवै ठान्छन् ।
No comments:
Post a Comment