Pages

Sunday, October 31, 2021

 प्रेरक प्रसङ्ग   


(भित्रैदेखि खसखस लागेर खट्किराखेको एउटा कुरो आज यहाँ राखें। ३१ अक्टोबर, २०१४ मा अनि ३१ अक्टोबर २०१७ मा पनि राखेको थिएँ।)
गान्धीले दक्षिण अफ्रिकामा राम्ररी चलेको ब्यारिष्टरी छाडे। घर छाडे। टाई, सूट, पाइण्ट, जुत्ता छाडे। महँगो चस्मा छाडे। कछाड बेरे, सस्तो चस्मा र खडाउ लगाए। कैयौंपटक अन्नपानी छाडे। तर, जतिजति त्याग्दैगए गान्धी झन् शक्तिसाली भए। यता, हाम्रा नेताहरुले दशसयको जुत्ता छाडेर दश हजारको जुत्ता भिरे। गाउँघरको पोसाक फालेर ५० हजारको सूटमा सजिए। गाउँको घर छाडे, र शहरमा महल बनाए। सार्वजनिक बस चढ्न छाडेर प्राडोमा सवार हुनेभए। गाउँको खाना रुच्न छाड्यो, फाइभ स्टारको खानथाले। हाच्छिउँ आउँदा सिङ्गापुर, बैंककको अस्पताल पुगे। सातपुस्तालाइ सम्पति जोडे। तर, जतिजति थुपार्दैगए त्यतित्यति खोक्रो भए।



No comments:

Post a Comment