दिल्लीमा मोहल्ला-क्लिनिक \
अहिले स्वास्थ्य क्षेत्रमा दिल्ली सरकारको कामको प्रशंसा अन्तर्राष्ट्रिय स्तरबाटै भएको छ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि–मुनले दिल्ली सरकारको ‘मोहल्ला क्लिनिक’ मोडलको खुलेरै प्रशंसा गरेका छन् । दिल्लीभरि मोहल्ला क्लिनिक भनेर १५८ वटा ससाना स्वास्थ्य क्लिनिक चलाइएका छन्, जसमा स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधि निःशुल्क हुन्छ । यस्ता क्लिनिकको संख्या ९०० पुर्याउने दिल्ली सरकारको योजना छ । दिल्लीको मोहल्ला क्लिनिकको मोडल नेपालका सहरी क्षेत्रहरूका लागि अनुकरणीय हुन सक्छ ।
No comments:
Post a Comment