Pages

Sunday, August 29, 2021

 

Tips -

@‘ह्वाई नेशन्स फेल ?’ ग्रन्थका लेखक ड्यानरोज एसमोग्लु र जेम्स रोकिन्सनले भन्नुहुन्छ – “जुन देशमा राज्यब्यवस्थाका संस्थाहरू ब्यवस्थित र सही तवरले सञ्चालित हुनसक्दैनभने त्यो राष्ट्रको निर्माण हुँदैन।”
 

@आर्थिक समानतासमृद्धिसामाजिक न्याय र समाजवाद उन्मुख अर्थतन्त्रको सुनिश्चितता गर्ने लक्ष्य बोकेको २९७ धाराको विस्तृत संविधानको मस्यौदा तयार भएको छ। अत्यन्त लामा र पट्यारलाग्दा संविधान मुद्दामामिलामै रमाउने व्यक्तिहरूका लागि उपयोगी भए पनि आम जनताका लागि द्वन्द्वको कारक हुन्छन् भन्ने हेक्का मस्यौदाकारहरूले राख्नसकेको देखिँदैन। अत्यन्त लामा संविधान लेख्ने बोलिभिया (५०० धारा)भारत (३९५ धारा)भेनेजुएला (३५०र छोटाछरिता संविधानहरू लेख्ने अमेरिका (७ धारा)क्यानाडा (६१ धारा)फ्रान्स (९२ धारा)अष्ट्रेलिया (१२८ धाराजस्ता देशहरूको राजनीतिक स्थायित्व र नागरिक अधिकार तथा सुरक्षा अवस्थाबाट कुनै पाठ मस्यौदाकारहरूले लिनसकेको देखिँदैन। दलितजनजातिमहिलामधेसी वा अन्य उत्पीडित समुदायका हितका लागि संविधान लामो हुनगएको तर्क गर्ने हो भने पनि यो मस्यौदाबाट कुनै पनि समुदाय खुसी भएको देखिँदैन।


@@ निजी सम्पत्तिको अधिकारलाई आधुनिक राज्यमा जीवन तथा स्वतन्त्रताको अधिकारकै समकक्षीमा हेर्ने गरिन्छ। जस अन्तर्गत प्रत्येक व्यक्तिले सम्पत्ति आर्जन गर्नेत्यसको उपभोग गर्नेबेचबिखन गर्ने जस्ता अधिकारहरू प्रयोग गर्छ। इमिनेन्ट डोमेनको सिद्धान्तअनुसार व्यक्तिको निजी सम्पत्ति राज्यले अधिग्रहण गर्न सक्छ। तर यसका खास सर्त वा बन्देजहरू हुन्छन्। जस्तो— त्यस्तो सम्पत्ति सार्वजनिक प्रयोगका लागि अधिग्रहण गरिनु पर्ने। अधिग्रहण कानुनको उचित प्रक्रिया अनुरूप हुनुपर्ने। उचित क्षतिपूर्ति दिएर मात्र अधिग्रहण गरिनुपर्ने। जुन प्रयोजनका लागि अधिग्रहण गरिएको त्यस्तो प्रयोजनमा सम्पत्ति प्रयोग हुन नसकेमा सम्बन्धित व्यक्तिलाई सम्पत्ति फिर्ता दिनुपर्ने आदि। क्षतिपूर्तिको आधार र कार्यप्रणाली कानुन बमोजिम हुनेछ’ भन्ने प्रस्तावित व्यवस्थाले सम्पत्तिको हकको कमजोर सुरक्षालाई इङ्कित गर्छ।

 

 

वैदिक सभ्यता -

(
१) 'ट्रान्सेन्डेन्टालिष्ट' अगुवा, प्राध्यापक Ralph Waldo Emerson ले भने, "वेद, उपनिषदले मलाइ पछ्याइरहन्छन्। तिनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ति र अविछिन्न शान्ति प्राप्त गरेको छु।"

(
२) 'नागरिक अवज्ञा' का प्रणेता, अमेरिकी दार्शनिक Henry David Thoreau ले भने, "प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु। त्यतिखेर यस्को तुलनामा आधुनिक जगत र यसका साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्छन्।"

(
३) जर्मन दार्शनिक Prof. F. Max Miller ले वैदिक आध्यात्मका कृतिहरु जर्मनी भाषामा अनुवाद पनि गरे।उनले भने, "वेदान्त जस्तो उच्चकोटीको विशिष्ट दर्शनलाइ अनादिकालदेखि आर्यावर्तका अथक,अक्लान्त,निर्भीक चिन्तकहरुले स्थापित गरी बिस्तारै सुपरिस्कृत गर्दै ल्याएका छन्; यस्ले हामीलाइ चकित पार्दछ।"

(
४) सोपेन्हावर सोसाइटीका संस्थापक, जर्मन विद्वान Paul Deussen ले भने, "१. बैज्ञानिक मस्तिष्कले जतिसुकै आविष्कार गरोस्, तर उपनिषद्ले प्रतिपादन गरेको सत्यमा कसैले विवाद गर्न सक्दैन। 
२. ज्ञानको बृक्षमा उपनिषद् भन्दा सुन्दर पुष्प र वेदान्त दर्शनभन्दा सुन्दर फल कहीं फलेको छैन।"

 

(५) ल्याटिन अमेरिकामै उरुग्वे भ्रष्टाचारमा अत्यन्तै न्युन र मानव विकास सूचकाङ्कमा उच्च भएको देश हो। त्यति समृध्द देशका राष्ट्रपति (अहिले भूतपूर्व भए) जोसे मुजैका यति सादा, सरल जीवनमा रहन्थे कि उनलाइ विश्वकै गरिब राष्ट्रपति भन्थे। अहिले पनि त्यत्तिकै सदा र सरल छन्।

 

 Tips -

यो राज्यव्यवस्था र सामाजिक प्रवृत्तिले असल मानिस बनाउँदैन। तैपनि, कसैले असल बन्ने धृष्टता गर्छभने त्यस्ले घाउ, चोट र पीडाबाहेक अर्थोक भेट्टाउँदैन।



निर्णयहरु फटाफट भएकारहेछन्। सपथग्रहणको भोलिपल्टै मन्त्रीपरिषद् , सल्लाहकारहरु र सहयोगीहरु सबै नियुक्त भए। पर्सिपल्ट सबै प्रान्तीय गभर्नहरु नियुक्त भैसकेका थिए। नेपालमा हैन, पाकिस्तानमा ; ईमरान खानले !

( Aug 28, 2018 मा पोष्ट भएको।)


Political Tips -

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतमै र नेपालमा समेत उच्च जातीय सम्भ्रान्तहरूले खलनायिकीकरण गर्ने गर्छन् । गँवार भन्न रुचाउँछन् । यादवसँग धेरै दोस्ती र कहिले दुस्मनी गरेका नेता शिवानन्द तिवारीले भनेका छन्, ‘चारा घोटाला चर्काएर लालुलाई जेल पठाउन र मुख्यमन्त्रीबाट राजीनामा गर्न बाध्य पा¥यौँ । तारेखमा घर आएको भोलिपल्ट एकाबिहानै फोन आयो, बाबा प्रणाम भन्दै, फोनमा उनै लालु थिए । म लाजले भुतुुक्क भएँ ।हामीले लालुलाई नकारात्मक राजनीतिको बिम्ब बनाए पनि उनीजत्तिको राजनीतिक संस्कार हाम्रा नेताहरूमा फेला पार्न मुस्किल छ ।

तिवारीले नै भनेका छन्, ‘एकचोटि कार्यक्रमका लागि मुख्यमन्त्री लालु यादवसहित मुसहर बस्तीमा पुगियो, निर्धारित समयअगावै । बच्चा बोकेकी एकजना मुसहर महिला लालुको नजरमा पर्न प्रयासरत थिइन्, नभन्दै लालुले देखिहाले । ए सुखमनिया, के छ हालचाल भनेर कुरा सुरु गरे, ती महिलाका बहिनीको समेत नामै लिएर हालखबर सोधे । बालबच्चालाई चकलेट किन्दिनु भनेर पाँच सय रुपैयाँ हातमा राख्दिए ।लालु यादवजत्तिकै शीर्ष पदमा पुग्दा पनि समाजको पिँधमा रहेका पुरानो चिनजानका मान्छेसित यसरी जोडिने नेता यहाँ पाइएन । 

सन १९९१ मा राजिव गान्धीको हत्यापछि इन्दिरा गान्धी प्रधानमन्त्री रहँदा निजी सचिव रहेका परमेश्वरनारायण हक्सरको सल्लाहमा सोनिया गान्धीले तत्कालीन उपराष्ट्रपति शंकरदयाल शर्मालाई प्रधानमन्त्री बन्न प्रस्ताव पठाइन् । प्रस्ताव लिएर पुगेका नटवर सिंह र अरुणा आसफ अलीलाई ७३ वर्षीय शर्माले प्रधानमन्त्रीले दिनको १८२० घन्टा त काम गर्नुपर्छ, उमेरका कारण मबाट यस्तो सक्रियता सम्भव छैनभन्दै भद्र इन्कारी गरिदिए । शर्माको अनिच्छापछि हक्सरको दोस्रो रोजाइका पिभी नरसिंह राव प्रधानमन्त्री भए । 

Monday, August 30, 2021

 

आर्थिक दूरावस्था

वैदेशिक सहयोगका सम्बन्धमा, त्यति बेला ओली प्रधानमन्त्री हुनेबित्तिकै सार्वजनिक गरिएको श्वेतपत्रमा विदेशी दातृ निकायबाट प्राप्त विकास सहायता रकमको ३५ देखि ४० प्रतिशत नेपाल सरकारको कोषमा जम्मा नभई सीधै भुक्तानी हुने उल्लेख छ। यसको तात्पर्य होदाताहरूले त्यो सहयोग बजेट प्रणालीमा त देखाए तर ४० प्रतिशतसम्म खर्च आफ्नै अनुकूलतामा गरे। श्वेतपत्रमै उल्लेख गरेर अघिल्लो सरकारलाई दोष दिएपछि यसमा व्यापक सुधार गरिनुपर्थ्यो। तर सुधार हुनु त कता हो कता, झन् बिग्रेको छ। महालेखा प्रतिवेदनअनुसार दाताहरूले आफूअनुकूल खर्च गर्ने प्रवृत्ति घटाउनुको सट्टा झन् बढाएर ४७ प्रतिशत पुर्‍याएका छन् (महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, पृष्ठ ५७)


१. आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ ।
2. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस । उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ ।
3. हरेक प्रश्नको जवाफ हामी आफैले दिनुपर्छ भन्ने छैन, केही प्रश्नको जवाफ त समय आफैले पनि दिन्छ ।
4. दुनियाँमा सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी ।
5. कुनै भर हुँदैन धन र मन को धन एकै छिन मा सकिन्छ मन छिन मा बद्लिनछ ।
6. मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
7. एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।
8. सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

9. चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।


# बाढी-पहीरोमा परी घरबास र धनजन गुमाएकाहरूले राहत माग्न आउँदा यी कागजात लिएर मात्र आउनुहोला भनेर जिल्ला प्रशासन कार्यालय, बझाङ, चैनपुरले इश्तिहार जारी गरेको छ -



(१) प्रहरी बोलाएर सर्जमिन गराएको सर्जमिन मुचुल्का सक्कलै।



(२) स्थानीय सरकारले गरिदिएको सिफारिश सक्कलै।



(३) धनजनको क्षति भएको रङ्गीन फोटो।



(४) कर चुक्ता गरेको प्रमाण सक्कलै।



(५) मृतकसँगको नाता प्रमाणित गरेको प्रमाणपत्र।



(६) खालि चेकको फोटोकपि।

 

 

 

# घर भत्काउन पो भूकम्प आउनुपर्छ, मन भत्काउन त आफन्त नै काफि छन्।

 

  

No comments:

Post a Comment