अफगानिस्तानको
भित्री तथ्य
पाँच वर्षको काबुल
बसाइमा मैले देखेभोगे अनुसार, अफगानिस्तानको
यो अवस्थाका लागि जति स्थानीय नेता, राजनीतिज्ञ, पावर–ब्रोकर र युद्ध–नाइकेहरूको गल्ती छ, विदेशीहरूको पनि त्यति नै छ । उदाहरणका लागि, करोडौं खर्च गरेर बनाइएका धेरै
स्कुल रित्तारित्तै थिए, तिनमा
कि विद्यार्थी थिएनन् कि त शिक्षक ।
सहरनजिककै स्कुलहरूमा समेत यस्तै समस्या थियो । सन् २०१३ मा हेरातनजिकै कारोख
जिल्लाको एउटा स्कुलमा जाँदा छात्राहरूका लागि छुट्टै ट्वाइलेट नहुनाले गर्दा ६
कक्षापछि उनीहरूले पढाइ छाड्ने गरेको पाइयो ।
अफगानिस्तानमा स्कुल र बालिका शिक्षालाई पश्चिमी देशहरूले आफूले गरेको लगानीको
राम्रो उदाहरणका रूपमा सधैं देखाएका हुन् ।
तर त्यसबारे के भइरहेको छ भनी जान्न कहिल्यै चेष्टा भएन, गरिएन ।
अमेरिकी सेनाको
ज्यादती र उत्पीडनबारे धेरै लेखिएको छ ।
‘सिभिलियन क्याजुल्टी’ होस् या विशेष बलको अपरेसनमा, अमेरिकी सैनिकहरूले धेरै
गैरसैनिकको हत्या गरेका हुन् ।
धेरैलाई गलत आरोपमा वर्षौं थुनेका र यातना दिएका हुन् । ती सबैको हिसाब हुनै बाँकी छ । यस्तै हर्कतले गर्दा अमेरिका र
काबुल प्रशासनविरुद्ध धेरै अफगानमा वितृष्णा पैदा भएको हो । ‘हार्ट्स एन्ड माइन्ड्स’ जित्ने भन्दाभन्दै उनीहरूले
युद्ध हार्न पुगे ।
भ्रष्टाचारको त कुरै
नगरौं, तर त्यसलाई व्याप्त बनाउनमा
अमेरिका र पश्चिमी देशहरूको पनि ठूलो भूमिका छ । राष्ट्रपति भएपछि बाराक
ओबामाले दुई वर्षका लागि अमेरिकी सैनिकको संख्या झन्डै तीन गुणाले बढाए । त्योसँगै कन्ट्रयाक्टर, कन्सल्ट्यान्ट आदि पनि बढे; पैसाको खोलो पनि बढ्यो । जम्माजम्मी अहिलेसम्म
पुनर्निर्माणमा, अमेरिकाको
मात्रै, झन्डै १४५ अर्ब डलर खर्च भएको
सरकारी तथ्यांक छ ।
दाताहरूको दानमा अडेको छ अफगानिस्तानको अर्थतन्त्र, जसको अहिले पनि १० खर्ब डलर ऋण छ । ८० प्रतिशत सरकारी खर्च
दाताहरूबाटै आउँथ्यो ।
भ्रष्टाचार अमेरिकीदेखि सुरु भएर अफगान राष्ट्रपति हुँदै काबुलको सडकमा रहेका
ट्राफिकहरूसम्म व्याप्त थियो ।
भ्रष्टाचारमा अमेरिकीहरू आफैंको कति हात छ, रक्षा
मन्त्रालयको अनुसन्धान केन्द्र सिगारले निकालेका रिपोर्टहरू हेरे प्रस्ट हुन्छ । काबुल बैंकको घोटालाको कुरा
होस् या नभएको प्रहरी चौकीमा गएको खर्च वा सरकारी कर्मचारी, मिलिसिया, नेता आदिलाई दिने गरिएको घूस, सबैमा अमेरिकाको केही न केही हात
त रहेकै हुन्थ्यो ।
कारण, अमेरिकाले पैसाकै बलमा युद्ध
जित्न खोजेको थियो ।
No comments:
Post a Comment