Pieces \
प्रतिनिधिसभा
सदस्य रेणुका गुरुङले भन्नुभयो -"हामी त माननीय पो ह्वौं त ! तर, कसैले मानेको पनि छ र कतिपयले नमानेको पनि छ। कतिपय
कर्मचारीले नमस्कार नै गर्दैनन्।"
बारबर्दिया
नपा-६, बर्दियाबाट ९ बर्षीय भूवनेश्वर सुनार, १० बर्षीय भीमबहादुर सुनार, १० बर्षीय समीर सुनार र १२ बर्षीय वीराज सुनार संस्कृत
पढ्न र कर्मकाण्डपद्धति सिक्नका लागि भनेर सङ्खमूल स्थित जगदगुरु आदर्श संस्कृत गुरुकुल
आए। उनीहरुलाइ भर्ना लिने भनेर भर्नाप्रकृया अघि बढाइयो। मुण्डन र ब्रतबन्ध समेत् गरियो।
जब उनीहरू दलित हुन् भन्ने थाहा भयो, यो थाहा
पाउनासाथ उनीहरूलाइ निकालियो।
"अनि अग्रगामीचाहीं को रहेछ ?" हेटौंडा नवलपुरकी नानीले सोधिन्।
"जस्ले हचुवामै र होलसेलमै 'वैदिक सनातनी धर्म र वैदिक सभ्यता खराब हो' भन्छ। 'बाहुन, क्षेत्री र दशनामी जातमा जन्मनु अपराध हो' भन्छ र 'ती जातमा
जन्मेकालाई राज्यले सबै अवसरबाट बञ्चित गर्नुपर्छ' भन्छ। बात-बातमा 'पितृसत्ता' भनिरहन्छ र पुरुषजति सबै निकृष्ट हुन् भन्छ; तिनीहरू आधुनिक र अग्रगामी हुन्।" अकिञ्चनले छर्लङ्ग पारिदियो।
शहर
बिस्तार भैरहेछ, महलहरू अग्लिंदैछन् तर कपडा छोटिंदैछ।
अन्तर्राष्ट्रिय
लेभलकै उच्च गुणस्तरीय मेडिकल कलेजहरू तथा आइटी कलेजहरू होउन्। गुणस्तरमा निरन्तर निगरानि होस्; कम्प्रोमाइज नहोस्। शुल्क कम होस्। विदेशी बिद्यार्थीको
ओइरो लाग्छ र सँगसँगै विदेशी मुद्रा भित्रिन्छ।
भक्तपुर
नगरपालिकाले १६ लाखमै एमबीबीएस पढाउनलागेको थियो; किन रोकेको ?
No comments:
Post a Comment