Pages

Tuesday, August 17, 2021

 सीमा कहाँ-कहाँ मिचेको छ ?


ताप्लेजुङको लेलेप, याम्फुदिन, पाँचथरको च्यांगथापु, इलामको माइमजुवा सन्दकपुर, मानेभन्ज्यांग, पशुपतिनगर, झापाको बाहुनडाँगी, महेशपुर, भद्रपुरको गलगलिया, पाठामारी, मोरंगको बरडंगा, रानी जोगमनी सीमा, सुनसरीको भन्टावारी, कटैया, श्रीपुर, कप्तानगञ्ज, साहेवगञ्ज, सप्तरीको तिलाठी, सिराहाको माडर, सिवाकटैया, महोत्तरीको सम्सी, सर्लाहीको नारायणपुर, संग्रामपुर, सर्लाहीको त्रिभुवनवस्ती, रौतहटको जमुनानगर, जयनगर, बाराको झिटकैया, पर्साको इनर्वाको चमारटोल, दसौता, लक्ष्मीपुर, ठोरी, छपकैया, चितवनको दारानाला, नवलपरासीको सुस्ता, रुपन्देहीको बेलहिया, मर्चवारको अजमा, कपिलवस्तुको कृष्णनजरबजार स्तम्भ नं ६७।१नजीक, दाङको कोइलाबास, बाँकेको धोरढोरिया, होलियामा राप्ती नदीछेउछाउ, बर्दिया चौगुर्जी क्षेत्र, खैरी, भीमापुर, कैलालीको भजनी, कुसुमघाट, लालभोजीको कौवाखेडा, फूलवारी, कंचनपुरको परासन क्षेत्रको प्याराताल, सुहेलीनालानजीक, फटियागाउँ, भुँडा, रौतेलीविचवाको झिलमिला, गड्डाचौकी, ब्रह्मदेवमण्डी र दार्चुलाको लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्र लगायत ७२ स्थानभन्दा बढी क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको छ।

त्यतिमात्र होइन, नेपाली पदाधिकारीहरुले नै मित्रराष्ट्रको लागि सहजिकरण गरिदिंदै, अतिक्रमित भूमिलाइ मित्रराष्ट्रतिरै पारिदिनेगरी स्ट्रीप म्याप तयार गरेका छन्।
यतिचाहीं हामी अकिञ्चनले सुने-जाने-बुझेका ह्वौं।
अहिले सरकारले ती अतिक्रमित भूमि सबै समेटेर नेपालको पूर्ण नक्सा जारी गर्यो भन्ने सुन्यौं। यी ७२ स्थानमा अतिक्रमित भएका सबै भूमिलाइ समेटेर पूर्ण नक्सा जारी भएको हो त ? हामी अकिञ्चनको यत्ति एउटा जिज्ञाशा।

No comments:

Post a Comment