जातीय
विद्वेषको जहर \
“बाहुन, क्षेत्री र दशनामीलाइ मूल लिष्टबाट हटाएर ‘अन्य’
मा फालिएको छ। आरक्षणबाट बञ्चित गरिएको छ। किन यस्तो पक्षपात गरेको ?”
हेटौंडा, नवलपुरकी नानीले सोधिन्।
“पार्टीका
नेताहरुको मनमा ‘यो जातका सबै शोषक, ठालु
हुन्’ भन्ने लाग्न गयो’रे। यिनीहरुलाइ राज्यले पोषित गरेको होला भनेर अनुमान गरे’रे।”
मैले भनें।
“तपाईं
त दार्चुला, वझाङ, वाजुरा, हुम्ला, मुगु, डोल्पा, रुकुम, रोल्पातिर लामै समय बस्नुभएको थियो। त्यहाँका
बाहुन, क्षेत्री, दशनामीको स्थिति बताउनुहोस् त। राज्यले तिनीहरुलाइ
कत्तिको पोषित गरेको पाउनुभयो ?” नानीले
अलि अँठ्याएरै प्रश्न गरिन्।
“त्यहाँका
जैसीबाहुनहरुको दारुण अवस्था हेर्न नसकेर मेरो मुटु चिरिएको थियो। १० ठाउँमा टालेका
चिथ्रा कपडा, अभावग्रस्त परिवार, कठोर जीवन र टीठलाग्दो अनुहार हेरेर हामी विह्वल
भएका थियौं। ८-१० किलोका भारी त हामी आफैं बोक्थ्यौं। एउटा ५० किलोको भारी थियो। ज्याला
पाइने भएकोले त्यो भारी बोक्न ठकुरीहरु अघि सर्थे। “बाबुसाहेव” भनेर सम्बोधन गर्नुपर्थ्यो।
त्यहाँका बाहुन-क्षेत्रीहरुको दारुण अवस्था सम्झँदा अहिलेपनि द्रवित हुन्छु। तिनीहरुका
बाउबाजे, पितापुर्खाले, “हाम्रो लागि सरकार छ” भन्ने सामान्य अनुभूतिसम्म
गरेका रहेनछन्।” मैले छर्लङ्ग पारें।
“हाम्रा
नेताहरुले यो स्थिति थाहा पाएका छैनन् कि ?”
“किन
थाहा पाउँदैनथे। युएनडीपीको मानव विकास प्रतिवेदन र मानव विकास सूचकाङ्क बर्षेनि प्रकाशित
भैरहेछ। त्यसबाहेक पनि आर्थिक, सामाजिक
सर्वेक्षणका रिपोर्टहरु त्यत्तिकै आइरहेछन्। अरु बेलामा नगएपनि भोट माग्न त यी नेताहरु
जाँदाहुन्। त्यसबेला यो दयनीय हालत आफ्नै आँखाले देखेको हुनुपर्छ।” मैले थप प्रष्ट्याएँ।
“सबै
थाहा पाएरपनि नेताहरुले किन एस्तो घिनलाग्दो फट्याईं गरेका त ?” नानीले अलि आक्रोशित भएर सोधिन्।
“राजनीतिक
स्वार्थपूर्तिको लागि यिनीहरु जेपनि गर्छन्।” मैले छ्याङ्गै पारिदिएँ।
नानी
गम्भीर भइन्। एकपल्ट मलाइ हेरिन्। आक्रोशका भावतरङ्गका रेखाहरु उनको मुहारमा झल्क्यो।
मुठ्ठी कसेर हिंडिन्।
No comments:
Post a Comment