मेडिकल
शिक्षा \
युक्रेनमा
मात्रै बर्सेनि करिब २० हजार भारतीय विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जाने
गर्छन्। अहिले युक्रेनमा युद्ध भएका कारण ती विद्यार्थी नेपाल पनि आउन सक्ने सम्भावना
रहे पनि कुनै तयारी नपुगेको चिकित्सा शिक्षा आयोगका उपसचिव दामोदर फुयाँलले बताए।
यसपटक
भारतबाट आउन सक्ने ठुलो सख्याका एमबिबिएसका विद्यार्थी गुमायौं। यो दुःखद विषय बन्यो।’
उनका
अनुसार बर्सेनि आयोगले कलेजहरूको अनुगमन गर्ने, रिपोर्ट
बुझाउने र सिट निर्धारण गर्ने झन्झटिलो प्रक्रियाका कारण पनि विदेशी विद्यार्थी नेपालमा
मेडिकल अध्ययनका लागि भिœयाउन नसकिएको हो।
‘एकातिर
विदेशी विद्यार्थीको ३२१ सिट खाली रह्यो भने अर्कातर्फ भारतसँग हाम्रो शैक्षिक सत्र
मेल खाने बनाउन नसकेका कारण धेरै विद्यार्थी बंगलादेश र अन्य देशतर्फ लागे,’ उनले भने, ‘किनभने
चैतमा प्रवेश परीक्षा सम्पन्न भएको र चैतमै नतिजा प्रकाशन भएकामध्ये पास हुने विद्यार्थीको
भर्ना तीन महिनामा अर्थात् असारमा हुँदैछ। शुक्रबार भर्नाको अन्तिम दिन हो। भारतको
तुलनामा यो सेसन अलि ढिला हो।’
विराटनगरमा
रहेको विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार भारतबाट यसपटक
धेरै विद्यार्थी एमबिबिएस अध्ययनका लागि नेपाल आउन चाहे पनि भारत र नेपालको समय तालिका
नमिलेकै कारण नेपालले धेरैभन्दा धेरै भारतीय विद्यार्थी नेपाल आउन सकेनन्। उनका अनुसार
उनको कलेजमा ३३ विदेशी विद्यार्थीको सिट रहेकोमा १२ मात्र भर्ना भएका छन्।
‘युक्रेन
जाने २० हजारमध्ये एक हजार पनि विद्यार्थी नेपालमा भित्र्याउन सकेको भए हामी कहाँ एक
हजार करोड रुपियाँ भित्रिन्थ्यो। आजा अष्ट्रेलिया, जापान, बेलायतलगायतका विकसित देशहरूको आर्थिक आम्दानीको
आधारनै शिक्षा हा। विदेशी विद्यार्थी भित्राएर यी देशहरू आर्थिक सक्षम भएका हुन्,’ सञ्चालक कार्कीले भने, ‘नेपालको एमबिबिएस सस्तो र गुणस्तरीय भएकोले भारतीय
विद्यार्थी अध्ययन गर्न आउन ललायित छन्। तर आयोगले फारम खोल्ने, परीक्षा सञ्चालनदेखि भर्नासम्मको प्रक्रिया ढिला
गर्यो। भारतमा बर्सेनि १० लाख विद्यार्थी मेडिकल प्रवेश परीक्षामा पास हुन्छन्। तर
एक लाख ४३ हजारले मात्र पढ्न पाउँछन्।’ राज्यले वातावरण बनाउने हो भने बर्सेनि भारतबाट
२ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्न आउन सक्ने उनको भनाइ छ।
No comments:
Post a Comment