मानवसभ्यतामा वामपन्थि सनासो /
’३० को दशकमा विस्तार भएको र वर्तमानसम्म झाँगिएको
नेपालको मार्क्सवादी चिन्तन परम्पराले समग्रमा हाम्रो राष्ट्रिय बौद्धिक
परम्परालाई फराकिलो हुनबाट रोकेको छ ।
यसले नेपालको भनेर दाबी गर्न मिल्ने आफ्नै (पूर्वीय) ज्ञान परम्परा र बाँकी
‘विश्व’का समकालीन परम्पराका विविधतासँग संवाद गर्ने दायरा खुम्च्याएको छ ।
नेपालमा मार्क्सवादी विचार परम्पराको छायाले देशको
समग्र बौद्धिक परम्परालाई कसरी ओझेल पारेको छ भनेर हेर्नु हो। यो चिन्तन परम्पराले
कसरी आफूबाहेक अरू परम्परासँग संवाद नै गर्दैन भन्ने हो। मार्क्सवादी सिद्धान्तले
भन्छ— साहित्य, कला समाजको ऐना हुनुपर्छ।
साहित्य, कला, संस्कृतिले सामाजिक
यथार्थलाई उजागर गर्नुपर्छ। कलाको, विद्वत्ताको
उद्देश्य हुनुपर्छ। त्यो उद्देश्य समाजलाई क्रान्तिका लागि, प्रगतिका लागि, अगाडि
बढ्नका लागि प्रेरित गर्ने हुनुपर्छ। त्यसले निमुखा वर्गको बोली बोल्नुपर्छ। त्यसो
नगर्ने सृजना फजुल हो। अन्यत्रका जस्तै, नेपालका
प्रशिक्षण नलिएका तर वामपन्थी रुझानका बौद्धिकहरूको पनिज्ञान/सांस्कृतिक
परम्परालाई हेर्ने दृष्टि यही हो।यसो सुन्दा, साहित्य, सृजना, कला सबैले समाजको
सेवा गर्ने उद्देश्य बोकेको हुनुपर्छ भन्ने परम्परामा नराम्रो धेरै देखिँदैन।
समग्रमा मार्क्सवादी परम्पराका
बौद्धिकहरूको विडम्बना के छ भने,
उनीहरू नेपालकै आधुनिक कालका
सांस्कृतिक परम्पराहरूसँग संवाद गर्न डराउँछन् । किनकि हरेक ज्ञान र सृजनालाई
त्यो मजदुरका पक्षमा लेखिएको छ कि छैन, त्यसले ‘क्रान्ति’ को सेवा कसरी
गर्छ, त्यसमा सामाजिक यथार्थवाद छ कि छैन भनेर हेर्नेबित्तिकै
तिनीहरू लेखनाथ पौडयाल, माधवप्रसाद घिमिरेका सांस्कृतिक चेतका बारेमा खुलेर
कुरा गर्न डराउँछन् । गरे भने पनि ‘डिसमिसिभ’ हिसाबमा गर्छन् । अरू त छाडौं, आधुनिक नेपालको
चेत निर्माण गर्ने सांस्कृतिक अभियानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकै बारेमा
विमर्श गर्न उनीहरू डराए । अझै डराउँछन् ।वैचारिक रूपमा आफ्नै अग्रणी भए
पनि पारिजातकै ‘शिरीषको फूल’ को कति कुरा गर्नु ठीक होला भनेर हच्किन्छन् । के मदनमणि
दीक्षितकी माधवी‘माधवी’ हुनु ठीक थियो ? त्यो चिन्तनले त्यहाँअरू
सौन्दर्य परख गर्न दिँदैन। किनकि मार्क्सवादमा स्वच्छन्दताका लागि, बौद्धिक
अराजकताका लागि, सृजनशील पागलपनका लागि छुट हुँदैन। बीपी कोइरालाको
साहित्य वा विचारसँग ‘इन्गेज’ भयो भने त वामपन्थी ‘अछुत’ नै हुने खतरा अझै छ । सहमत
हुनुपर्छ भन्ने त सवालै होइन। यहाँ बौद्धिक रूपमा पारस्परिक संवाद गर्ने कुरा
मात्र गरिएको हो। यो चिन्तनले चौतर्फी रूपमा अरू बौद्धिक र सांस्कृतिक परम्परालाई
एकै वाक्यमा ‘तत्कालीन सामाजिक चेतनाको प्रतिनिधित्व नगर्ने, सामन्तवादी र
पुँजीवादी वर्गको सेवा गर्ने’ भनेर खारेज गर्छ।
अस्तित्ववादी बौद्धिक परम्परासँग
उसले सामीप्य राख्न सक्दैन। मान्छे खान नपाएर मरिरहेका छन्, केको
अस्तित्ववाद? बेलुका के खाने भनेर संघर्ष गर्न लाग्नु कि जीवनको अर्थ
खोज्न लाग्नु ? उत्तरआधुनिकता, विनिर्माण भनेका त बुर्जुवा
अवधारणा हुन् !मोहनदास करम चन्द गान्धी पनि सुधार गर्न खोज्ने मान्छेसम्म हुन् तर
गान्धीका कुरा मार्क्सवादसम्मत छैनन् !नेपालमा खासगरी ’३० र ’४० को दशकमा सामाजिक
चेतना बढी भएका र शिक्षित युवाहरूको ठूलो पंक्ति वामपन्थी अभियानसँग जोडियो। त्यो
सारा पंक्तिले नेपालकै आफ्नै ऐतिहासिक परम्परासँग नै अन्तरसंवाद गर्न सकेन । सबै
सांस्कृतिक परम्परालाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दै केवल खारेज गर्दै गयो। सबै
विषयलाई मार्क्सवादी शुद्धताको कसीमा हेर्नुपर्ने भएकाले नेपालको आफ्नै जुन आंशिक
पूर्वीय दार्शनिक परम्परा छ,
त्यसमा बोल्न मिल्दैन जस्तो गर्छन्उनीहरू । मार्क्सवादी
भएका कारण देवताका कुरामा नबोल्ने बुझ्न सकिन्छ तर त्यहाँबाट भगवान्लाई निकाल्दा
जति बाँकी ज्ञान हुन्छ, त्यसमा कुरा गर्न पनि मार्क्सवादले दिँदैन। त्यो
ज्ञानसँग सहमत हुनुपर्छ भनेको त हुँदै होइन। विषयसंवाद नै गर्न नहुने अछुतपन हो।
किनकि मान्छेले आफैंले कुरा बुझ्न सक्छ, बुझ्नका लागि देववाणी नै जरुरी
हुँदैन भनेर स्थापित नहुन्जेल संसारका प्राय: सबै ज्ञान परम्परामा भगवान्को
अवधारणा जोडिएकै थियो। भगवान्ले भनेको भनेपछि मान्छेलाई पत्याउने बनाउन सजिलो
हुन्थ्यो। तर मार्क्सवादी भएपछि बुद्धको दार्शनिक ज्ञान परम्परामा पनि सीमितबाहेक
अन्तरक्रिया हुँदैन। जब तपाईं हरेक कुरामा माक्र्सले भनेजस्तो वर्गको सेवा
खोज्नुहुन्छ तब तपाईंलाई लिओनार्दो दा भिन्चीको मोनालिसा अर्थहीन लाग्छ ।
शेक्सपियरकावियोगान्त किन महान् छन् भन्ने अनुमति तपाईंलाई हुँदैन। महाकवि देवकोटाको
स्वच्छन्दतावादले गर्नुपर्ने वर्गको सेवा गर्दैन भन्ने लाग्छ।
साहित्य र कला समाजको ऐना भएको
ठीक छ। तर व्यक्तिका निजत्वभित्र छिर्ने ‘गैरसामाजिक’ संस्कृति पनि महत्त्वपूर्ण
हुन्छ, सुन्दर हुन्छ।माक्र्सले भनेजस्तै, दार्शनिकहरूले
अहिलेसम्म (उनको बेलासम्म) केवल जीवन–जगत् के हो भन्ने मात्र कुरा गरे, खास
दर्शनशास्त्रलेगर्नुपर्नेयी सबैको परिवर्तन हो भन्ने पनि ठीक छ । तर
दर्शनशास्त्रको काम केही परिवर्तन गर्नु होइन भन्ने कुराको पनि अर्थ हुन्छ। जीवनको
विसंगति र अर्थहीनताको कुरा गर्ने दर्शनको पनि अर्थ हुन्छ। यसो सोच्नोस् त, नेपालको
वामपन्थी बौद्धिक वृत्तले आफ्नो सन्दर्भका रूपमा संवाद गर्ने नेपालकै बौद्धिक
परम्परा अति साँघुरो लाग्दैन ?
बाँकी विश्वसँग उनीहरूको संवाद
हेर्नुस् त, कति डराई–डराई, आफ्नै गुरुकुलको कसले के भन्ने
हो, आफ्नै पुरानो वाम अवचेतनले कता गाली गर्ने हो भनेर, तौलीतौली, सोचीसोची
मात्र त्यसो गर्छन् ! वाम बौद्धिकहरू अझै पनि शीतयुद्घकालीन मार्क्सवादी शुद्घताको
कैदमा आफैं कक्रक्क परेर बस्नुपरेको छ । त्यसले देशको आफ्नै
ऐतिहासिक–सांस्कृतिक चेतसँग उन्मुक्त संवाद गर्न नदिएर बौद्धिक परम्पराको विकासमै
संकुचन पैदा गरेको छ ।
प्रकाशित : मंसिर १, २०७८ २१:००
No comments:
Post a Comment