पृथ्बीलोकको भविष्य \
(अकिञ्चनको आत्मालाप)
-आनन्दराम पौडेल
धेरै नै भयो,
अकिञ्चनको मनमस्तिष्कमा एउटै कुरो खेलिरहन्छ।
‘यो पृथ्बीलोकको भविष्य के होला ?’ भन्ने चिन्ताले एकोहोरो सताइरहन्छ। हिजो अलि धेरै
काम परेकोले र त्यस्माथि पानी आउने दिन भएकोले पानी भर्ने लडाईंले गर्दा उ बढी नै थाकेको
थियो। थाकेको हुनाले होला,
बिछ्यौनामा पल्टिनासाथ गहीरो निन्द्रामा
पुग्यो।
निन्द्रालोकमै
उस्को Paul Dienach सँग भेट भयो। Paul Dienach स्विट्जरल्याण्डका शिक्षक रहेछन्।
Paul Dienach
ले भने - “तपाईंले पृथ्बीलोकको भविष्यको बिषयमा धेरै चिन्ता
लिनुभएकोले तपाईंसँग भेट गर्न आएको हुँ। पृथ्बीलोकको भविष्य तपाईंलाइ छर्लङ्गै बताउँछु;
ध्यानदिएर
सुन्नुहोस्।”
Paul Dienach
ले भन्दैगए – “वर्तमान कालखण्डको केही बर्ष
अर्थात् सन २३०० सम्म यो पृथ्बीलोकबासीले दुःखकष्ट पाउनेछन्। आर्थिक-सामाजिक समस्या
विकराल हुनेछ। जनसंख्या वृद्धि थामिनसक्नु हुनेछ। २३०९ मा विश्वयुद्ध हुनेछ। संसार
ध्वस्त हुनेछ। थोरै मानिस बच्नेछन्। ती बचेका मानिसले जुन संसार निर्माण गर्नेछन्, त्योभने अभुतपूर्व हुनेछ। देशहरू मर्ज हुँदैजानेछन्
र यो पृथ्बीलोकको सञ्चालन एकैठाउँबाट हुनेछ। तिनीहरूले सन २३९६ सम्ममा नयाँ सरकार बनाउने
छन्। सरकार सञ्चालन गर्न बैज्ञानिक नै हुनुपर्ने छ।
सन २६००
सम्ममा सबैजना प्राकृतिक संसाधनको प्रयोग गर्न शिपालु भैसक्नेछन्। डीएनए परिवर्तन गर्न
सक्नेछन्। आध्यात्मिक चेतना उच्चतम हुनेछ।
२४००
बाट साइबरआक्रमणको कहर झेल्नुपर्ने छ। सन ३४०० मा साइबरआक्रमण हुनैनसक्ने विधिको विकास
हुनेछ।
ग्राभिटिलाइ जितेर ब्यवहारिक प्रविधिको
विकास गर्नेछन्। स्पेस प्रविधिको सर्वोच्च विकास हुनेछ। सडकमा गाडीहरू गुडिरहेका हुने
छैनन्, गाडीहरु उडिरहेका हुनेछन्। स्पेससीपमा बसेर
पूरै ब्रह्माण्डको यात्रा सहजै गर्नसक्नेछन्। अमेरिका गएर आएजस्तोगरि मङ्गलग्रहमा आवतजावत
भैरहेको हुनेछ। मङ्गलको आधा भागमा कोलोनि बनाउँनेछन्। सूर्यको कोरमा के छ भन्ने पत्तालगाइसक्ने
छन्
इलेक्ट्रोम्याग्नेटबाट बिद्युत प्रशारण
हुने भएकोले तारको आवश्यकता पर्नेछैन। इनर्जिको नया स्रोत पत्तालगाउने छन् जस्लाइ थर्मोडाइनामिक
भनिने छ। इनर्जिको पुनर्उत्पादन हुनेछ। जुन अहिले हामी स्पिरिच्युअल इनर्जि भन्छौं, त्यसैको विकसित रुप हुनेछ।
३९०० सम्ममा हाइपर भिजनको विकास भैसक्ने
छ। त्यसबेलाका मानिसले आफ्नो चेतनाको अन्वेषण गर्नसक्ने छन्। दिमागमा सोच्नासाथ सम्प्रेषण
भैहाल्ने हुनाले बोलिरहन पर्ने छैन। मैले के सोचिरहेको छु अर्कोले सहजै बुझिसक्ने छ।
बोल्नुनपर्ने भएकोले भाषाको आवश्यकता पर्ने छैन।
गोप्य भन्ने केहीपनि रहने छैन। गोप्य केही नहुने
भएकोले षडयन्त्र हुने छैन। षडयन्त्र नहुने भएकोले डर रहने छैन र युद्धको सम्भावना पनि
रहने छैन। अपराध नहुने भएकोले पुलिसको आवश्यकता पर्नेछैन। रुपैयाँ, पैसा हुने छैन।
बिरामीलाइ उपचार गर्दा औषधिको प्रयोग हुने
छैन। अस्पतालमा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मि हुने छैनन्। औषधिउपचार
पूरै मेशिनले गर्ने छ। प्रकाशजस्ता मेशिन हुनेछन्। त्यसबेलाका मानिस शाकाहारी हुनेछन्।
प्रविधि
र चेतनाको उच्चतम विकास भैसक्नेहुनाले त्यसबेलाको जनजीवन उन्नत हुनेछ।”
बिदा
हुनुअघि जाँदाजाँदै Paul
Dienach ले
एउटा टिप्स पनि दिनभ्याए - “मानवलोकको यो
भविष्यगाथा गम्भीर ब्यक्तिलाइ मात्र सुनाउनुहोला। अधिकांश सबै भूईंफुट्टा टपर्टुईञाहरू
छन्। तिनीहरूले बुझ्दैनन्; उल्टै खिसिट्युरी गर्नेछन्।”
Paul Dienach
ले यति बताइसक्दा अकिञ्चन सन्तुष्ट भैसकेको
थियो। अकिञ्चन सन्तुष्ट भएको देखेर Paul Dienach विदा भए।
Monday, May 16, 2022
No comments:
Post a Comment