Pages

Thursday, October 7, 2021

 

अत्याचार /

 

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं

महिलामाथि निरन्तर कसरी हिंसा भइरहेको छ, कसरी उनीहरुको ज्यानैसम्म जाने गरेको छ र किन त्यसको निष्पक्ष छानबिन भएको छैन भनेर केन्द्र सरकारलाई सोध्न नेपालगन्जबाट आएका छन्  

 

काठमाडौँ कुनै बेला न्याय नपाए गोरखा जानुभन्ने उक्ति प्रचलनमा थियो। बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन्। कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका खुट्टामा फोका उठेका थिए। थकित र गलित अवस्थामा भेटिएका उनीहरू सिंहदरबारले न्याय देला र सबै दुःख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए 

उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन्। बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको। यही दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन्

पैदल यात्राको २० दिन उनीहरूले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए। यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरूले हिँडेरै बिताएको बताइन्। उनले भनिन्, ‘बरु दिउँसो र साँझ हामी बस्यौं, रातको शीतलमा भने हिँडिरह्यौंमहिला दिनदिनै हिंसामा परिरहेको तर उनीहरूको मृत्यु र हिंसाको घटनामा प्रहरीले राम्ररी अनुसन्धान नगरेको सुनाउँदै उनले नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्न आफूहरू काठमाडौं आउनुपरेको बताइन्। भनिन्, ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं

न्यायका निम्ति हिँडेकामध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्यसहित अधिकारको निम्ति नबोली हुन्न भन्ने स्थानीय छन्। उनीहरूमध्ये मुस्किलले एकदुई जना मात्रै नेपालीमा बोल्छन्। अवधी भाषी उनीहरूमध्येकी आवादा दर्जीले आफ्नै लवजमा भनिन्, ‘बहुतै दिक्कत होईगा। तभीनय न्याय मागेक लिए चला आवागवा

गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन्। उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन। माताले सुनाए, ‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन्उनका अनुसार भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन्। पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए। दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिएसौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्,’ उनले भने

घटनाबारे जानकार स्थानीय सतिना तेलीका अनुसार यही विषयलाई लिएर नकुन्नी र रामकुमारबीच खटपट भएको थियो। खटपट समयक्रममा हिंसामा बदलिएको थियो। श्रीमानबाट कुटपिट भएपछि दिदी निलडामसहित एक साता आफ्नो घरमा आएर बसेको बैनी शिलाले बताइन्। दिदीको न्यायको निम्ति काठमाडौंसम्म पैदलै आएकी शिलाले भनिन्, ‘दिदीको मृत्युबारे हामीले न्याय पाएनौं

सतिनाका अनुसार नकुन्नी घरेलु हिंसामा परेको बारे स्थानीय प्रहरी घटनाको केही दिन अघिबाटै जानकार थियो। घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन्। संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो। सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन

प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीले संसार छोडिन्। न्याय माग्न काठमाडौं आएकी रुबीका अनुसार उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए। जिल्ला प्रहरीले नकुन्नीको मृत्यु आत्महत्याबाट भएको मेडिकल रिपोर्टले प्रमाणित गरेको बताउँदै आए पनि उनीहरूको चित्त बुझेको छैन

उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन्। दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो? त्यसका पछाडि केकस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन्। कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन्

नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए। रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरकफरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनले पनि उनीहरूको न्याययात्रा रोकिएन। रुबीले भनिन्, ‘हामी आश्वस्त हुन सकेनौं। पहिले पनि निर्मला पन्तको बलात्कार र हत्या घटनामा थुप्रै छानबिन समिति बने पनि न्याय मिलेन। त्यही भएर हामी हाम्रो कुरा सुनाउन काठमाडौं हिँडिराख्यौं

अहिले नकुन्नी र निर्मलाको निम्ति न्याय खोज्न काठमाडौंसम्मको पैदल यात्रा गरिएको हो। जसमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन्

Thursday, October 7, 2021

 

No comments:

Post a Comment