स्त्रीयाचरित्रम्
-आनन्दराम
पौडेल
अस्ट्रेलियाबाट फर्केदेखि अर्जुन राना अलि
गम्भीर छन्। अर्जुन रानाले पूर्वीय र पश्चिमा सभ्यताको तुलनात्मक अध्ययन गहीरोसँग गरेका
छन्। पोहोरसाल मात्र क्यानाडाको युनिभर्सिटीले पूर्व र पश्चिमको पारिवारिक संरचना तथा
जीवनशैलिको बिषयमा गरेको अध्ययनको निस्कर्ष, अर्जुन
रानाले बडो उत्साहका साथ सबैलाइ सुनाइरहेका थिए। क्यानाडाको अध्ययन-निस्कर्ष अनुसार
हजुरबुबा-हजुरआमादेखि नातीसम्मको तीनपुस्ता सँगै बस्ने र सँगै खाने जीवनशैलिलाइ नै
उत्कृष्ट मानेको निस्कर्ष सुनाउँदा उनको अनुहारमा चमक देखिन्थ्यो।
ब्यापार-ब्युजिनेशको
कामले गर्दा हालसालै उनी अस्ट्रेलियाको सिड्नी, मेलबर्न
र पर्थ गएर आए। जहाँ जाँदापनि ट्याक्सी-ड्राइभरले यस्तो जानकारी दिन्थ्यो कि ड्राइभरले
दिने त्यही जानकारीले अर्जुन रानाको मथिङ्गल रिङ्गायो मात्र हैन भित्रभित्रै हुँडलिरह्यो।
पेसेञ्जर
नेपाली हो भन्ने जान्नासाथ ड्राइभरले नेपाली युवतीहरूकै बिषयमा जानकारी दिन्थ्यो। उस्को
आफ्नै मोवाइलमा वेबसाइटसाइटहरू खोलेर देखाउँथ्यो। वेबसाइटहरू - लोकाण्टो डट कम डट एयु
; फरएभर १९ डट कम डट एयु वेबसाइटहरू
हुन्थे। वेबसाइटमा डिटेल बिवरणहरू हुन्थ्यो। “२० बर्षदेखि २५ बर्षका नेपाली युवतीहरू
छन्; पूरा यौनसन्तुष्टी दिन्छिन्। उच्छुक पुरुषले
दिइएको ह्वाट्सएप-नम्बरमा सम्पर्क गर्नुहोला। आधा घण्टाको लागि १५० डलर, एक घण्टाको लागि २५० डलर, दुई घण्टाको लागि ४०० डलर लाग्ने छ। आफूले चाहेको
स्थानमा लग्नेभए घण्टाको ३५० डलर लाग्ने छ तर आधा रकम डिपोजिट गर्नुपर्ने छ” जस्ता
बिवरणहरू खुलाइएका हुन्थे। यहाँबाट पढ्न भनेर अष्ट्रेलिया गएका नेपाली युवतीहरू यो
धन्दामा लिप्त रहेको पाइएपछि अर्जुन राना रन्थनिएका रहेछन्।
मनको
बह पोख्नको लागि अर्जुन रानाले सर्वप्रथम नारीवादी अभियन्ता सावित्री सुवेदीलाई खोजेछन्।
सावित्री सुवेदीलाइ नभेटेपछि सावित्री सुवेदीकै सह-अभियन्तालाइ भेटेछन् र यो ब्यथा
बिसाएछन्। तर ती नारीवादी अभियन्ताले जे भनिन् त्यस्ले अर्जुन रानाभित्र ९ रेक्टियर-स्केलको
भूकम्प गएछ। उनले भनिछन् – “ए दाज्यु ! कुन दुनिञामा हुनुहुन्छ तपाईं ? आजकाल यो सामान्य भैसक्यो – भेरी कमन” भन्दै हाँसोको अट्टहाँस पो छेडिछन्।
शनिवार, अप्रिल 30, 2022
No comments:
Post a Comment