Pages

Saturday, March 19, 2022

 

हनि-ट्र्याप   \  "बलात्कारको आरोप लगाउँछु" भन्दै ब्ल्याकमेलिङ गर्दै।

 

बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि  साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक्राउ गरेको हो ।

प्रहरीले सुर्खेत बीरेन्द्रगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाललाई पक्राउ गरेको हो ।

दुुबैले कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा पुुगेपछि आफैले अश्लिल गतिविधी गरेको र त्यसको भिडियो कल्पनाले खिँचेका थिए ।

५२ वर्षे ती पुुरुषलाई ललिताले सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेर बोलाएकी थिइन् । एकवर्ष देखि चिनजानमा रहेका उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिँचिएको महाशाखाले जनाएको छ ।

दुबैले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकाका विरुद्ध ५ असोजमा जाहेरी दिएका थिए । यही मुद्दामा अदालतले लालसरीलाई साढे तीनवर्ष कैदको सजाय सुनाएको हो ।

यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment