Pages

Wednesday, July 20, 2022

 

वैदेशिक लगानी किन आएन ?       \

 

नेपालमा वैदेशिक लगानी आउन नसक्नुमा मुलुकको क्रेडिट रेटिङ हुन नसक्नु, विनिमय दरमा आउने उचारचढावको जोखिमलाई सम्बोधन गर्न हेजिङको व्यवस्था नहुनु तथा ब्याजदरमा स्थायित्व नहुनुजस्ता कारण प्रमुख रूपमा रहेको देखिन्छन् । यसबाहेक नीतिगत स्थायित्वको अभाव, जग्गाप्राप्तिमा समस्या र नीतिनिर्माणमा नेपालका उद्योगीहरूले प्रभावित पारी आफ्नो स्वार्थअनुसार काम गराउने प्रवृत्तिले पनि विदेशी लगानीकर्ता लगानीका लागि आकर्षित हुन सकेका छैनन् । स्वदेशी लगानीकर्ता नै उद्योग खोल्नुभन्दा व्यापार गर्न आकर्षित भइरहेको अवस्थामा विदेशी लगानीको अपेक्षा पूरा नहुनु अन्यथा होइन ।

No comments:

Post a Comment