Pages

Sunday, June 19, 2022

 

Tips                   \

 

 

२०४५-०४६ सालको एउटा घटना सम्झिरहेको छु। भारतले नाकाबन्दी लगाएर पेट्रोल, डिजेल, मट्टितेलको हाहाकार थियो। हाम्रा चिनजानका एकजना ब्यवशायी थिए। उनको नाम अलि बिर्सें; नेवार हुन्, नामचाहीं ॐ बाट शुरु हुन्छ जस्तो लागिरहेछ (सायद ओम मास्के हुनुपर्छ)। परासीमा तिनको रक्सीभट्टी पनि थियो। आफ्ना साथीभाईसँग तिनले - "प्रशासनले अवरोध नगर्नेभए फ्युल ल्याउनसक्छु" भनेका थिए । साथीभाईसँग भनेमात्र हैन, प्रशासनले अवरोध गर्दैन भन्ने बुझेरैहोला, तिनले लामै समयसम्म ठूलै परिणाममा डिजेल, पेट्रोल, मट्टितेल ल्याइरहे।

केही बर्षदेखि हामी अकिञ्चनले देखिरहेछौं - सरकारले रासायनिक मल ल्याउन सकिरहेको छैन। ती परासीका ब्यवशायी ओम मास्केले त्यसबेला गरेजस्तै अहिले केही ब्यवशायीले, "प्रशासनले अवरोध नगर्ने होभने हामी ल्याइदिन्छौं" भनिरहेका रहेछन्। भनिरहेका छन् मात्र हैन, अस्ति त ल्याए नै। तर, प्रशासनले - "तैंले चोरबाटोबाट मल ल्याइस्"  भन्दै ठोकिहाल्यो।

 

 

 

 

२०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा महमद आफ्ताव आलमले जिउँदा सग्ला २१ जना नागरिकलाइ जिउँदै ईंटाभट्टाभित्र हालेर खरानी बनाएका थिए। यिनैलाइ मन्त्री बनाउँछु भनेर त्यसबेला माधव नेपाल झन् कस्सिनुभयो। सबैले रोक्दारोक्दै मन्त्री बनाएका थिए।

पर्साकी करीमा बेगमलाइ नचिन्ने को छ र ?  जगत्प्रख्यात (?) करीमा बेगमलाइ मन्त्री बनाउनलाग्दा पनि सबैले रोकेकै हुन् तर माधव नेपालले करीमा बेगम जस्तिलाइ पनि मन्त्री बनाइहाल्नुभयो। यिनी बारामा जानेभइन्। "आउँदै छु" भनेर सिडिओ दुर्गा भण्डारीलाइ फोन गरिछन्। सिडिओले गाडी पठाइदिएछन्। एयरपोर्टबाट सोझै सिडिओअफिसमा गइन् र "नयाँ गाडी खोजेर पठाउनुपर्दैन ?" भन्दै सिडिओलाइ दुई चड्कन हानिदिइन्। माधव नेपालले करीमाकै पक्ष लिए। प्रेम आले पनि माधवकुमार नेपालकै जोडबलमा मन्त्री बनेका हुन्। प्रेम आलेजीले त मन्त्रालय, विभागका पदाधिकारीलाइ मुखैछाडेर सुन्नैनसकिने आमाचकारी गालि गरिरहेका हुन्छन्।

 

२०५८ साल जेठ १९ गते दरबारहत्याकाण्ड हुँदा हामी अकिञ्चनले कराइरह्यौं - "अपराध अनुसन्धानमा माहीरहरू देशभित्रै छन् र विदेशबाट समेत् अपराध अनुसन्धान विज्ञहरू झिकाएर अपराध अनुसन्धान गराइयोस्।" तर, अपराध अनुसन्धान गराइएन।

यी अनुत्तरीत प्रश्नहरू पनि रहे -

(१) त्यो नरसंहार दीपेन्द्रले गरेका थिएभने दीपेन्द्रलाइ कस्ले गोली हान्यो ?

(२) राजा-रानीको हत्या दीपेन्द्रले गरेका थिएभने तत्कालै तिनै हत्यारालाइ राजा बनाउन हुन्थ्यो ?

(३) दरबार हत्याकाण्डको लगत्तै राजा ज्ञानेन्द्रले - "स्वचालित हतियार आफैं पड्कन गई यत्रो नरसंहार भयो" भनिरहनुभएको थियो।

 

हामी अकिञ्चनले बुझ्नसकिरहेका छैनौं। पाकिस्तानमा उहिल्यैदेखि अहमदिया, सिया र हिन्दु विरुद्ध पक्षपात र अत्याचार भैराखेकै छ। इरानमा अजरबैजानी तुर्क, बलोच र कुर्दहरूविरुद्ध राज्यले नै ठाडै अन्याय र पक्षपात गरिराखेकै छ। मानवअधिकारका अन्तर्राष्ट्रिय संस्थाहरू तथा युएनको मानवअधिकार फोरमले त यी बिषय कहिल्यै उठाउँदैनन् त ?

No comments:

Post a Comment