न्यायसम्पादनको अनुभव \\
न्यायाधीश पदमै रहेर धेरै बर्ष न्यायसम्पादन गर्नुभएका श्री भोला चौंलागाईजीको अनुभव -
Bhola Chaulagain
एकजना मेरा आफन्तले आफ्नो फेस बुकमा बलात्कार सम्वन्धी कसुरको विषयमा लेख्नु भएको status को सम्बन्धमा मेरो प्रतिकृया यस्तो रह्यो :-
विभिन्न पदिय भुमिकामा रहेर झण्डै चालीस वर्षसम्म नेपालको न्याय क्षेत्रमा मैले काम गर्दाको कार्यानुभवबाट म यो निश्कर्षमा पुगेको छुकी नेपालको फौज्दारी न्याय प्रणाली आजको एकाइसौ सताव्दीको वैग्यानीक र प्रविधिको युगमा पनि फौज्दारी अपराधमा हाम्रो अनुसन्धान प्रणाली तद अनुरुपको भरपर्दो बिश्वासिलो निश्चयात्मक भौतिक प्रमाण सङ्कलनमुखी नभएर उहीँ सिमसिमे राजाको पालाको बयान मुखी र प्रकृयामुखी बाट फट्को , छ्लाङ मार्न सकेको छैन। बल्ल तल्लDNA प्रयोगशालाको व्यवस्था सम्म मुलुकमा भएको छ । प्रहरिमा उजुरी पर्छ प्रहरिले मानिस समाउछ बयान गराउछ ।एक दुई जनाको कागज गराउछ वस अनुसन्धान सकियो । मुद्धा अदालतमा दायर हुन्छ। ठुला ठुला अक्षरले पत्रीकामा कसुरदारको नाम र हुन सक्ने सजाय प्र्सारित गरिन्छ ।तर कसुरदार ठहर हुन मुद्धामा चाहिने प्रमाणिक जराहरु केही हुदैन । अनि अदालत बाट कसुरदारले रिहाइ पाउछ ।त्यस्को दोष अनुसन्धान गर्ने र मुद्धा चलाउने उपर जादैन ।दोष अदालतलाई जान्छ । बलात्कारको (कानुनी भाषामा बलात्कारलाईजवरजस्ती करणी भनिन्छ )मुद्धामा त स्थिती झनै नाजुक मात्रै हैन कहाली लाग्दो छ । महिलाले मलाई अमुक व्यक्तिले जवरजस्तिकरणी गर्यो भने पछि वस पुगि हाल्यो । कसुरदार पुर्पक्षको लागि थुनामा गै हाल्छ ।पछि ब्लाक मेल शुरु हुन्छ , बार्गेनिङ शुरु हुन्छ । कुरा मिल्यो भने अदालतमा उल्टा वकपत्र हुन्छ गराइन्छ ।कुरो मिलेन भने आफुलाई करणी गरेकै हो भनी किटान साथ भन्न लगाइन्छ । करणी हुदा देखिने न कुनैसङ्घर्षाका चिन्ह हुन्छ्न नत स्वास्थ परिक्षणवाट करणी भए गरेको देखिन्छ । न त अरु प्रमाणले आरोप पुष्टि भएको देखिन्छ । महिलाले हो भन्यो भने कसुरदार ठहर हुने । होइन भन्यो भने रिहाइ सफाइ पाउने। अधिकाश (लगभग 90 प्रतिशत) जवरजस्ती करणी मुद्धा यसै गरि टुङिने गरेको कटु यथार्थ हाम्रो सामु छ। रोचक कुरा त के देखिन्छ भने बलात्कारका घटनामा (नावालिक ,सामुहिक बलात्कार र अन्य केही विशेष अबस्थाका वलात्कारका घटना बाहेक) प्राय बयस्क महिला र पुरुष बिच पहिला सहमतिमा करणी ( स .क.) हुन्छ पछि कसैले देख्यो वा थाहा पायो वा कुनै कुरामा विवाद चल्यो भने त्यो स. क.जवरजस्ती करणी ज. क . मा परिणत हुन्छ । दुखको कुरा प्रतिबादी लामो समय जेलमा वसेर पछि मुद्धावाट रिहाई पाई हाल्यो भने न उस्ले क्षेती पुर्ती पाउछ न त उस्को गुमेको सामाजिक ख्याती इज्जत प्रतिष्ठा फर्केर आउँछ ।
- Bhola Chaulagain
No comments:
Post a Comment