तीन घर परको दोकान बाट एक बोरा चामल बोकेर ल्याउन लाज मान्ने teenager हप्ता दिन बोलेको भरमा कुनै घर ठेगाना पनि थाहा नभएको व्यक्ति सित nude call गर्न चाहिँ लाज मान्दैनन्। महिनै पिच्छे यी दुनियाँ थरी काण्ड किन आउँछन् थाहा छ? सयमा एक दुई घटना बाहिर आउँछन् भन्ने मापदण्ड मान्ने हो भने युवा पुस्ता कति कुहिँदै छ? समाज कता जाँदै छ?
पश्चिमा देशमा सबै भन्दा यौन को विषयमा खुला भएको अमेरिका भनेर मानीन्छ, प्रायले १८ नपुग्दै कैयौ यौन अनुभव लिईसकेका हुन्छ्न्। त्यत्रो खुलापन, त्यति धेरै वेश्यालयका बावजुत संसारकै बढी बलात्कार र suicide दर फेरि त्यही छ। विवाह इतर र पहिले नै यौन सम्बन्ध हुने देशमा divorce दस गुणा भन्दा बढी छ। पूर्वीय सभ्यताका देशमा परिवार यति मजबूत किन छ या थियो थाहा छ?
खास गरी महिला हरूले बुझ्नु पर्ने कुरा यो छ कि विवाह इतर र शास्त्रीय मत विपरीत पनि यौन सम्बन्ध बनाउन पाउने भएपछि यो महङ्गीमा परिवारकाे जिम्मेवारी लिन पुरुष लाई बोझ लाग्छ, "थरी थरी स्वाद पाउने भएपछि सधैं दालभात किन" भन्ने सोच आउँछ। अनि जब सानो कुराको निहुँमा डिभोर्स हुन्छ, सबै बच्चाको बोझ महिला एक्लै माथी पर्न जान्छ। अदालतले पनि आमा सित बस्नु राम्रो भन्छ सन्तान लाई, अनि सन्तान पनि प्राय सबै आमा सितै बस्न खोज्छन्। पश्चिमा देशमा single mother हरुको तथ्याङ्क र तिनको दयनिय हालत हेर्नुहोस्।
पछिल्लो समय आफ्नो छाडापन लाई प्रेम को लेप दिने कुचेष्टा बढ्नाले गर्दा एउटा बाघ, भालू, सिंह मा हुने जति नैतिकता र प्राकृतिक नियमको सम्मान पनि देखिँदैन। "Sex भनेको भात खाए जस्तो हो" भन्ने दर्जनौं teenager को बोली मैले प्रत्यक्ष्य सुनेको छु। अहिले पूर्वीय समाजमा पनि divorce एकदम बढ्न थालेका छन् । किन? ढिलो विवाह हुने, सबै कुरा आफ्नै खुट्टामा सम्पन्न हुनुपर्ने, विवाह नगरी पनि यौन सुख सामान्य हुँदै गएपछि सन्तानको जिम्मा लिएर एउटै लोग्ने या स्वास्नीको किचकिच सहेर काे बसोस्?
यसले पश्चिमा देशमा जस्तै परिवार काे सम्बन्ध एकदम कमजोर बन्ने, बाउ आमा लाई पैसा नै सबैथोक लाग्ने, divorce भएपछि बच्चा बच्चि एक्ली आमाले हुर्काउन नसक्ने भएकोले एक दुई वर्ष नहुँदै foster home मा पुग्ने, अनि तिनै बच्चा माया र स्नेह नपाएको, सहयोग गर्ने कोही आफन्त नहुने, साथै कसैबाट आर्थिक सहयोग नहुने हुनाले अधिकांस वयस्क जीवनमा घरी घरी जेल जाँदै आउँदै हुने क्रम हुन्छ। अनि तिनले बाउआमा बनेपछि पनि सन्तानलाई त्यति माया गर्दैनन् , जति गर्नुपर्छ।
किनकी आफ्ना बाउ आमा बाट देखेको भोगेको भए पो उसले पनि त्याग गर्छ सन्तान का लागि, बरु उल्टो "मैले जति कसले गर्छ होला? खान बस्न दिएको छु सित्तिमा, नत्र अहिले foster care मा हुनुपर्थ्यो तिमीहरू" भनेर धम्की दिन थाल्छ। साथै जेल जाने आउने क्रम भई राख्नाले तिनको परिवारमा सधैं तनाव हुन्छ। अलिकति अफ्ठ्यारो पर्यो की अरु सित लड्ने, चोरी गर्ने tendency हुँदो रहेछ। अनि तिनका सन्तान त्यही चक्र बाट गुज्रिन्छन् जुन तिनीहरू स्वयं बच्चा हुँदा गुज्रिएका थिए। यो चक्र भयावह छ। Foster home बाट सुरु भएको बच्चा बुढेसकाल मा पनि foster care मै पुगेर मर्छन्।
अहिले त अमेरिका तिर ९-१० वर्ष देखि नै यौन सम्बन्ध राख्ने हुनाले कानुनी हद नै १६ देखि घटाएर १२ तिर झार्नु पर्ने भनेर छल्फल चल्न थालेका छन्। झण्डै एक तिहाई teenager ले २० वर्ष नपुग्दै बच्चा पाउने, अनि career नहुने, कमाई गर्न समय लाग्ने भएकोले ती बच्चा प्राय सबै अनाथ आश्रम पुग्छन्। जो सित जे पनि गर्ने बानी भएपछि मुख, जिब्रो, छाला सम्बन्धी सरुवा रोग, यौन रोग सर्ने क्रम कति हो कति! पश्चिमका विभिन्न मुलुकमा झण्डै २०-४०% जनसख्या लाई आफ्नो बाउको नाम नै थाहा नहुने या जिन्दगीमा एक पटक मात्रै भेटेको अनुभव हुने गरेको कुरा तथ्याङ्क ले देखाएका छन्। अनि कुल गोत्र केही थाहा नहुने, थर मनपरी फेर्न पाउने भएपछि र बाउको पनि तीन चार divorce, आमाको पनि ३-४ डिभोर्स भएको हुने भएपछि केही वर्ष नहुँदै एउटै बाउका सन्तान ( आमा फरक भएका दाजु बहिनी) बीच विवाह भई सन्तान जन्मिने गरेका हजारौ उदाहरण छन्। यो न त genetic हिसाबले ठीक छ, न त सामाजिक नैतिकता को हिसाबले।
१८ वर्ष नपुग्दै बेग्ला बेग्लै एक दर्जन मान्छे सित सुत्नु जायज मानिने, सन्तान पनि जन्माउन पाउने तर त्यही मानिस सित बिहे गर्न चाँही नपाउने भन्ने अहिले पश्चिमा नियम छ। हाम्रो समाज अब जाँदै गरेको पनि त्यही हो। के यसलाई पुष्टि गर्ने कुनै health science काे आधार छ? के यो कुनै कोण बाट नैतिकवान छ? समय मै चेतौं। अन्यथा यसले एकदिन मानव सभ्यता नै रोगी र रुग्ण हरुको जमात बनाउने छ।
हिजो आज छाडापन promote गरेपछि, मसालेदार scene या कथा राखेपछि फिल्म चल्छ, उपन्यास बिक्छ भन्ने मानसिकता बढ्नाले समाज धेरै पतित भइसकेको छ। आजका भुरभुरी राम लाई आदर्श मान्दैनन्, रोनाल्डो, शाहरुख खान र पल शाह लाई आदर्श मान्छन। बुद्धका उपदेश केही पढेका हुँदैनन् तर Johnny sins का हरेक category का पोर्न हेर्न भ्याइसकेका हुन्छन्।
" मैले प्रेम गरेकी हूँ, कुनै पाप होइन। प्रेम गरेपछि ती अन्य सबै कुरा मेरो पनि भयो, जुन हरेक प्रेमी बीच हुन्छ। तर मेरो प्रेमी नै मेरै आमाको कोख बाट जन्मेको मान्छे पर्यो त के यो मेरो दोष हो?" यस्तो भनाइ तपाईं आफ्नी छोरी या नातिनिको मुख बाट सुन्न चाहनु हुन्छ? होइन भने बुझ्नुहोस् नैतिकता अरूको लागि होइन, तपाईं र तपाई कै सन्तानको लागि हो।
जय पशुपतिनाथ!!
No comments:
Post a Comment