डलर र
युरोबाट पालितपोषित् मेडियाका नामावली
उहाँलाइ 'अनीलजी' भन्छन्। उहाँले Dr Baba A'neal Che @BabaAnealChe को नामबाट ट्विटर-ह्याण्डल तथा instagram.com/baba_aneal_che नामबाट ईन्स्टाग्राम चलाउनुहुन्छ।
विदेशी शक्तिकेन्द्रहरूले धेरै बर्षदेखि
नेपाली मेडियामा लगानी गरिरहेका छन् भनेर ब्यापक चर्चा-परिचर्चा भैरहेपछि उहाँले
यस बिषयमा रिसर्च गर्नुभयो। उहाँले गर्नुभएको रिसर्चको नतिजा प्राप्तभएकोले जनसमक्ष राखिदिंदै छौं।
(1)
Centre for Investigative Journalism ले 2016 मा मात्र ओपन सोसाइटी
फाउन्डेसनबाट $105,000
पैसा
पाएको रहेछ पत्रकारको तालिमका लागि। तेसैले नेपालमा राम्रा पत्रकार उत्पादन भएको
रहेछ।
(2)
Shikshak Magazine ले 2017 मा मात्र $95,350 पाएको रहेछ। धेरै राम्रो काम
गरेको रहेछ यो पत्रिकाले।
(3)
यो Media Academy Nepal भन्ने कस्को हो ??? 2017 मा $40,000 पाएको रहेछ नि ! मिडियाको
मात्र हेर्न परो कति पाएको छ भनेर।
(4)
2017 मा $40,000 पाएकोले कस्तो काम गर्छ भनेर वेबसाइटमा हेर्न
गएको रमाइलो लाग्यो। कोर्स भनेर विवाहको योजना बनाउन सिकाउने रहेछन्। भनेसी
मिडियाको नाममा के के भयो होला भनेर आफैं ख्याल गर्नु है। https://www.facebook.com/photo.php?fbid=4346602375385937&set=a.1381226538590217&type=3
(5)
Antenna Foundation Nepal (AFN) ले 2018 मा मात्र $67,951 पैसा पायो; ल ठीकै छ, केही त
गर्ला भन्ने भयो। तर यो Role
of Media to Strengthen the Governance System भन्दै Chandani Nepal भन्नेलाई 2017 मा $19,626 अनि 2018 मा $30,737 दिएको छ; के हो, बुझिएन। यो
चादनी नेपाल भनेको के हो कसैलाई थाहा छ ?
(6)
अनि यो Ujyaalo Multimedia Pvt. Ltd. भनेको उज्यालो नेटवर्क नै त
होला नि हैन त ? कि अर्कै हो ?? 2018 मा मात्र जम्मा $260,000 त पाएको रहेछ ! यो त एउटा
डोनरको पैसा हो। यस्ता डोनर कति छन् होला नेपालमा। बडो रमाइलो लाग्यो आज यो
हेर्दा।
(7)
Center for Media Research-Nepal ले केही काम गरेको जस्तो पनि
लाग्छ। तेसैले 2017 मा $23,396 अनि 2018 मा $59,890 पाएका रहेछन्। अनि उता Centre for Investigative
Journalism (Nepal) ले 2019 मा फेरि $79,500 पाएको रहेछ। तेत्रो पैसा
पाएर तालिम लिँदा पनि किन पत्रकारिता यो हालतमा छ ?? ( मलाई भने बडा रमाइलो लागेको
कुरा 2007
देखि
यो The
Open Society Foundations भन्नेले मात्रै नेपालका मेडियालाइ $1,390,000 दिएको रहेछ। पैसा त धेरै
होइन है १३ लाख डलर मात्र हो ! भनेसी राम्रै कमाइ हुने रहेछ ! नेपालमा मिडियाको
एउटा एनजिओ खोल्न पर्ने भयो।
(8) यो Himal Southasian लाई Himal Southasian's growth
and expansion in Sri Lanka as a new digital media organisation भनेर 2019 मा जम्मा $130,000 दिएको रहेछ। दिनैपर्ने थियो
र यो पत्रिकालाई... ? हैट् !
(9)
Sancharika Samuha ले पनि 2019 मा जम्मा $48,000 पाएको रहेछ। राम्रै काम
गरेको भएर त पाएको होला नि है।
(10) Tana Bana Private Limited भन्ने जस्ले ‘हेर्ने कथा’ भनेर शुरु गरेको छ, तेस्ले
पनि 2019
मा
मात्र $125,000
प्राप्त
गरेको रहेछ। अनि Boju
Bajai ले
पनि 2019
मा
मात्र $57,500
पाएको
रहेछ।
(11) स्वामी भिनपेट्रोल @SwamiVinPetrol ले थप्नुभयो - "उज्यालोले पाएको मात्रै टोटल फण्डिङ हिसाब
गर्ने हो भने त ५९०,३३०/- डलर हुने रहेछ। देश
कसरी डुब्दैछ भनेर अब प्रष्ट भयो। अनिल दाइको यो खोजकारितालाई मेरो सलाम छ !"
(12)
Bhimsen Chaunlagain @BhimsenCh जीले यसैमा थप्नुभयो
-
"एउटा पोड्कास्ट बनाउने @BojuBajai ले त २०१९ मा ५७,५०० $ लेको रछ। कति हो कति त्यसको
फन्डिङ त !"
No comments:
Post a Comment