Pages

Thursday, February 3, 2022

 

एमसीसी र माओवादी      \

 

नेपाल र अमेरिकाबीच एमसीसी कम्प्याक्टसम्म आइपुग्दा भने माओवादी केन्द्रको पनि महत्त्वपूर्ण भूमिका देखिएको छ। १८ जेठ २०७४ मा एमसीसी सम्झौताका लागि नेपाल र अमेरिकाले द्विपक्षीय वार्ता टोली गठन गरे। त्यति वेला माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री र माओवादी नेता कृष्णबहादुर महरा अर्थमन्त्री थिए।

 

त्यति मात्रै होइन, माओवादीकै सरकारका वेलामा नेपाल एमसीसीको ‘थ्रोसहोल्ड कार्यक्रम' मा छनोट भएको हो। माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री तथा वर्षमान पुन अर्थ मन्त्री भएका बेला ५ माघ २०६८ मा नेपाल ‘थ्रेसहोल्ड कार्यक्रम’मा छनोट भएको हो।

 

भट्टराई र पुनकै पालामा २७ माघ २०६८ मा एमसीसीसँग समन्वय गर्नका लागि अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त गरिएको थियो।

 

५ साउन २०७३ मा एमसीसी कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौतामा नेपाल र अमेरिकाबीच सम्झौता हुँदा पनि माओवादी सरकारमै थियो।

त्यस्तै, १० साउन २०७४ एमसीसी अनुदान स्विकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न स्विकृति दिने बेलामा माओवादी नेता कृष्णबहादुर महरा परराष्ट्र मन्त्री थिए। माओवादी संलग्न सरकारले नै १९ भदौ २०७४ मा एमसीसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की  नेतृत्वको टोलीलाई अख्तियारी दिने निर्णय गरेको हो।

 

त्यतिमात्रै होइन, २९ भदौ २०७४ मा माओवादी सहितको सरकारले नै अमेरिकासँग एमसीसी कम्प्याक्टमा हस्ताक्षर गरेको हो। त्यतिबेला कांग्रेस र माओवादीको संयुक्त सरकार थियो।

 

No comments:

Post a Comment