दर्दनाक
हालतमा मुक्तिकोट बस्ति \
बाजुराको
मुक्तिकोट एक त्यस्तो गाउँ हो, जसले
गणतन्त्र नेपालको एउटा तस्बिर बोल्छ । यहाँ आज पनि सुत्केरी आमाहरूले पेटभरि खाना पाउँदैनन्, मिठोमसिनो र पोषिलोको त कुरै छाडौं । भोको आमाको दूध नआएपछि बच्चाको निधन भएका
उदाहरण अनेकन् छन् । असारयता मात्रै १५ बालबालिकाले ज्यान गुमाएका छन् । गाउँमा कुनै घरमा यस्ता आमा भेटिँदैनन्, जसले यही कारण सन्तान नगुमाएका हुन् । एक अध्ययनअनुसार कुपोषणका कारण गाउँमा
९५ प्रतिशत महिला, बालबालिका र किशोर–किशोरी पीडित छन्, र २ सयभन्दा बढी बालबालिका बिरामी ।
गरिबी
र कुपोषणको यो कहालीलाग्दो दुश्चक्रका कारण एकभन्दा बढी सन्तान गुमाउने आमा त्यत्तिकै
छन् । सुत्केरीमा पेटभरि खाना नपाउनेले गर्भवती हुँदा पनि पर्याप्त खाना पाएका
हुँदैनन् । त्यसको दोहोरो दुष्परिणाम, आमा–बच्चा
दुवैको स्वास्थ्य कमजोर हुन्छ । आमाको दूध आउँदैन, बच्चाले चुस्न पनि सक्दैन । यसरी जन्मेको केही दिनमै बच्चाको ज्यान
गएका दृष्टान्त धेरै छन् । यही कारण, दुई–तीन
वर्षका शिशुले पनि ज्यान गुमाएका छन् । २८ वर्षकै उमेरमा चार सन्तान गुमाएको दर्दनाक
व्यथा बोकेर बाँचेका आमा पनि छन् ।
‘निस्तै
भात र रोटा पनि निकोरी खान पाउँदैनौं, काँबाट
दूध आउनू’ भन्ने पीडित आमाहरूको निरीहताबाटै थाहा हुन्छ, स्थिति कति दारुण छ । गर्भवतीसमेत कुपोषणबाट ग्रस्त हुँदा प्राकृतिक
रूपमै गर्भपतन हुने समस्या अझ चर्को छ । साबिकको साप्पाटा गाविस–९ मा पर्ने गैरा, मेला, नाउला, खोली, चुइँकेडाँडा, माझवाडा, खोलासा, भैइसाखाली, काडेडिल, मुक्तिकोट र रल्क्या टोलमा ३ सय ९४ बढी दलित परिवारको
बसोबास छ । खानेकुरा अभावमा उनीहरूले आफू बाँच्न र सन्तानलाई बचाउन संघर्ष गरिरहनुपरेको
छ ।
यसै
त बाजुरा मानव विकास सूचकांकको पुछारमा छ, २०६८
को जनगणनाअनुसार ६४.१ प्रतिशत जिल्लावासी गरिबीको रेखामुनि छन् । मुक्तिकोट रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा
हरेक चारमध्ये तीन जना गरिबीको रेखामुनि छन् ।
बिहीवार, मार्च 24, 2022
No comments:
Post a Comment