करणिको अनुमति \
-आनन्दराम पौडेल
असार
१० गते शुक्रबारको दिन थियो। झरी थामिएर आकास उघ्रिएकोले सोलुखुम्बुमा त्यो दिन घमाइलो, रमाइलो थियो। जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाह
बरण्डामा कुर्सी राखेर बसेका थिए। बिहान १० बजेको समय थियो। एउटी २४-२५ बर्षकी देखिने
युवती सरासर आइन् र डीएसपीलाइ नमस्कार गरिन्।
“के कामले
आउनुभएको हो ?” कुर्सीमा बस्न अनुरोध गर्दै डीएसपीले सोधे।
“म आफ्नै
पतिको विरुद्ध उजुर गर्न आएकी हुँ।” कुर्सीमा बस्दै युवतीले भनिन्।
“के गरे
तपाईंका पतिले ?”
“बेलुका कामबाट घर फर्केपछि जहिलेपनि करणि गर्न खोज्छन्। आलटाल गर्यो र
आनाकानि गर्योभने रिसाउँछन्।”
“पिट्पाट्
पनि गर्छन् कि ?”
“पिट्पाट्
त गर्दैनन् तर तैंले करणि गर्न दिन्नसभने बाहिर-बाहिर अर्कैसँग सम्बन्ध बनाउँछु भनेर
घुर्क्याउँछन् र धम्क्याउँछन् पनि।”
युवतीले सबै बताइन्।
“तपाईंको
पतिले के काम गर्छन् ?”
“मेडिया
चलाउँछन्। क्रिएशन नेपालका सञ्चालक पनि हुन्।”
“कुन
उमेरका छन् ?”
“२६ बर्षका छन्।”
“तपाईंको पतिको नाम के हो ?”
“उनको नाम विजयराज छिनाल हो तर सबैले अनुज खँड्का
भन्छन्।”
“तपाईंहरुको घर कहाँ हो ?”
“घर त गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ मा हो
तर हामी यहीं सल्लेरीमै बस्छौं।” युवतीले बताइन्।
डीएसपी सुनीलजङ्ग शाह एकछिन सोचमग्न भए। आफ्नै विगत
सम्झे। विगतमा आफूले पनि कर गरेका घटना याद गरे। याद गर्दागर्दै कहाँ पुगेभने मानौं
यी अगाडी उभ्भिएकी युवती नै आफ्नी पत्नी हुन् र अर्कै प्रहरी हाकीमसमक्ष जाहेरी दिंदैछिन्।
झल्याँस्स भए। अगाडी कुर्सीमा बसेकी युवती ट्वाल्ल परिरहेकी थिइन्। हतार-हतार मुद्दा
फाँटका सईलाइ बोलाए र अह्राए।
“यिनको
जाहेरी लिनु। मुद्दा दर्ता गर्नु। अनुज खँड्का भन्ने विजयराज छिनाललाइ पक्राउ गर्नु
र म्याद लिनका लागि भोलि अदालत लैजानु।”
यति
अह्राएपछि ती युवती सईसँगै गइन्। डीएसपीले ती गैरहेकी युवतीतिरै हेरिरहे। हेर्दाहेर्दै
डीएसपीलाइ पुन झझल्को आयो, मानौं सईसँग गैरहेकी ती युवती नै आफ्नै श्रीमति हुन्।
मङ्गलवार, जून 28, 2022
No comments:
Post a Comment