Pages

Tuesday, June 7, 2022

 

सेतु विकको बिषयमा        \

 

Nar Bahadur Pun

भएको यस्तो हो।

दुई दिन अगाडि प्रत्येक  घर बाट एकजना 62/63 को आन्दोलन मा भाग लिन नेपालगन्ज अनिवार्य जानुपर्ने उर्दी गरिएको थियो। त्यो आन्दोलनको दिन माओवादी का सेनाहरु प्रत्येक गाउ गाउमा पसेका थिए। ती माओवादी का सेनाहरुको काम प्रत्येक घर बाट एक जना गए गएनन भन्ने चेक गर्नु थियो। आन्दोलन मा भाग लिन नगएका केही घर मा ती माओवादी का सेनाहरुले कार्वाही पनि गरे

       सोही क्रममा म पनि आन्दोलन मा सरिक भए तर यथार्थमा म गणतन्त्र को कट्टर बिरोधी थिए र अहिले पनि छु।

इतिहास लाई कसैले पनि बाङ्गो बनाउनु हुदैन त्यसैले म प्रत्यक्षदर्शी भएको नाताले मैले जे देखे त्यो भन्नुपर्छ । सेतु बिक को पनि राजनीति संग कुनै लेनादेना थिएन । उनी पनि म जस्तै माओवादी को करकाप र जबर्जस्ती ले गर्दा सो आन्दोलन मा सरिक भएकी नारी  हुन। उनको त्यहा ज्यान गयो त्यसप्रति मेरो भावपुर्ण श्रद्धाञ्जली छ।

      गाउँ गाउँ बाट माओवादी ले जबर्जस्ती पठाएको मान्छे हरुको भिडले नेपालगन्ज सहर मानव सागर मा परिणत भएको थियो। म तत्कालीन ज्ञानेन्द्र चोकको उत्तर तर्फ थिए। मेरो ठिक अपोजिट दक्षिण तर्फ सडकको पेटिमा सेतु बिक बसेकी थिन । वास्तवमा सेतु बिकको स्वास्थ पनि ठिक थिएन। माओवादी ले जबर्जस्ती नगरेको भए सायद उनी त्यो आन्दोलन मा आउने पनि थिएनन।

     ज्ञानेन्द्र चोकमा 7 जना प्रहरी हरु थिए। आन्दोलनकारी हरु चोक मा जम्मा भएपछि ती प्रहरी हरुले चोक छोडी दिए। चोक छोडी दिएको प्रहरी माथी पनि केही अराजक गतिविधि हुनथाले पछि केही राउण्ड हवाइ फाएर गर्दै ती प्रहरी हरु भागे।

      माहोल एकदम शान्त थियो। ज्ञानेन्द्र को शालिक पनि तोडियो। सेतु बिक सडकको पेटिमा अहिले पनि बसिरहेकी थिन। कसैलाइ भ्रम नपरोस म राम्रो संग सेतु बिकलाइ चिन्छु है। किनकी हाम्रो घर एकदम नजिक नजिक हो।

      गणतन्त्र को नेता हरुलाइ यसरी शान्त पुर्वक आन्दोलन गर्नु नै थिएन। दुई चार जना निर्दोष जनता हरुलाइ मार्नु थियो। राज्यको दमन भएको जसरी देखाउनु थियो। त्यसैले एकै क्षणमा षड्यन्त्र गरियो।

मैले राम्रो संग चिन्ने एकजना नेता रिक्सामा माइक फुक्दै आयो। हामिलाइ राज्यले तीन वटा घेरा बनाएर घेरेको छ। हामी सबैको ज्यान खतरामा छ सबै भाग्नुहोस भन्दै माइक मा कराउदै थियो। एकै क्षणमा भागाभाग भयो। सोही भागाभाग मा सडक पेटिमा बसेकी बिमार सेतु बिकको चेपिएर ज्यान गयो।

   वास्तवमा त्यहा कुनै पनि राज्यको सेनाले कुनै पनि घेरा बनाएर आन्दोलनकारी लाई घेरेको थिएन। गणतन्त्रको नेताहरु ले त्यहा राज्यको कुनै पनि प्रतिक्रिया नदेखे पछि शान्त भिडलाइ जानाजान उग्र बनाइएको थियो।

       सेतु बिक को ज्यान को जिम्मा वास्तवमा त्यो माइक फुक्दै सेनाले घेरा हालेको झुठो कुरा गरेर भागाभाग बनाउने मैले चिन्ने त्यो नेताले लिनु पर्छ।  

-नरबहादुरपुन  \ खजुरा गाउँपालिका-४, बाँके।

No comments:

Post a Comment