ताली प…ट…ट…ट…ट !!
- Mohan Lama Rumba
::::::::::::::::::::::::::::::

"तराईमा जंगली हात्तीले अधिकांश जनजाती मारेको तथ्यांक !!"
यो तथ्यांक संकलन गर्न कति रकम खर्च दियो त्यो तपाईं हामीले थाहा पाउने कुरा भएन तर पुर्व झापा देखि पश्चिम् धनगढी सम्मको रेकर्ड संकलन गरेछ।
अब मोटरसाइकलमा एक्सिडेन्ट् भएर जनजाती र ब्राह्मण मध्य सबैभन्दा बढी टाउको कुन जातिको फुट्यो ? कुन जातिको टाउको सारो हुने रहेछ भनेर कुनै पढेलेखेका बेरोजगारलाई एक दुई हजार डलर प्याकेज प्रोग्राम दिएर गरेको रिसर्च रिपोर्ट पनि ढिलोचाँडो समाचारमा आउँला अलिदिन कुरौं !

२०४७ सालमा बहुदलीय व्यवस्था आए लगत्तै नेपालमा जनजाती आदिवासीको नाउँमा संघ संस्था खोल्ने बिदेशी दातृ निकायले त्यसमा लगानी ओइराउने काम सुरु भयो, गाउँ गाउँमा जनजाती आदिवासी चेतनामूलक प्रशिक्षण कार्यक्रम भन्दै शिविर सुरु गर्न थाल्यो ! त्यो चेतनामूलक भन्दै दिने प्रशिक्षण भनेको ब्राह्मणवाद विरुद्धमा कसरी लड्न पर्छ, कसरी ब्राह्मणले हामीलाई दास बनायो भन्दै प्रशिक्षण दिने हो त्यो काम अहिले पनि चल्दै छ अब त सरकारी ढुकुटीबाट नै प्रतिष्ठानको रूपमा कार्यक्रम संचालन हुन्छ, नेपालमा बिस्तारै नजानिदो ढंगले एक जाति विरुद्ध अर्को जातिमा घृणाको राजनीति सुरु हुन थाल्यो, इतिहासलाई तोडमोड गरेर ब्याख्या गर्दै बिस्तारै हाम्रो समाज धुर्विकृत हुँदै जान थाल्यो।
म पनि भर्खर भर्खर अल्लारे उमेरमा प्रवेश गर्दै गरेको बेला यस्तैहरुको कुरामा बिश्वास लाग्दै गयो, उमेर अनुसारको लोर्के जोश देखाउँदै म पनि बुद्धिजीवी बन्दै गफ चुट्ने हुँदै गयो ! मार्क्सवादी नशा बाट बिस्तारै नश्लवादी नशा चढ्दै गयो जुन प्रचण्डले माओवादी नशा चढाएर जातीवादमा रुपान्तरण गरेको जस्तै: मलाई पनि जातिवादको नशा लाग्दै थियो !
धेरैलाई अचम्म लाग्ला नेपालमा सबैभन्दा पहिला कम्युनिस्ट युवाहरूलाई जातिवादको नशा चढाउने चित्र बहादुर केसीको सम्धी मोहन बिक्रम सिंह हुन् त्यतिबेला यिनले हामी कम्युनिस्ट पनि खास समयमा बर्ग बाट बर्णको राजनीतिमा पनि आउन पर्छ भन्दै माओत्सेतुङ देखि लेलिनको उदाहरण दिंदै जातिवादी लेख दस्तावेज नै प्रस्तुत गर्थे यिनलाई RWA ले बस्ने खाने सुबिधा गोरखपुरमा बन्दोबस्त गरेको थियो त्यतिबेला भेलुपिल्लैइ प्रभाकरण LTTE को तामिल जातीय आन्दोलनको समर्थन गर्थ्यो भने बुद्ध भगवान लुम्बिनीमा होइन उडिसा तिर जन्मेको हो भनेर पनि लेख्ने गरेको थियो ! यो कुरा अलग हो की गोरखपुरको सेल्टर छोडेर नेपाल आएपछि यिनको अर्को बासुरी बच्न थालेको हो। यसरी म बिस्तारै कम्युनिस्टको नशा बाट जातिवादमा रुपान्तरण हुँदै गएछ तर यसमा मेरो कुनै दोष थिएन, दोषी थियो त केवल तत्कालीन भूराजनीतिक परिवेश र सिस्टमको र त्यो सिस्टम चलाउने नायकहरुको थियो जसले म जस्तो अल्लारे युवाहरूलाई राष्ट्रिय मुलधार बाट अलग्याएर जातिवादी कित्ताकाटमा डोर्याउदै लैजादै गरेको देख्दादेख्दै पनि क्षणिक सत्ता मोहमा बिदेशी चलखेललाई नजरअन्दाज गरिरहने शासक प्रशासक लेखक साहित्यकार बुद्धिजीवीहरुको थियो ! म र म जस्ता हजारौं युवाहरू त केवल अबोध भेंडा बाख्रा जस्तो बौद्धिक शिकार मात्रै भएको रहेछ भन्ने अहिले आएर बुझें !
म पनि तामाङ समुदायको टोले बुद्धिजीवी भैसकेको थियो ! बेला बेलामा पाएका प्रशिक्षण र जातिवादी पुस्तक पत्रपत्रिका पढेर लाटा गाउँको गाँडा तन्नेरी जस्तो बुद्धिजीवी भएपछि तामाङ समुदायमा भाषण त दरै दिनै परो ! त्यसमध्ये एउटा भाषण यस्तो हुने गर्थ्यो ! जो अहिले पनि जातिवादीहरुले दिने गर्छन् !
आदरणीय दाजुभाइहरु………… ! पृथ्वीनारायण शाहले हाम्रो तेमालको तामाङ राजा मारेर तेमाल राज्य कब्जा गरेको थियो ! हाम्रो तामाङलाई सेनामा भर्ती लिंदैन थियो ! राणाहरुले सेनाको भारी बोक्ने पिपामा मात्रै भर्ना गर्थ्यो ! भन्दै भाषण ठोक्थें !! त्यति ठोकेपछी अगाडि बाट तालीको परर्र ग...ट....ट…ट.. बच्थ्यो ! अरु कसैलाई थाहा नभएको मैले मात्रै ठुलै कुरा ओकालेछ भन्ने जस्तो लाग्थ्यो त्यतिबेला !
हामीलाई कसरी पश्चिमीहरुले सजिलै गोटी बनाई रहेकोे हुने रहेछ भनेर त्यतिबेला त्यो अल्लारे उमेरमा त्यो परिवेशमा कसरी बुझ्नु ? अहिले त यत्रो सामाजिक संजालको ईन्टरनेटको युगमा बुझिन्न भने त्यतिबेला बुझ्ने त झन् सम्भावना हुने कुरै भएन !
समय बित्दै गयो खोज्दै गएँ बुझ्दै गएँ नेपालको भूराजनीतिक अवस्था हाम्रो धर्म संस्कृतिको बिशिस्टपन हल्का फुल्का भेउ पाउन थाल्दै गएँ त्यसपछि थाहा भयो हामीलाई त पुरै "मुर्गा" पो बनाएको रहेछ भातेहरुले ! त्यतिबेला हामीलाई "मुर्गा" बनाउने टाठा-बाठा तामाङहरु जो काठमाडौमा हात्ती छाप चप्पल लाएर भित्रेकाहरु अहिले काठमाडौमा दरबार जस्तो महल ठडिए तर भत्कियो त केवल हाम्रो समाजमा सदियौं देखिनको एकता भाइचारा सहअस्तित्व र समन्वयात्मक हाम्रा मौलिक संस्कृतिहरु……… !
पृथ्वीनारायण शाहको न त तामाङ राजा संग लडाइँ पर्नु न त तामाङ राजा नै थिए ऊनी त तेमालको सेन वंशी मकवानपुरे राजाको एकजना रिन्छेन दोर्जे भन्ने मिजार थिए तर त्यसैलाई राजाको रूपमा घोकाएर अहिले त माओवादी छौंडाहरुले तेमालमा सालिक नै खडा गरेछ !!
तामाङलाई नेपाली सेनामा भर्ना लिंदैन थियो पिपामा मात्रै लिएर भेदभाव गरेको थियो भनेर पाठ घोकाउने त्यतिबेलाका नेताहरूले नबुझी नै त बोलेका होइन होला तर पृथ्वीनारायण शाहले उपत्यका कब्जा गर्न अगाडि नै पृथ्वीनारायण शाहको सेनामा तामाङ जाति भर्ना भएको देखिन्छ किनभने किर्तेपुरेले केही गोर्खाली सेनालाई मारकाट गरेपछि त्यसको बदलामा किर्तेपुरेको नाक काट्ने जिम्मा भोटे (तामाङले) पाएको रहेछ तर नाकको टुप्पोमा मात्रै काट्नु भनेकोमा फेदै लगाएर काटेको भनेर उजुरी परेपछी फ़ेरि भोटे सेनालाई पनि काटेर संजाय दिएको देखिन्छ।
त्यस्तै राणाले पिपा(भारी बोक्ने) मा मात्रै तामाङलाई राख्थे भनेर हामीलाई दीक्षा दिने तत्कालीन जातिवादी बामपंथी नेताहरूले तत्कालीन जंगबहादुर राणाको शासन कालमा ब्रिटिश रेजीडेंसीमा डाक्टरको रुपमा काम गर्न आएको ओल्डफील्ड, हेनरी एम्ब्रोसले लेखेको पुस्तक "Sketches from Nipal" भन्ने पुस्तक पक्कै पढेकै थिए भन्ने लाग्छ, यो पुस्तक सन् १८८० मा प्रकाशित गरेको पेज नम्बर ३ मा सन् १८५५ मार्च ६ तारिखको दिन नेपाल तिब्बत अन्तिम युद्धको बेला जनरल बम बहादुर कुंवरको नेतृत्वमा तामाङ भोटे जातिको दुईवटा गण खडा गरेको थियो जसमा एकएक वटा गणमा छ- छ सय जना सैनिक राखेको थियो भनेर पेज नम्बर ३-४ मा उल्लेख गरेको छ, जुन पल्टन पछी आएर जंगीनाथ गणमा रुपान्तरण भएको थियो भने किराँतीहरुको पल्टन पनि थियो जुन पल्टन पछी भैरवनाथ गणमा रुपान्तरण भएको थियो।
इतिहासको तथ्य एकातिर यस्तो छ तर पश्चिमी युरोपेली मुलुक बाट फण्डेड बामपंथी जातिवादी इतिहासकारहरुले हामीलाई अर्कोतिर घोकाएर तयार गरेको जातीय घृणावादी कित्ताकाटको अवधारणामा खडा भएको आजको सत्ता संविधान सरकार हाम्रो शैक्षिक संयन्त्र हाम्रो समाजको बनावट यस्तै पाराले अगाडि बढ्दै गयो भने अबको २० देखि ३० वर्ष भित्र एकजाती विरुद्ध अर्को जाति रक्तपिपासु भएर निक्लने छ ! लेखेर राखे हुन्छ यो व्यवस्थाको निरन्तरता रहिरहे एक रौं पनि अहिले गरेको भविस्यवाणी फरक पर्दैन !!
No comments:
Post a Comment