बालकृष्ण ढुङ्गेलको आक्रोश \
Shared with Public
बालकृष्ण ढुङ्गेलको यो आक्रोश \ Binod Neupane मार्फत् -
‘हिजो हामी गणतन्त्रका लागि युद्ध लडिरहँदा चुनजुम्रा मारेर बस्नेहरु
अहिले सत्तामा पुगेका छन्, सिंहदरबारदेखि शीतलनिवाससम्म उनीहरु नै
छन् । अनि हामी गणतन्त्रवादीहरुचाहिँ तिनका लागि जेल गइदिनुपर्ने ?’ बालकृष्ण
ढुङ्गेलले आक्रोश पोखे ।
‘तर, तपाईले उज्जन श्रेष्ठ भुवनको हत्या गरेको होइन ? मान्छे
मारेपछि त जेल जानै पर्यो नि हैन र ?’ पत्रकारको यो प्रश्नमा ढुङ्गेल अझै तात्तिए- ‘जनयुद्धमा मान्छे मारिएकै हुन्, हामीले
पनि मार्यौं, सत्ता पक्षले पनि मार्यो ।’
ढुंगेलले अगाडि भने- ‘प्रचण्ड अहिले प्रहरीको गाडी अघि-पछि लगाएर साइरन
बजाउँदै, सुतेका मान्छेलाई ब्युँझाउँदै हिँडिरहेका छन्, अनि बालकृष्ण ढुंगेलले
चाहिँ जेल गइदिनुपर्ने ? बाबुराम र मोहन वैद्यले जेल जानु नपर्ने,
मैले
मात्रै किन ? शक्ति बस्नेतलाई गृहमन्त्री बनाउन म जेल गइदिनुपर्ने ? यो कसरी
न्यायसंगत हुन्छ ?’
आफ्नो पार्टीका नेताहरुको नाम लिँदालिँदै ढुंगेल देउवातिर खनिए । उनले
भने- ‘त्यसबेला हाम्रो टाउको लिएर आउन निर्णय गर्ने शेरबहादुर देउवा जेल जानुपर्दैन
? नेपालको संविधानमा कहाँनेर लेखिएको थियो कि सरकारले टाउको ल्याउनेलाई
पुरस्कारको घोषणा गर्न पाइन्छ ? बालकृष्ण ढुंगेलले जेल जानुपर्छ भने देउवाले
पर्दैन ? त्यसबेलाका गृहमन्त्री वामदेवहरुले जेल जानुपर्दैन ?’
जनआन्दोलनका बेला जनतामाथि गोली चलाउने दूर्जकुमार राई यतिबेला सशस्त्र
प्रहरीको कमाण्डर बनेको ढुंगेलले बताए ।
यति भनिसकेर ढुंगेलले नेपाली सेनाका कुमार लामाको नाम लिए । सेनाले त्यसबेला
सरकारको आदेश पालना गरेर मान्छे मारेको ढुंगेलले बताए । ‘टाउको ल्याउन आदेश दिनेहरुचाँहि
सत्तामा हालीमुहाली गरिरहेका छन्, कर्णेल कुमार लामालाई जेल हालिएको छ,
‘ढुंगेलले
अनलाइनखबरसँग भने- "म त भन्छु,
आदेशको
पालना गर्ने लामालाई अन्याय भइरहेको छ ।"
Ananda Ram Paudel \ April
27, 2016.
No comments:
Post a Comment