तालेवान-बहादुर शाह-शामर्पा
रेम्पुर्छे !!
::::::::::::::::::::::::::::::::::::::::::::::::
तालेवानको सिद्धान्त संग सरोकार छैन
जोसुकै बाट परिचालित होस् तर एउटा विन लादेन लाई अमेरिकी सरकार संग सुपुर्दगी
गरेको भए उनको सरकार टिक्थ्यो तर आत्मसमर्पण गरेन बरु मर्न तयार भए सत्ता छोड्न
तयार भए अफगानिस्तानको एउटा कुनामा लुकेर आफ्नो अस्तित्व बचाई राख्यो निरन्तर
दिँदै रह्यो !
यस्तै तिब्बतको राजनीतिक द्वन्द्वको
शिकार भएर भागेर नेपाल आइपुगेका १० औं शामार्पा रेम्पुर्छे नेपाल आएर शरण मागे
तत्कालीन राजकुमार बहादुर शाहले शरण दिए स्वयम्भूमा बसोबासको व्यवस्था सहित
खेतीयोग्य जग्गा जमीन पनि दिएर राखे।
तिब्बतले शामर्पा लामालाई
हस्तान्तरण गर्न दबाब दिँदै गयो नेपाल सरकारले टेरेको नटेरै गरेर बस्न थाल्यो धेरै
कुटनितीक सम्वाद अदानप्रदान भयो तर सुपुर्दगी गर्न मानेनन् त्यसपछि तिब्बतले नेपाल
सरकारलाई प्रलोभन दिँदै नेपाल सरकारले शामार्पा लामा हस्तान्तरण गरे तिब्बतले
नेपाल सरकारलाई एकातिर शामर्पा अर्कोतिर सुनको धुलो जोखेर शामर्पा लामा बराबरको
सुन दिने भनेर प्रलोभनयुक्त पत्र पठायो ! त्यसको जवाफमा राजकुमार बहादुर शाहले शरण
पर्न्याको मरण गर्न्या गोर्खाली राजाको परम्परा नभएको भन्दै ठाडै इन्कार गरेर जवाफ
दिएपछि तिब्बतले नेपाल माथि आक्रमण गर्यो, भीषण युद्ध भयो नेपाली फौजले
युद्धमा बिजय प्राप्त गर्दै तिब्बतको डिगार्चा सम्म पुगेपछि शान्ति सम्झौता भयो अब
शामार्पा लामा सुपुर्दगीको माग नगर्ने भयो तर त्यो शक्ति संचय गर्न मात्रै शान्ति
सम्झौता गरेको थियो तिब्बत लाई चीनको सहयोग प्राप्त हुने भएपछि फ़ेरि शामर्पा
रेम्पुर्छेको माग गर्न थाल्यो फ़ेरि उहि सवालजवाफ् हुँदै गएर अन्ततः युद्ध भयो।
यसपटक महाशक्ति चीनको सहयोगमा तिब्बतले युद्ध थाल्यो नेपाल कम्जोर हुँदै गयो चीनको
फौज नेपाल भूमि भित्र पस्दै नुवाकोट सम्म आएपछि अब काठमाडौ पनि कब्जा हुने भएपछि
बल्ल शामार्पा लामा हस्तान्तरण गर्ने सहमतिमा पुग्यो तर त्योभन्दा अगाडि नै
शामार्पा लामाले तिब्बत जानु भन्दा पावन भूमि नेपालमा नै आफ्नो देह त्याग्ने
निर्णय गरेर परलोक हुनुभयो।
अफगानिस्तानमा ओसामा वीन लादेनलाई
हस्तान्तरण गर्न नमानेर सुरु भएको युद्धको पटाक्षेप २० वर्ष पछी हुँदै छ। एउटा
ब्यक्तिको लागि राष्ट्रिय स्वाभिमान कतिको महत्त्व हुन्छ भनेर हाम्रो राजकुमार
बहादुर शाह र तालेवानी बर्तामान घटनाले हामीलाई गतिलो पाठ पढाई रहेकोे छ तर समय
अनुसार चल्नुपर्छ भन्दै शक्तिको पुजा गर्नेहरू अन्ततः अमेरिकी बिमानमा तुर्लुङ
तुर्लुङ झुन्डिएर भाग्न खोज्दा खोज्दा मर्न
परेको बीभत्स दृश्यहरु जस्तैः तिनको अन्त्य हुने छ ।
नेपालमा पनि देशभक्तहरु एकजुट भएर
अगाडि आयो भने अहिले बिदेशी पैसा खाएर मानवअधिकारवादी महिलाअधिकारवादी मिडियाकर्मी
जनजाती अधिकारकर्मी दलित अधिकारकर्मी मजदुर अधिकारकर्मी भन्दै समाजमा भाँडभैलो
गर्ने यी सबै क्षद्मभेषीहरु नेपालमा पनि त्रिभुवन एअरपोर्ट बाट अमेरिकी युरोपेली
बिमानमा चढेर भागाभाग यसैगरी हुने थियो होला है………
-Mohan Lama Rumba
No comments:
Post a Comment