१०४ बर्षे राणाशासन मात्र निरङ्कुष हो त ? \
----------
"राणाशासन" लाई निरंकुश भन्ने न्यारेसनमा हामी
कति अभ्यस्त भएछौँ भने यो कसरी निरंकुश र केको सापेक्षमा भन्ने प्रश्न नै गर्न
बिर्सेछौँ। त्यसरी सोच्नै सकिएन, सोचिएन। खासमा यो एक प्रकारको सम्मोहन हो, mass
hypnotism. शक्तिको आडमा गरिएको सम्मोहन। जंगबहादुरको उदय
हुनुअगाडि निरंकुशता थिएन? रणबहादुर, सुरेन्द्रको बारेमा जति सुनियो, त्यो शासन पछिल्लो निरंकुशतालाई फिका गर्ने खालको
थियो। सुनिएको पनि फिल्टर भएर र चुहिएर आएका कुरा मात्र थियो। बास्तविकता कति
भयानक, कति दर्दनाक
थियो होला भन्ने अनुमान गर्न सकिन्छ। यस अर्थमा जङ्गबहादुरले नेपाललाई त्यो
अवस्थाबाट मुक्ति दिएका भन्न मिल्छ। वास्तवमा शाह राजाहरूको बहुलठ्ठीपनअनुसार
यिनीहरू धेरै अघि सत्ताच्युत भइसक्नु पर्ने थियो। राणाहरूले यिनीहरूलाई जोगाएर
नेपाली जनताप्रति गरेको घात वास्तविक निरङ्कुशताभन्दा ज्यादा खतरनाक थियो। अर्को
कुरा, राणाहरूको
शासनमा निरंकुशता कहिलेबाट बढ्न थाल्यो भन्ने विश्लेषण हामीले मतलब गरेनौँ। १०४
वर्षको निरंकुशता भन्दै हिँडिरहेका छौँ हामी। हामी शाह राजाहरूले प्रायोजित गरेको
न्यारेसनमा विश्वस्त र अभ्यस्त भयौँ। हामीलाई घोकाइएको इतिहास प्रायोजित इतिहास हो, जसमा कुनै समुहलाई देवत्वकरण गरियो, कुनै समुहलाई राक्षसीकरण। नेपालको इतिहासमा
निरङ्कुशतालाई त्यो १०४ वर्षमा सीमित गर्ने दुष्प्रयास इतिहासको चीरहरण हो। शाह
राजाहरूको शासनकाल "जहानियाँ" होइन? के फरक छ यिनीहरूको शैलीमा? २००७ सालमा प्रजातन्त्र आएन। शासकको केन्द्रविन्दु मात्र फरियो, शासनशैली फेरिएन। त्यसको धङधङी आज पनि ज्युँदै छ, लडखडाउँदै उभिरहेको छ निरंकुशता। हाम्रा नेताहरू
प्रजातान्त्रिक छैनन्। रणबहादुरको प्रेत सक्रिय छ, सुरेन्द्रको प्रेत क्रियायाशील छ। जुद्धशमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र
मरेर पनि ज्युँदै छन्।
No comments:
Post a Comment