एउटा
लेखकको अन्तर्कुन्तर \
एउटा
सानो रचना पूरा भयो, मानौं एउटा सन्तान पैदा भयो । प्रकाशित
भयो, पाठक रम्यो, लेखक पनि रमायो । कसैले मन पराएन, सुन्दर मानेन या वास्तै गरेन भने पनि आप्mनो रचना आफूलाई प्यारो लाग्छ । अरूले असुन्दर या
विकलांग भनेर तिरस्कार गरेको सन्तानको झनै माया लागेझैं । एउटा भडास थियो, मनमा जो अक्षरमा पोखियो । भित्र कलुष थियो, जुन पखालियो, मनै हलुंगो भयो । हृदयको कचरा सफा भयो, मुक्तिको अनुभव भयो । मनमा असीम प्रसन्नता या दर्द थियो, जो बाँडियो । एउटा कसैले नअह्राएको काम सम्पन्न
गरेजस्तो । एउटा अनियोजित योजनाको लक्ष्य हासिल गरेजस्तो । अनि एउटा अनिमन्त्रित पाहुना
साँझपख टुप्लुक्क प्रकट भएजस्तो ।
लेखन
कर्म लेखक र पाठकबीचको संग्राम रहेछ । पाठकले पूरै पढ्यो भने लेखक विजयी भयो । पाठकमा
पढ्ने भोक जागेन, जिज्ञासा लागेन र तरंगित या मर्माहत भएन
भने लेखकको पराजय भयो ।
लेखक
सधैं स्वतन्त्रतालाई प्रेम गर्छ । ऊ सभ्यताका सबै नियमको पालना गर्ने लकिरको फकिर होइन
। लेखक समाजको अनन्य विद्रोही हो । ऊ निडर हुन्छ । कोठाभित्र बसेरै क्रान्ति ल्याउने
क्षमता राख्छ । ऊ लापर्वाह र बेफिक्री हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पहिलोपल्ट
भेट्न जाँदाको दृश्य’bout
शंकर लामिछाने लेख्छन्, ‘जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा
मेरो मन धकमक गरिरहेको थियो । ‘सुन्दरीजल’ र ‘शाकुन्तल’ महाकाव्य लेख्ने कविको साक्षात्
दर्शन । भ¥याङको हरेक खुड्किला पहाड चढेझैं लागेपछि
२÷२ वटा
गरेर म कोठामा उफ्रेर एक्कासी पुगेँ । देखेँ– कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो
फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अड्याएर उच्च स्वरमा केही एकाग्र
चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूंजस्तो लाग्यो, सायद वहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के
छ अनुहारमा, कालो फुस्रो मुख छ । कपालका रौं आफू खुसी
दश दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप्झ्याप्ती रौं, कालोफुस्रो हातमा मसी–मसी लागेको । यस्तो मानिस
पनि महाकवि ! कोठामा चारैतिर हेरेँ । आँधीझैं हुरी भर्खरै त्यहाँ नाचेर गएझैं हरेक
दिशामा कागज छन् । सायदै कुनै किताब सद्दे होलान् । मसी नघोप्टिएको सुकुलको कुना नराम्रो
देखिन्थ्यो ।’
लेखक
सधैं स्वतन्त्रतालाई प्रेम गर्छ । ऊ सभ्यताका सबै नियमको पालना गर्ने लकिरको फकिर होइन
। लेखक समाजको अनन्य विद्रोही हो । ऊ निडर हुन्छ
लेखक
अर्काको चियोचर्चो गर्नमा खप्पिस हुन्छ । झ्यालबाट देखे सुनेका कुराको बिस्कुन सुकाउँछ
लेखक । सबैका ‘बा’ हुन्छन् तर आप्mनै मात्र
बा भएजस्तो अभिनय गर्छ ऊ । ‘मेरा बा’ लेखेर बा हुने नहुने सबैलाई रुवाउँछ । शब्दको
करामतले एउटा शोकाकुल कवि राष्ट्रकवि बनिदिन्छ । अक्षररूपी आँसुमा पोखिएका शब्द अविनाशी
‘अक्षर’ बनेर अमर हुन्छन् । लेखक आफैं बोक्सी हो, अनि आफैं झाँक्री पनि । ऊ आफंै झगडा गर्छ र आफंै वकिल बनिदिन्छ । लेखक
आफंै चोर्छ र आफंै पुलिस बनेर पक्राउ गर्छ । उसले वनमा गाई चराउने गोठालाको कामोत्तेजना
लेखिदिन्छ । ऊ आप्mनी काल्पनिक राधाको खोजीमा कृष्ण कन्हैयाले
झैं बाँसुरी बजाउँछ । लेखक हुँदै नभएको प्रेमको प्रेमलहरी गाइदिन्छ । लेखकको दुनियाँमा
सर्पले गीत गाउँछ । चितुवाले बाछोलाई दुध चुसाउँछ । ढुंगो नौनीझैं नरम हुन्छ । चराले
महाकाव्य लेख्छ । वानर पहाड बोकेर उड्छ । भालुले डाक्टरी गर्छ र छेपाराले मास्टरी ।
लेखकको एकादेशमा गंगा नदी युवती बनेर प्रकट हुन्छे र मेघ प्रेमीको हुलाकी बनेर जान्छ
दूर देशतिर ।
लेखक
एउटा त्यान्द्रोमा झुन्डिएर लेख्न सुरु गर्छ । सुरु गर्न कठिन छ र बिट मार्न मुस्किल
। एक आदत, एक नशा, एक खुमारी, जो दैनन्दिनको कर्तव्य बनिदिन्छ । आधा रातमा
केही फु¥यो कि जुरुक्क उठिहाल्यो । के मजा लागेको
त्यो ? उदेक गर्छ लेखक । देवकोटाको शब्दमा ऊ ‘शब्दलाई
देख्छ, दृश्यलाई सुन्छ, बास्नालाई स्वाद लिन्छ र आकाशभन्दा पातला कुरालाई
छुन्छ ।’ कठोर शासन र निर्मम समाजले कोमल लेखकलाई चिन्दैन । चेतनाको ज्योति बाल्ने
सुकरातलाई निरंकुश शासकले हेमलक पिलाउँछ । द्रवीत महाकविलाई निष्ठुर ‘बुज्रुक’ले बहुलायो
भनेर राँची पठाउँछ । बाहिर बाहिर वाहवाही कमाए पनि घरका जहानलाई सताउने ‘निकम्मा’ प्राणी
हो लेखक । एक पागलपन, एक लहड जो चुरोटको ठुटोले औंला पोलेको चाल
पाउन्न । लेखकले भात सेलाएको थाहा पाउन्न । ऊ बिहानीमा भाले बासेको मेसो पाउन्न । केही
उतपत्ति गर्दैन ऊ । परन्तु,
उसका खातिर रात पनि छोटो र दिन पनि । कहिल्यै
फुर्सदमा नहुने जीव हो लेखक ।
लेखक
चाल्र्स डिकेन्स बनेर अमानवीय श्रममा लगाइएका बालबालिकाको आँसु पुछिदिन्छ । पुसको ठन्डीमा
हातमा कोदोको बासी रोटी समातेको अर्धनग्न दरिद्र केटालाई चौराहामा उभ्याइदिन्छ ऊ ।
ऊ चेखब बनेर बहादुर गरिब ठिटोको परिचय पस्किदिन्छ । दोस्तोवस्की बनेर अपराध गर्ने मानिसको
मनस्थिति उकेलिदिन्छ । ऊ देवकोटा बनेर मुनाको मदनलाई बाटैमा बिचल्लीमा पार्छ । ऊ पर्ल
एस बक बनेर विश्व असुन्दरी ओलानलाई विश्वसुन्दरीमा परिणत गरिदिन्छ । उसले देशको प्रधानमन्त्रीको
मनमा यो कुरा खेलिरहेछ भनेर ठोकुवा गर्छ । प्रधानमन्त्रीले ‘हैन बाबा मेरो मनमा त्यस्तो
कुरा खेलेको छैन’ भनेर स्पष्टीकरण दिए तापनि कोही मान्न तयार हुँदैन । खतरनाक जीव हो
लेखक ।
लेखकको
व्यक्तित्व उसको लेखनले झल्काउँछ । लेखन एक जीवनशैली हो, व्यवसाय होइन । प्रत्येक मनुष्यमा एउटा लेखक लुकेर
बसेको हुन्छ । किन्तु, आफूभित्रको त्यो लेखकलाई फेला पार्ने सामथ्र्य
थोरैमा मात्र हुन्छ
पूर्ववैदिक
ऋषिहरूले लेखेनन् । उनीहरूको काम सुनेको कुरा घोक्नु र घोकाउनु मात्र थियो । त्यसैले
त वेदलाई श्रुति भनियो । बडो कष्टकर हुँदो हो, त्यो
घोकन्ते वन्यजीवन । महात्मा बुद्ध आजीवन बोलिरहे तर लेखेनन् । उनका उद्गारलाई उनको
निर्वाणपछि मात्र भिक्षुहरूले संस्मरणका आधारमा लिपिबद्ध गरिदिए । सुकरात बोलिरहे तर
लेखेनन् । उनका अनमोल वचनलाई प्लेटोले लेखिदिए । कालीदास कालजयी महाकाव्य लेखेर महाकवि
बने । वाल्मीकि र व्यासले नलेखिदिएको भए पौराणिक साहित्यको भण्डार रित्तो हुने थियो
। वाणभट्ट, भारवी, भर्तृहरि र अश्वघोष आदिले नलेखिदिएको भए संस्कृत साहित्य कंगाल हुन्थ्यो
। अरस्तुले नलेखेको भए आज राजनीति र विज्ञानले शब्दको अनिकाल बेहोर्नुपर्ने थियो ।
भर्जिल, गेटे, मिल्टन र सेक्सपियरजस्ता महाकविको अभावमा युरोपको साहित्य रित्तो हुन्थ्यो
। भोल्टेयर, रुसो, हेगल, नित्से, कार्ल माक्र्स, चाल्र्स
डिकेन्स एवं जे एस मिलजस्ता चिन्तक र दार्शनिक नजन्मेको भए आजको युगले हिँड्ने बाटो
भेट्याउन कठिन हुने थियो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम,
मोतीराम भट्ट, माधवप्रसाद घिमिरे, बीपी, लेखनाथ, ध्रुवचन्द्र, पारिजात, गोपालप्रसाद रिमाल र शंकर लामिछानेहरूले
नलेखेरै जीवन गुजारेको भए नेपाली साहित्यको संसार ताराविहीन आकाशजस्तो हुने थियो ।
संसारका
कुनै पनि लेखकले कसैबाट अनुरोध भएर लेख्न सुरु गरेको होइन । सुरुसुरुमा सबै लेख्दै
लाज मान्दैको अवस्थामा हुन्छन् । सन्तान जन्माउन पनि चाहने र पेट बढेको देखाउन पनि
लाज मान्ने युवतीजस्तै हो नवागन्तुक लेखक । सबैलाई पहिलो रचना प्रकाशित हुँदा लज्जामिश्रित
खुसी लाग्छ । लेख्दै जाँदा सिपालुको ‘डिमान्ड’ बढ्दै जान्छ । कोही किन लेख्न उत्सुक
हुन्छ ? सोखले, शोकले, इष्र्याले, आजीविकाका लागि, आग्रहले, स्वान्त सुखायको भावनाले र लोककल्याणका
खातिर पनि लेखिन्छ । कतिलाई किन लेख्छु भन्ने पनि पत्तो नै हुँदैन, परन्तु लेखिरहन्छन् । हिन्दुस्तानका प्रख्यात लेखक
अज्ञेय भन्दछन्, ‘म लेख्छु, किनकि म जान्न चाहन्छु कि म किन लेख्छु ?’ लेखकले काल्पनिक पात्रको माध्यमबाट वास्तविक संसारको
दर्शन गराउँछ । कसैले नामका खातिर लेख्छ र कसैले दामका खातिर । लेखेरै अमर हुने धेरै
छन् । लेखेरै दाम र नाम दुवै कमाउने पनि प्रशस्त छन् । कोही न नाम कमाउँछन् न त दाम
नै । परन्तु, यो नशाबाट मुक्त हुन असमर्थ उनीहरू लेखिरहन्छन्
। न नाम न दाम, न ‘चार्म’, बबुरो सधैं गुमनाम ! परन्तु लेखिरहन्छ । संसारमा
नदेखीकनै चिनिने पात्र हो लेखक । लेखकको व्यक्तित्व उसको लेखनले झल्काउँछ । लेखन एक
जीवनशैली हो, व्यवसाय होइन । प्रत्येक मनुष्यमा एउटा
लेखक लुकेर बसेको हुन्छ । किन्तु, आफूभित्रको
त्यो लेखकलाई फेला पार्ने सामथ्र्य थोरैमा मात्र हुन्छ ।
अन्त्यमा, प्रसिद्ध अमेरिकी कवि रोबर्ट फ्रस्ट भन्छन्, ‘जुन लेख लेख्ने सिलसिलामा लेखक स्वयं रोएको छैन, त्यो लेख पढेर पाठक पनि रुँदैन । जुन लेख लेखेर
लेखक आफैं आश्चर्यचकित भएको छैन, त्यो
लेख पढेर पाठक पनि आश्चर्यचकित हुँदैन ।
No comments:
Post a Comment