Pages

Thursday, June 30, 2022

 

 

टङ्कप्रसाद आचार्य र डा.केआई सिंह     \

 

 

प्रधानमन्त्री टंकप्रसाद आचार्यको १८ महीने छोटो कार्यकालमा उल्लेख्य कामहरु भए । संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति, योजनावद्ध पञ्चवर्षिय योजनाको शुरुवात, नेपाल राष्ट्र बैङ्कको स्थापना, नपाली मुद्राको प्रचलन, निजामति कर्मचारी आयोग गठन र प्रशासनिक सुधार, पञ्चशीलसिद्धान्तमा आधारित परराष्ट्र नीति, चीन, जापान, सोभियत संघ, स्विटजरल्याण्ड, इजिप्ट र फ्रान्ससँग दौत्यसम्बन्ध स्थापित, चीनसँग् ऐतिहासिक मैत्री सन्धि आदि ।

राजा त्रिभुवनका पालामा भित्र्याइएको भारतीय कर्मचारी गोविन्दनारायण सिंहलाई मन्त्रिपरिषद्को बैठक बस्ने कुरुप प्रचलन प्रचलन प्रम आचार्यले नै खारेज गरे ।  तर उनै टंकप्रसादलाई त्यति बेला उनको नाम उल्टोबाट उच्चारण गरेर 'दसाप्रकट' भनेर बदनाम गरियो । अहिले पनि एकजना आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्न रुचाउने जंगम थरका मानिस टंकप्रसादलाई "दसाप्रकट" भन्दै सामाजिक संजाल र युटुवमा बदनाम गरिरहेका छन् ।

टंकप्रसाद आचार्यको सरकार विघटन पछि डा. केआई सिंहको सरकार बन्यो । नेपाली काँग्रेसबाट विद्रोह गरेका दिल्ली सम्झौताविरोधी डा. सिंह प्रधानमन्त्री बनेको दिल्ल सम्झौता समर्थक काँग्रेसी नेता-कार्यकर्ताहरुलाई पाच्य हुने कुरै भएन । खरो मिजास र भ्रष्टाचार विरोधी डा. सिंह भ्रष्ट नोकरशाह र कालाबजारियाहरुको निसाना बने । अनि सिंहको सरकारविरुद्ध सुनियोजित षडयन्त्र भयो । कालो धन र रक्सीको आहालमा डुबेका कर्मचारीले उनले गठन गरेको 'हिसाब कमिसन' (भ्रष्टाचार छानबीन आयोग) र मन्त्रीको चियाखाजा र भोजमा मदिरा सेवन माथिको प्रतिवन्धको विरोध गरे । डा. सिंहलाई काम गर्नै दिइएन ।

डा. सिंह मन्त्रिमण्डलमा चार जना राँचीबाट फर्केका व्यक्ति (राँची रिटर्न अर्थात आर आर) भन्दै शिक्षामन्त्री महाकवी लक्ष्मीप्रसाद देवकोटासम्मलाई बदनाम गरे । "राँची रिटर्न" (आरआर) भनिएका अन्य मन्त्रीहरु पुरेन्द्रविक्रम शाह, पदमनरसिंह राणा, परशुरामभक्त माथे र जीवराज शर्मा थिए ।

- Ratan Bhandari

No comments:

Post a Comment