कम्युनिष्ट क्षुद्रता /
@AnandaRamPoudel :
"(१) उदय जीएमजी राम्रो लेख्नुहुन्छ। धेरै बर्षदेखि उहाँका लेख र रपोर्टिङहरू पढ्दैआएँ। उहाँले ३२ बर्षदेखि मसाल पार्टीलाइ निरन्तर सहयोग गरिरहनुभयो। पार्टीभित्र भएका कतिपय ब्यवहारबाट वाक्कदिक्क हुनुहुन्थ्यो। आफ्नो जीवनको उर्जाशील कालखण्ड (३२ बर्ष) लगानी गरेको पार्टीलाइ परित्याग गरिदिनुभयो।
(२) मसालको विगत सम्झन्छु। मसालका सर्वोपरी नेता मोहनबिक्रम सिंह र हाराहारीका नेता निर्मल लामा थिए। निर्मल लामालाइ ड्यामेज गर्न मोहनबिक्रमले कतिसम्म घीनलाग्दो षडयन्त्र गरेभने निर्मल लामाको विरुद्ध कुनै क्ल्यु नभेट्टाएपछि "यो जासुस, सिआइडी, गुप्तचर हो" भनेर सेल कमिटिसम्म फिंजाएका थिए।"
तुम्बाहाङ @dewan_kirati : "नेपाली राजनीतिक दलहरुमा खुराफाती गर्नमा कम्युनिस्टहरु माहिर हुन्छन्।अझ एमालेमा त मालेकाल देखिकै उत्कृष्ट खुराफात हुने गर्दछ। कार्यपत्र लेख्ने ढोंग र भेला सभामा मान्छे देखाउने नौटङ्की पनि कम्युनिस्टले नै गर्ने गर्दछन्।व्यक्तिगत टसनमा सैद्धान्तिक लेप लगाउन पनि माहिर छन्।"
@AnandaRamPoudel :
"तुम्बाहाङ @dewan_kirati जी, तपाईंले एकदमै सहीसत्य, २४ क्यारेटको कुरो गर्नुभयो। २०५४ सालमा एमाले ब्रेकहुँदा मालेतिर लागेका ब्यक्ति-ब्यक्तिलाइ सिध्याउन जालप्रपञ्च रचिरहन्थे। उस्को विगत खोतल्दा इस्यु केही नभेट्टाएमा 'यो जासुस, सिआइडी, गुप्तचर थियो' भनेर व्यापक प्रचार गर्थे।"
No comments:
Post a Comment