Pages

Monday, August 9, 2021

 कम्युनिष्ट चरित्र  -


 



  

 

 

पुष्पलाल पनि गद्धार ?

बनारसमा बस्ता पुष्पलाल श्रेष्ठले आफ्नो कोठामा पार्टी चलाउन एउटा चन्दा बाकस राखेका रहेछन् । उनलाई भेट्न जाने अतिथिलाई उनी आफैँ चिया पकाएर खुवाउँदा रहेछन् र भन्दा रहेछन् — “पैसा छ भने चियाको २५ पैसा यो बाकसमा हालिदिनोस् । बाकसको पैसा पार्टीको काममा खर्च हुन्छ ।पारिवारिक नाताका मान्छेहरू पुग्दा पनि आफैँ खाना बनाएर खुवाउँदा रहेछन् र खाना खाएबापत घटीमा १० रुपियाँ चन्दा बाकसमा हालिदिनोस् भन्दा रहेछन् । त्यसरी चन्दा मागेर पार्टी चलाएका रहेछन् उनले । त्यस्ता पुष्पलाललाई पनि गद्धार भनिन्थ्यो कुनै बेला । किनभने नेताहरूले त्यस्तै भन्न सिकाएका थिए । तिनै नेताहरूको अहिलेको क्रियाकलाप देख्ता पुष्पलाललाई गद्धार भन्नेहरू पश्चात्तापमा परेको सुन्न थालिएको छ ।

 

नेपालका कम्युनिष्ट  हिजो र आज

 

संघर्षपूर्ण तर गौरवशाली थिए ती दिन । झापा,हर्रेबर्रे,छिन्ताँग आन्दोलनमा संलग्न भएवापत कालकोठरीमा थुनिएका राजनैतिक आस्थाका बन्दीहरुको हातबाट दशैँमा टिका लगाउनुलाई पुण्यकर्म मानिन्थ्यो,बरु आफ्नै दिदी बहिनीले साँझ मात्र टिका लगाइदिने अवसर पाउँथे,रगतको नाताभन्दा बर्गीय प्रेम नै चोखो र अमर हुन्छ भनिन्थ्यो । रातभर देउसी-भैलो खेलेर संगठनका निम्ति कोष जुटाइन्थ्यो । आफू कुभिण्डो र इस्कुस खाएर नेताका निम्ति खसी र लोकल कुखुराको जोगाड गरिन्थ्यो । समग्रमा बलिदानमा पछि पर्नभन्दा समाज परिवर्तनको महायज्ञमा मर्न मन पराइन्थ्यो ।
बिस्तारै समय बदलियो,सोच,समाज र संस्कार पनि फेरिए । १० रुपैयाँ प्लेटको मम: खान गोजीमा पैसो टाट भएका नेताहरुले दशैंमा घरमै ताँती लगाएर कार्यकर्ता र ब्यापारीलाई अनेक लेबलका नानाभाँति पिलाउन सक्ने भए । कार्यकर्ताले त्यही सिको टिपे,नेताको नाम बेचेर बिचौलियाहरु महलका मालिक बने,नेताले तिनैलाई धाप मारिदिए,बहुबिबाह,करणी,काइते-किर्तेलाई समेत कार्वाहीको बिषय बनाउन छाडियो ।
यो त भयो हामीले हिंडेको पुरानो बाटो,अहिले छाडेको पाटोको प्रसँग तर,
अवसर आउँदा र मौक़ा पाउँदा मैं हुँ भन्ने राता क्रान्तिकारीहरुले पनि बिक्रितिमा अग्रगामी छलाँग हानेको यिनै आँखाले देखियो-कत्ति पनि चित्त बुझेन,यसैले जे देखियो त्यही लेखियो । रिसानी भए माफ़,मन परे लेख्नोस् जवाफ !

 ४० सालको सेरोफेरोसम्म नेकपा (माले)को पोलिटब्युरोका पूर्ण सदस्य ३ जना थिए | कुरो सिद्धान्तशिलाचार, सङ्घर्षको गुण र तादात्म्यको हो | उ बेलाका 'झापाली' | २५ वर्ष भन्दा माथिका सायदराम नाथ र मोहनचन्द्र बाहेक कोही थिएनन् | अल्लारे उमेर कै | तिनको छविको बारेमा बीपीपुष्पलालमनमोहनमोहन बिक्रम सबैको एउटै धारणा थियोयिनको तरिका गलत भए पनि स्पिरिट अनुकरणीय छ | तिनमा इमान थियोजोश थियो र त्यो मिशनमा बाँधिएको थियो |  

|   “त्यही अभियानलाइ अघि बढाइरहेका छौं र त्यही आन्दोलनलाइ हाँकिरहेका छौंभन्ने र तिनीहरुकै उत्तराधिकारी दाबी गर्ने नेकपाका वर्तमान नेताहरुप्रति सचेत जनताको मूल्याङ्कन के छ त ?

यी झेली छन्ढोंगी छन् र कुर्सीको निम्ति हिरिक्क छन् भन्ने छवि बजारमा छ्यापछ्याप्ती छ। नेकपाका नेताहरु भित्रभित्रै कुहिएर, सडेर डुङ्डुङ्ति गन्हाइसकेका छन् र दुर्गन्ध फैलाइरहेका छन् भनेर सचेत जनताले मूल्याङ्कन गरेका छन्। त्यस्ताले आफ्नो इतिहासमा तृष्णाको तातो रोटी सेक्ने भन्दा अरु केही गर्दैनन् र तिनबाट 'जन आन्दोलन'को निर्माण त नितान्त आत्मभ्रम हो भन्ने आमधारणा छ |

    दुःखद बिडम्वना के छभने, ‘जनतालाई लाटोअज्ञानी भनेर फस्ल्याङ्ग फुस्लुङ्ग पार्ने दिन अब छैनभनेर यिनीहरुले अझै बुझेका छैनन्।यिनीहरुलाइ जनताले चरम घृणा मात्र गरिराखेका छन् तर जनताले घृणा गरिराखेका छन् भनेर यिनीहरुलाइ अत्तोपत्तो नै नभएजस्तो छ।

 भारतका अभियन्ताहरुसँग बिचार-विमर्श गर्दा उनीहरु भन्थे, भारतमा सत्तारुढ भएका कम्युनिष्टहरु दुईप्रकारका छन्। वेष्ट बङ्गालमा २७ बर्ष कम्युनिष्ट शासन रह्यो। त्यहाँका कम्युनिष्ट नेता र कार्यकर्ताहरुको बिषयमा जनतासँग तिक्त र कटु अनुभव छ। पछिल्लो कालसम्म आइपुग्दा तिनीहरुको उत्ताउलो, उम्लेको, दम्भी, अहङ्कारी र हिंस्रक ब्यवहार विस्फोटक अवस्थामा पुगिसकेको थियो। कम्युनिष्ट कार्यकर्ताहरुले अत्यधिक दोहन गरेको र सताएको कारणले गर्दा नै वेष्ट बङ्गालमा उद्योगहरु धरासायी भएको थियो। गतीलो विकल्प र प्रतिपक्ष नहुँदासम्म उनीहरुले शासन गर्न पाएको प्रष्टै बुझिन्थ्यो। तर, केरलाका कम्युनिष्ट नेता र कार्यकर्ताहरु भने त्यस्को ठीक विपरित थिए र छन्। केरलाका कम्युनिष्ट नेता र कार्यकर्ताहरु सभ्य, शिष्ट र गम्भीर छन्। सामान्य बातचितमा समेत् उनीहरु रिजनेवललजिकलकुरा गर्छन्। दूरदृष्टि राख्छन्, झिनामसिना कुरामा अल्झेर बस्दैनन्। यी दुईप्रकारका कम्युनिष्टमध्ये नेपालका कम्युनिष्टचाहीं कस्ता छन् त ?

    बिहीबार प्रतिनिधिसभामा जुन दृश्यहरु देखियो, त्यस्लाइ सामान्य ठान्न पनि सकिएला ! सर्वप्रथम त, त्यस दिन २२८ जना सांसदहरु प्रतिनिधिसभामा आइपुगे। सांसदहरु आउँदैहाजिर गर्दैभाग्दै (हाटा) गरिरहेका थिए। १६८ जना सांसदले हाटा (हाजिरगर्दै टापकस्दै) गरे। ६० जना सांसदले चाहीं हाटा गरेनन्प्रतिनिधिसभा बैठकमा बसे। बैठकमा बसेका सांसदको प्रस्तुति झन् उदेकलाग्दो थियो। जुम्लाबाट प्रतिनिधिसभामा सदस्य भएका गजेन्द्रनारायण महतकै प्रस्तुतिलाइ सम्झौं। सांसदले खर्च गर्ने रु ४ करोडको बिषयमा उनी भन्दैथिए, “त्यो ४ करोड हाम्रो आफ्नै तजबिजीमा खर्च गर्न पाउनुपर्छ। ‘नियम अनुसार गर’ भन्ने  हामी सांसदले नियममा चल्नुपर्ने अझस्थानीय तहका जनप्रतिनिधिसँग मिलेर काम गर भन्ने  प्रतिनिधिसभा सदस्यको पो
हैसियत र औकात छतर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको के हैसियत छ ? तिनीहरुसँग मिलेर काम गर भन्नु हाम्रो अपमान हो।"

    सांसद गजेन्द्रनारायण महत त एउटा उदाहरण मात्र हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यस्ता गजेन्द्रनारायण महतहरु अनगिन्ति छन्।

     अल्बेयर कामूले आफ्नो दार्शनिक कृति बिद्रोही’(दोम्म रिवोल्ते)मा“जो हिंसाको माध्यमद्वारा सत्तामा पुग्छ त्यस्ले झन् बढी हिंसाको प्रयोग गर्छ” भनेका छन्। एकचोटी हिंसाको प्रयोग भैसकेपछि त्यस्ले एक्कैचोटी तीनओटा काम गर्दोरहेछ। हिंसाको बिरोध गर्ने अधिकार र नैतिक बल गुमाइसकेको हुन्छ। हिंसाबाहेक अरु केही नगरेको र नजानेको हुनाले हिंस्रक शैलीमै राज्य सञ्चालन गर्छ। हिंसा नै सफलताको माध्यम रहेछ भन्ने सन्देश प्रवाह हुन्छ र अरुलाइ हिंसाकै बाटो हिंड्न अभिप्रेरित गर्छ।

          “तत् किंमा गुरुदेव रविन्द्रनाथ टैगोर जो जति अनुशासनमा रहन सक्छ,त्यस्लाइ त्यति नै स्वतन्त्रताको अधिकार प्राप्त हुन्छ भन्छन। त्यस्को ठीक उल्टो यहाँ जस्ले जति नियमकानुन तोड्न सक्छ त्यस्लाइ त्यति नै हिरो ठान्ने चलन बसेको छ।

    सांसदहरुले सिण्डिकेट बनाएर १० करोड नभैहुँदैन भनेर घेराबन्दी गर्ने। पाउनेभएको रु ४ करोड आफ्नो मनोमानिले खर्च गर्न पाउनुपर्छ भन्ने। सांसदचाहीं यो देशका ठूलाठालु र अरुलाइ चाहीं हैसियत नभएका भन्ने। यो प्रवृत्तिलाइ नेतृत्वले उपचार गर्न सक्छ कि सक्दैन ? त्यसैमा निर्भर छ यहाँका कम्युनिष्टहरु वेष्ट बङ्गालका जस्ता हुन्छन् कि, केरलाका जस्ता हुन्छन् भन्ने निर्क्यौल हुने मूल्याङ्कन।

Friday, June 1, 2018

 

"निर्मल लामालाइ सिध्याउन कम्मरकसेर लागेका मोहनविक्रमले लामाविरुध्द अर्थोक् केही नभेट्टाएसि 'यो सिआइडी, जासुस, गुप्तचर नै हो' भन्नथाल्नुभयो। केन्द्रीय कमिटीको बैठकमै निर्मल लामालाइ औंल्याएर, 'तँ सिआइडी होस्' भन्नुभयो। 'होला' भनेर हामीले पनि पेल्यौं।" असारेकाका (माओवादी वरिष्ठ नेता ईश्वरीप्रसाद दाहाल) ले भने।

 

मकवानपुर जिल्लामा नेकपा एमाले (तत्कालीन माले) पार्टीको जग हाल्ने तथा सङ्गठन निर्माण, विस्तार र सुदृढीकरण गर्नेमा सूर्यप्रसाद शर्माजीको
प्रमुख र महत्वपूर्ण भूमिका रह्यो। पञ्चायतकालमा पार्टी निर्माणको लागि उहाँले ज्यानै न्योछावर गर्नुभएको हो। सूर्यप्रसाद शर्माजी (मोवाइल नम्बर ९८५५०६४०९८, टेलिफोन नं ०५६-५६१४७७, इमेल kOpi572098@gmail.com) हाल भरतपुर, चितवनमा बस्नुहुन्छ। उहाँले कम्युनिष्ट पार्टीको भित्री चुरो र गाँठी कुरो ओकल्नुभयो -
"
नेपाली कम्युनिष्टहरु थोरै मात्र असहमति राख्ने, आलोचनात्मक चेत भएका, स्वाभिमानी साथीलाइ सिध्याउन भयङ्कर षडयन्त्र गर्छन्। षडयन्त्रका तानाबाना बुन्छन्। बनिबनाउ लाञ्छना र आरोप लगाइदिन्छन् र त्यस्को व्यापक हल्ला मच्चाउँछन्। षडयन्त्रमूलक योजनामुताविक लगाइएका लाञ्छना र आरोपलाइ पुष्टी गर्न भएजत्तिका शब्दावली प्रयोग गर्छन्। मैमाथि समेत् भयङ्कर षडयन्त्र गरे। उनीहरुको षडयन्त्रको शिकार भएँ।"

 


@
कम्युनिष्ट आन्दोलनमा एउटा भयङ्कर महारोग छ । असहमतलाइ सिध्याउन भयङ्कर षडयन्त्र गरिन्छ । आरोप लगाउन दोष फेलानपारे 'सिआइडी, जासुस, गुप्तचर' भनेर हल्ला मचाइन्छ । भदौ ४ गतेको नयाँ पत्रिकामा प्रकाशित देवेन्द्र पराजुलीको संस्मरणमा पनि यही पीडा छचल्किएको छ ।         Aug 30, 2016.

 

 

 

No comments:

Post a Comment