Pages

Monday, August 9, 2021

 

नेपाल एयरलाइन्सको हालत

 

जब मुलुकमा बहुदलीय प्रजातान्त्रिक प्रणाली सुरु भयो, त्यसवेलादेखि नै निगममा कुदृष्टि पर्न थाल्यो । चरम राजनीतीकरण भयो । निगम राजनीतिक दलहरूको भर्तीकेन्द्र बन्यो र गलत निर्णयहरू हुन थाले । उसैवेलादेखि निगम अधोगतिमा चलिरहेको छ । आजको दिनमा आइपुग्दा निगमको अवस्था यति नाजुक भइसकेको छ कि ५० अर्बको सम्पत्ति हुँदा ४७ अर्बको ऋण छ ! निगम व्यवस्थापनले आफ्नो सम्पत्तिको स्वःमूल्यांकन गरेर ५० अर्ब मूल्य कायम गरेको हो । भोलि निजीकरण गर्दा यति नै मूल्यांकन कायम रहन्छ भन्ने छैन । निगमको सम्पत्ति र दायित्वको पुनः भ्यालुएसन होला । निगममा ४७ अर्बको दायित्व र ५० अर्बको सम्पत्ति भनेको निकै कम मार्जिन हो । यथार्थ त के हो भने राष्ट्रिय ध्वजावाहक ऋणात्मक नेटवर्थमा गइसकेको छ । अहिले निगमको भ्यालु शून्यभन्दा तल गइसकेको छ । अहिले भइरहेको व्यापारले कर्मचारीलाई तलब खान मात्र ठिक्क छ । उता, जहाज किन्दाको तिर्नुपर्ने ऋणको साउँब्याज तिरिएको छैन । भोलिका दिनमा अन्तर्राष्ट्रिय इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स रकम तिर्न नसक्ला ।

अहिलेकै अवस्थामा एयरलाइन्स चलाउन सरकारले तत्काल १५२० अर्ब रुपैयाँ अनुदान दिनुपर्ने देखिन्छ । निगमका महाप्रबन्धकले सरकारसँग एयरलाइन्स चलाउन १५२० अर्ब रुपैयाँ माग्नुभएको पनि सुन्नमा आएको छ । के निगमलाई घाटामै भए पनि सार्वजनिक संस्थाकै रूपमा चलाउने र कर्मचारीले तलब मात्र खाने हो त ? राष्ट्रिय गौरवको ध्वजावाहक एयरलाइन्सलाई यत्तिकै छाड्नु न्यायसंगत हुँदैन । नेपाल सरकारको बहुमत सेयर रहने गरी निगमलाई निजीकरण गर्नुपर्छ । सेयरधनीका रूपमा स्वदेशीविदेशी लगानी ल्याउनुपर्छ । विदेशी अनुभवी कम्पनीलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिनुपर्छ । सर्वसाधारण र विदेशी लगानी ल्याउनका लागि पहिला निगमको हिसाबकिताब दुरुस्त हुनुपर्छ । प्रक्रियागत ढंगले पारदर्शी रूपमा निजीकरण गरिए न्यायिक हुन्छ । उता, जहाज किन्दाको तिर्नुपर्ने ऋणको साउँब्याज तिरिएको छैन । भोलिका दिनमा अन्तर्राष्ट्रिय इन्स्योरेन्स कम्पनीको इन्स्योरेन्स रकम तिर्न नसक्ला ।

कुनै वेला हाम्रो वैदेशिक मुद्रा आर्जनको ठूलो हिस्सा नेपाल वायुसेवा निगमको हुन्थ्यो । यात्रु बोक्नेमा पनि निगमकै ठूलो हिस्सा हुन्थ्यो । एक समय निगमको बजार हिस्सा ६०७० प्रतिशत थियो, तर अहिले चारपाँच प्रतिशतमा खुम्चिएको छ । निगमको बजार हिस्सा विदेशी एयरलाइन्सहरूले खोसिसकेका छन् । नेपाल एयरलाइन्स लन्डन उड्ने वेलामा ४० हजार ब्रिटिस पर्यटक आउँथे । जर्मनीको फ्र्यांकफर्ट उडान गर्दा ३५ हजारसम्म जर्मनी नेपाल आउँथे । जापानको ओसाका उड्दा ३० हजार जापानी आउँथे । निगमले नेपालको पर्यटनलाई पनि पाल्यो । सन् २००० सम्म प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालको अफिस नै नेपाल एयरलाइन्सको कार्यालयमा थियो । विदेशमा हुने ठूला फेयरहरूमा लिडिङ नै नेपाल एयरलाइन्सकै हुने गथ्र्याे । विदेशमा नेपालको प्रमोसन गर्ने काममा पनि नेपाल एयरलाइन्स नै अगाडि हुन्थ्यो । सबैले निगमलाई लुट्ने काम गरिरहेका छन् । अझै पनि लुट्न र चुस्न खोजिँदै छ । तर, अब त बूढो भैँसी मारे जस्तै हो



 

No comments:

Post a Comment