Pages

Tuesday, September 21, 2021

 कम्युनिष्ट गालि -

 

नेपाली कम्युनिस्टको नियति अर्थात् गाली

-नरेन्द्रजङ्ग पिटर

सहरजस्तै गाउँबस्तीमा पनि राजनीतिको खेती फेरि फस्टाइरहेको छ । हलक्कै गालीबाली मौलाएको छ । अर्थहीन बनाइएका कार्यकर्तालाई महाधिवेशन आँउदापार्टी फुट्दा र चुनाव लाग्दा सोधखोज हुन्छ । आस र त्रास फैलाउँदै तानातान भइरहेको छ । नेताले कार्यकर्ताको सोधखोज गर्न थालेका छन् । मिटिङ चलिरहेको छप्रशिक्षण भइरहेको छ । तरप्रशिक्षण केको हुन्छ प्रशिक्षक कस्ता छन् त सूचना र प्रविधिको भरपूर उपयोग गर्दै समूह बैठक चलिरहेका छन् । प्रविधिले भूगोललाई त खुम्च्यायोतर राजनीतिक संस्कृतिमा खुम्चिएको दिल र दिमागलाई भने चौड्याउन सकेन । टिभीमा चल्ने गालीशास्त्र नेताका दरबारबाट गाउँबस्तीमा छताछुल्ल भइरहेका छन् । 

मन नमिल्नासाथ कम्युनिस्टहरू’ सजातीयलाई गाली गर्न बुर्जुवाभन्दा पोख्त हुन्छन् । हरेक विषयलाई सैद्धान्तीकरण गर्दै रौँका चिरा त पार्थे नैअब त निजी जिन्दगीमै छिरेर आक्रमण गर्न थालेका छन् । संशोधनवादीजडसूत्रवादीमध्यपन्थी धेरै शब्द भए पनि कम्युनिस्टलाई दलाल’ र गद्दार’ सबभन्दा प्रिय लाग्छन् । पुष्पलाल र तुल्सीलालबीचको टकराहटमा कुन बाटो ?’ र मूलबाटो’ पुस्तक निक्लिएतर मोहनविक्रम सिंहले त गद्दार पुष्पलाल’ नै लेखे । त्यसपछि संस्थापक महासचिवलाई गद्दार पुष्पलाल भन्नेको लर्को नै लाग्यो । सिकार गरिएको बाघको शरीरबाट गोली निकालिएजस्तै गाली फिर्ता लिइयो । तरआज उनकै विचारको हकवाला भन्दै मूलबाटो बनाउनेले जीवनकालमै गाली सुधारेको पुष्पलालले भने थाहा पाएनन् । उनी गद्दार’ बनेरै मर्नुपर्‍यो । घटनाक्रम फेरिँदै जाँदा शक्तिमा उतारचढाव भइरहन्छन् । सार्वजनिक जीवनमा गद्दारसँग’ फेरि भेट हुँदासहकार्य गर्नुपर्दा कस्तो हुँदो हो ! के हिजोका गाली फच्चे हुन्छन् ! यसले सामाजिक सम्बन्धलाई के कस्तो असर पार्ने हो 

राजनीति व्यवसाय बनेपछि नेता र कार्यकर्ताले घाटानाफाको हिसाबकिताब गर्नु स्वाभाविकै हुन्छ । पार्टी फुटचुनाव र माहाधिवेशनलाई नेताकार्यकर्ताले पार्टी वा गुट फेर्ने अवसर बनाउँछन् । एकअर्कालाई बात लगाउँदै गाली बर्सिन्छन् । नेपाली राजनीतिशास्त्रका विद्यार्थीलाई पुस्तक र विश्वविद्यालयभन्दा बितेको १५ वर्ष व्यावहारिक ज्ञानको पाठशाला बन्यो । आदर्श’ नेताका चालचरित्र र चेहराले छर्लंग प्रशिक्षण दियो– सक्छौ जित्नेको पछाडि लागतर हार्नेको पछाडि किमार्थ नलाग । संकट पर्‍यो नै भने तटस्थताको सुख भोग । फड्को मार र भाग्य चम्काऊ !’ 

नेकपा मालेसँग वार्ता गर्न पठाएका प्रतिनिधि नै (हर्के अर्थात् डा. डिबी सिंह र केशव बडाल) उतै बिलाएपछि रूपलालजीहरूले साथी हर्के कता भनेर मुखपत्र श्रमिकमा रोचक कथा छापे । कथाको सार थियो– निहुँ खोज्न तथ्य र प्रमाण चाहिँदैनकुतर्क गरेर पनि नियत लुकाउन सकिन्छ । समयसँगै पात्र त फेरिन्छन्तर प्रवृत्ति भने दोरिरहन्छन् ।

अवसरवाद शक्तिको सिँढी चढ्ने अत्यन्तै राम्रो कला हो । अवसरवादले चुनौती झेल्नैपर्दैनउपलब्धिको पहिलो अधिकार राख्छ । ऊसँग स्वाभिमान र इख भन्ने शब्दकोशमा हुँदैन । बजारजस्तै अवसरवाद पनि नाफामा चल्छमूल्य र आदर्शमा हैन । मित्र र दुस्मनका परिभाषा ०६२/६३ पछि फेरिँदै जाँदा राजनीतिका गाली पनि फेरिए । कम्युनिस्टहरू’ लडाकु हुन्छन् । अरू नपाउँदा आफ्नैभित्र नक्कली शत्रु खोज्न सिँगौरी खेलिन्छ । माओवादीका अन्तरविरोध र टुटफुटडबल नेकपादेखि एमाले विभाजन, ‘दोस्रो पुस्तातेस्रो धारसम्म’ त्यो अझ छरपस्ट भयो । कम्युनिस्ट दुस्मनले नभई आफैँ मारामार गरेर सकिएका छन् ।

जुन शब्दले लक्षित व्यक्ति वा समूहलाई उत्तेजित बनाउँदा वक्ताले मानसिक तुष निकाल्दै सन्तुष्टि लिन्छऊर्जा पाउँछत्यही नै गाली हो । सामाजिकसांस्कृतिक र बौद्धिक स्तर गालीले किटान गरिरहेको हुन्छ । राजनीतिकर्मीले पहिलाका तर्क विरुद्ध नयाँ तर्क कोरल्नुपर्ने हुन्छ । इतिहासले धकेल्दै जाँदा कुनैवेला असिनाझैँ गाली बर्साएको पात्रलाई नै पुज्नुपर्ने नियति हुन्छ । प्रतिक्रियाको राजनीति मौलाएपछि कार्यकर्ताको योग्यताको कसौटी पनि कसलेकति गाली गरेर आवेग भर्न सक्छत्यसैअनुसार हैसियत नापिन्छ । हरेक शक्ति वा गुटपछाडि औचित्य साबित गर्न तर्क उत्पादन गर्ने स्वार्थी बुद्धिजीवी’ हुन्छन् । कुतर्कलाई तथ्य र अनुसन्धान आवश्यक नभई आवेग र घृणा भए पुग्छ ।

गद्दारी हैसियतवालाले नै गर्छन् 
सामान्य जनले युगलाईराष्ट्रलाईआन्दोलनलाई र पार्टीलाई धोका दिन सक्दैन । ठूलो रूख ढल्दा कम्पन पनि ठूलै हुन्छ । ओहोदावालले गरेको गद्दारी युगले व्यहोर्नुपर्छ । सामान्य जनले गद्दारी गर्न चाहँदा पनि केही हुँदैन । पूर्व र पश्चिम मोर्चामा सेना भयंकर लडाइँमा थियोतर सुगौलीमा वार्ता गर्न पठाइएका चन्द्रशेखर उपाध्याय र रंगनाथ मिश्रले जिम्दारी र खान्कीकै लागि अंग्रेजको सुविधाअनुसार सन्धि गरिदिए । भारतमा अंग्रेज भित्र्याउने घटनामा बंगालको नवाब सिराजुद्दौलालाई धोका दिएर अंग्रेजलाई साथ दिएर श्रीपेच लगाउन उनकै ज्वाइँ मिरजफर संलग्न भयो ।

स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतको पाउमा टक्र्याउने लेन्डुप दोर्जे थियो । अहमद चलावीले गौरवशाली इराकलाई अमेरिकाका पाउमा चढायोअफगानिस्तानमा जति अमेरिकी दलाल बने पनि असरफ घानीलाई अमेरिकाले रक्षा गर्न सकेन । तरगद्दारी गर्नेलाई कालान्तरमा स्वयं मालिकले नै पत्याउँदैन । जसले आफ्नो स्वार्थका लागि देशकै गद्दारी गर्छबीसौँ वर्षको मित्रलाई धोका दिन सक्छ भने ऊबाट नयाँ मालिक पनि विश्वस्त हुन सक्दैनन् । कस्तै रामभक्तले पनि दुस्मनको पक्ष लिएर राष्ट्र र वंश नाश गर्ने विभीषण आफ्नो सन्तानको नाम राख्दैनन् । अलोचना पनि व्यक्तिको नभई उसको भूमिकाको हुन्छ । व्यक्ति चरित्रको वाहक भएकाले त्यो गुण र दोष बनेर कालान्तरमा प्रतीकमा फेरिन्छ । प्रशंसा गरेर कुनै पनि मान्छेलाई मूर्खतापूर्ण काम गराउन सकिन्छ । मूर्खशक्ति भने कसले उसको हितमा दुस्मनविरुद्ध कति धारिलो गाली गर्छ भन्ने हिसाब गरिरहन्छ । 

विश्वास गुमेका धोकेबाजलाई कसैले पत्याउँदैन । नयाँ थलोमा मेरो स्वर्गमा राँको झोस्ने तिमी नै हौ भनेर अवसर खोसिएकाहरूले चिमोटीचिमोटी मानमर्दन गर्दै नयाँ थलोमा बसिनसक्नु पार्छन् । नवनायकलाई पुराना अनुयायीसँग नयाँलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता हुन्छ । पुराना वा नयाँ कसको भर पर्नेउसका चुनौती बन्छन् । अनुयायीकट्टर समर्थकअझ अन्य पार्टीबाट आएकाको संरक्षण गरिएन भने अन्य विभीषण बन्न तयार हुँदैनन् । शक्ति जहिले पनि नयाँ दास खोज्छपुराना त यसै छन् नि । आफ्नै गोठका पाल्तु सोच्छ । अन्तमाघटनाहरू नयाँनयाँ रूपपात्र र प्रवृत्ति बनेर आइरहन्छन् । इतिहासको शिक्षा भनेकै जसले सिक्दैनऊ या त साँच्चैको गद्दार बन्नुपर्छ या स्वयंको मलामी । 




"निर्मल लामालाइ सिध्याउन कम्मरकसेर लागेका मोहनविक्रमले लामाविरुध्द अर्थोक् केही नभेट्टाएसि 'यो सिआइडी, जासुस, गुप्तचर नै हो' भन्नथाल्नुभयो। केन्द्रीय कमिटीको बैठकमै निर्मल लामालाइ औंल्याएर, 'तँ सिआइडी होस्' भन्नुभयो। 'होला' भनेर हामीले पनि पेल्यौं।" असारेकाका (माओवादी वरिष्ठ नेता ईश्वरीप्रसाद दाहाल) ले भने।



#  "वहुदल आएपछिको कुरो हो। मकवानपुर जिल्लाको राजनीतिमा नेकपा मालेको एकलौटी वर्चस्व कायम राख्नको लागि रुदाने (रुपचन्द्र बिष्ट) लाइ राजनीतिक वृत्तबाट 'रिङ्ग-आउट' गर्न नितान्त जरुरी थियो। जनतामा भिजेका रुपचन्द्र बिष्टलाइ सहजै किनारा लगाउन सकिंदैनथ्यो। त्यसैले, उस्का विरुध्द षडयन्त्रका तानाबाना बुनियो। "वहुदलप्राप्तिका लागि हामीले छातिमा गोली थापिरहेको बेलामा प्रतिकार समितिमा बस्नेहरु हरियो घाँसका हरियो सर्प नै हुन्।" रुदानेविरुध्द यस्ता अनेकौं लाञ्छनाहरु तैयार गरियो र सम्पूर्ण कार...्यकर्ताद्वारा व्यापक प्रचार-प्रसार गराइयो। मेरै अगुवाई र संयोजनमा यस्तो घीनलाग्दो, नीच कर्म भयो। पछि मलाइ पश्चाताप हुनथाल्यो र अहिलेसम्म पनि गहीरो पीडा छ।" सूर्यप्रसाद शर्माले भन्नुभयो।


(मकवानपुर जिल्लामा नेकपा एमाले (तत्कालीन माले) पार्टीको जग हाल्ने तथा सङ्गठन निर्माण, विस्तार र सुदृढीकरण गर्नेमा सूर्यप्रसाद शर्माजीको प्रमुख र महत्वपूर्ण भूमिका रह्यो। पञ्चायतकालमा पार्टी निर्माणको लागि उहाँले ज्यानै न्योछावर गर्नुभएको हो। सूर्यप्रसाद शर्माजी (मोवाइल नम्बर ९८५५०६४०९८, टेलिफोन नं ०५६-५६१४७७, इमेल kOpi572098@gmail.com) हाल भरतपुर, चितवनमा बस्नुहुन्छ। उहाँले यो पीडा ओकल्नुभयो ।



द्वन्द्वात्मक भौतिकवादका शब्दजालबाट ओर्लिएर सार्वजनिक गाली बेइज्जतीमा कम्युनिस्ट नेता:

गद्दार,

देशद्रोही,

लाजसरम पचेको मान्छे,

घिउ नपचेको,

हरिया साँपहरु,

कुहिएका फर्सीहरु,

कुपात्रहरु,

कुहिएर झरेका पात,

फोहोरको झिँगा,

मधुकैटभ राक्षस

 


No comments:

Post a Comment