मान्छे हराएको बिज्ञापन \
एमसीसीका बारेमा पत्र सार्वजनिक भइसकेपछि नेताहरूको स्पष्टोक्ति देख्दा २०१२ सालमा गोरखापत्रमा छापिएको विज्ञापनको सम्झना भयो । २०१२ साल असार २० गते विज्ञापन छापियो– "...केही मगज सन्केको जस्तो र अध्यारो चेहरा गरेको बलराम गड्तौला हामीहरू स्कुल र अध्ययनमा भएको समयमा कता हिँडे छन् टायम टायममा उनीको मगज पनि ठिक नहुने हुँदा ठाउँ ठाउँमा लेखापढी र खोजने समेत प्रयास गरियो तर आजसम्म पत्ता नलाग्दा दुःखित हुँदै विज्ञप्ति प्रकाश गर्नुपरेको छ । कुनै सज्जन वर्गले भेट्नु भए तलको ठेगानामा ल्याई दिनु भए अनुग्रहित हुनेछु । –बद्रीप्रसाद उपाध्याय"
असार २४ गते गोरखापत्रमा अर्काे विज्ञापन छापियो– "गोपमा असार २० गतेका मानिस बेपत्ता भन्ने शीर्षक राखी बद्रीप्रसाद उपाध्यायले छपाएको मानिस मै हुँ । म हराएको छैन । न त मेरो मगज नै बिग्रेको छ । विज्ञापनदाताकै मगज ठेगानामा नभएको प्रमाणित गर्दछु ।" –बलराम गड्तौला ।
-Prakriti Adhikari
No comments:
Post a Comment