न्यायको नमूना \
प्रेरक प्रसंग
जूनुबी नाम गरेका एकजना बालकलाई एउटा डिपार्टमेन्टल स्टोरबाट केहि सामान चोरी गरेको अभियोगमा अमेरिकाको एक अदालतमा उपस्थित गराइँयो।
चोरी मुद्दामाथि अदालतमा बहस हुँदै गर्दा न्यायधीशले ती बालकसँग प्रश्न गरे- "के तिमीले साँच्चै स्टोरबाट सामान चोरी गरेका हौ?"
बालकले भन्यो- " हो मैले चोरी गरेको हो,एक प्याकेट ब्रेड र एक प्याकेट पनिर।"
न्यायधीशले प्रतिप्रश्न गरे- "किन चोर्यौ?"
बालकले भन्यो- "मलाई आवश्यक थियो।"
न्यायधीशले फेरि सोध्यो- "किन्नु पर्ने थियो नि?"
उक्त बालकले भन्यो- "मसँग पैसा थिएन।"
न्यायधीशले फेरि सोध्यो- "अन्त घरमा माग्नु पर्ने थियो नि त!"
बालकले जवाब दियो- "घरमा मेरी आमा र म मात्र बस्छौ, आमा बिरामी हुनुहुन्छ,काम गर्ने अवस्थामा हुनुहुन्न। म एउटा मोटर वर्कशपमा काम गर्थे र आमालाई खुवाउँथे। तर आमाको स्वास्थ्य बिग्रँदै गयो,आमाको हेरबिचार गर्नको लागी मैले मालिकसँग छुट्टी मागे,तर उसले मलाई कामबाट नै निकालिदियो।"
न्यायधीशले भने- "तिमीले अरुसँग मागेर ब्रेड किन्नु पर्थ्यो नी?"
बालकलेभन्यो-"मैले बिहानै देखि ब्रेड चोरी गर्नुभन्दा अगाड़ीसम्म करिब ५० जना मानिससँग पैसाको लागी सड़कमा उभिएर हात थापे तर कसैले सहयोग गरेन। अन्तमा बिरामी आमाको भोक मेट्नको लागी म विवश भएर,लाचार भएर चोरी गर्न पुगे।"
यसरी सम्पुर्ण जिरह बाद प्रतिवाद सकियो। तब न्यायधीशले आफ्नो फैसला सुनाउँन शुरु गरे! उनले भने- "बालकको यस अपराधको निमित्त हामी सबै जिम्मेवार छौ, अपराधी हामी हौ बालक होइन! त्यसैले सुनुवाईको क्रममा यस अदालतको बेन्चमा उपस्थित म लगायत तपाईहरु प्रत्येक ब्याक्तीले १० डलरको दरले जरिमाना तिर्नु पर्ने हुन्छ र सो रकम अभियोग लागेका बालक जूनुबीलाई दिने आदेश जारी गर्दछु।"
न्यायधीशले थपे-"कुनै पनि शासन व्यवस्थामा जनताले खान पाउँने र औषधी उपचार पाउँने अधिकारको व्यवस्था हुन पर्दछ। त्यसमा सरकारको र समाजको सक्षम मानिसको पनि जिम्मेवारी हुन्छ!"
No comments:
Post a Comment