Pages

Tuesday, December 28, 2021

 

माओत्से तुङ विरुद्ध   /

 

स्टालिनको मृत्युपछि ख्रुस्चेवले स्टालिनको तेजोबध गर्न कुनै कसर बाँकि राखेनन्। नेपालमा अहिले माओवादीहरूले पृथ्बीनारायण शाहलाइ राष्ट्रकै भिलेन साबित गर्न दिनरात कसरत गरेजस्तै त्यसबेला ख्रुस्चेवले पनि स्टालिनचिरुद्ध निन्दाअभियान चलाए। रसियाली कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिनविरोधी अभियान र शान्तिपूर्ण संक्रमणको अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल भयो। कम्युनिस्ट पार्टी र मुलुक भन्नेहरूले समेत आफूलाई ख्रुस्चेवको लाइनमा उभ्याए। जति स्टालिनको विरोध गर्‍यो, त्यति क्रान्तिकारी र वस्तुवादी, मुलुक बुझेको, विश्वस्थिति बुझेको र समयअनुसार चल्न सक्ने कम्युनिस्ट दरिने स्थिति भयो। यो अभियानले विश्वभरी नै आँधिबेहरीको हुण्डरी मच्चायो। पूरै विश्व एकजुट भएर यो अभियानमा जुटेको बेलामा माओत्से तुङले भने यो यो अभियानबाट चीनलाइ अलग्गै राख्नुभयो। विश्व एकजुट भएर यत्रो आँधिबेहरी चलिरहँदा पनि आफूलाइ अलग्गै राखेको भनेर माओत्से तुङको विरुद्ध पनि निन्दाको बाढी बगाइयो।

माओलाई विश्व समाजवादी शिविरविरुद्ध गएको’, ‘अमेरिकी साम्राज्यवादलाई सघाउ पुर्‍याएको आरोप लगाइयो। सिआइएको एजेन्ट’ भनियो त्यतिले नपुगेर माओत्से तुङलाइ तर्साउनका लागि ख्रुस्चेवको नेतृत्वमा रहेको रुस र उसका सहयोगी राष्ट्रहरूद्वारा नाकाबन्दीको स्थिति उत्पन्न गराइयो। ख्रुस्चेवले हाकाहाकी चीनमाथि आक्रमणको धम्कीसमेत दिए र सिमानामा आतङ्क मच्चाए

 

No comments:

Post a Comment