Pages

Tuesday, December 21, 2021

 

एमसीसीको लुकाइएका तथ्य

(एकजना पत्रकार भाईले एउटा आलेख पठाउनुभयो। यो आलेखका लेखक डम्बर खतिवडाजी हुनुहुँदोरहेछ र यो आलेख एक महिनाअघि प्रकाशित भएकोरहेछ। एमसीसीको फाइल, अभिलेख अध्ययन गरेर लेखिएको तथ्यपूर्ण लेख रहेछ। हामी अहिले एमसीसीको विरोध गरिरहेका छौं। एमसीसीको विरोध भैरहेको यो स्थितिमा एमसीसीका तथ्यहरू खोजेर प्रकाशित गर्न कसरी सकेका होलान् ? कत्रो आँटहिम्मत होला ? भनेर हामीचाहीं छक्कपरेका छौं। डम्बर खतिवडाजीले लेख्नुभएको आलेखको केही तथ्य यहाँ राखिएको छ।)

 

अर्थ मन्त्रालयको अभिलेख हेर्दा,  प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराईले एमसीसीसँग प्रारम्भिक सम्पर्क गरेका र अर्थमन्त्री हुँदा वर्षमान पुनले अगाडी बढाएको प्रष्टै छ। यहाँनेर के बुझ्न जरूरी छ भने प्रारम्भिक सम्पर्क गर्नेले नै सम्झौतापत्र लेखेको हुँदैन । सार्वजनिक प्रश्न उठिसक्दा पनि वर्षमान पुन यसबारे मौन छन् ।

त्यसपछि खिलराज रेग्मीसुशील कोइरालाको सरकारले यो प्रक्रिया अघि बढाए । रेग्मी कुनै दलमा छैनन् । उनीबाट कुनै राजनीतिक उत्तरदायित्वको अपेक्षा पनि छैन ।

एमसीसी वार्ताटोली गठनसम्वाद, सम्झौतापत्रको मस्यौदा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्। अर्थमन्त्री हुँदा कृष्णबहादुर महराले एमसीसी प्रोजेक्ट ल्याउन अथक प्रयास गरेका हुन् । प्रचण्ड प्रधानमन्त्री हुँदा नै एमसीसी सम्झौता गर्नेभनेर प्रचण्डले नै क्याबिनेटबाट निर्णयसमेत् गराएका हुन्।

सम्झौतालाई अन्तिम रूप दिंदा र हस्ताक्षर गर्दा प्रम शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । 

-डम्बर खतिवडा  \  आइतवारसेप्टेम्बर 192021

 

 

No comments:

Post a Comment