माओवादी अत्याचार
द्वन्द्वकालमा युद्धरत दुवै पक्षले मानिसलाई नियन्त्रणमा लिइसकेपछि
मार्ने गरेका घटना मानवअधिकार आयोग तथा संयुक्त राष्ट्रसंघीय मानवअधिकार
उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) जस्ता मानवअधिकारवादी संघसंस्थाले अभिलेखीकरण
गरेका छन् । कसैलाई पनि नियन्त्रणमा
लिइसकेपछि मनसायपूर्वक सामूहिक हत्या गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको
उल्लंघन हुन्छ । ओएचसीएचआरले सन् २०१२ मा
सार्वजनिक गरेको ‘नेपाल कन्फ्लिक्ट रिपोर्ट (द्वन्द्व
प्रतिवेदन)’ मा, युद्धमा सहभागी नभएका व्यक्तिलाई
नियन्त्रणमा लिएर हत्या गर्ने कार्यमा माओवादीको संलग्नता अभिलेखमा छ ।
द्वन्द्व प्रतिवेदनमा ‘बाँकेको भँडारिया गाउँमा माओवादी
कार्यकर्ताले १४ जना गाउँलेलाई सार्वजनिक स्थानमा बाँधेर कुटपिट गरेको र हातखुट्टा
भाँचेर तीन जनाको हत्या गरेको’ उल्लेख छ ।
प्रतिवेदनमा ‘कसैलाई नियन्त्रणमा लिइसकेपछि मार्नॅ वा घाइते
बनाउनु जेनेभा महासन्धिको उल्लंघन हुने’ भन्दै यस्ता
तथ्य स्वतन्त्र अदालतमा प्रमाणित भएमा ‘उचित
प्रक्रियाबिनाको सजाय वा मृत्युदण्ड’ को अभियोगमा
युद्ध अपराधको फैसलामा सघाउ पुर्याउने उल्लेख छ ।
No comments:
Post a Comment