कम्युनिष्ट-ढोंग वृतान्त \
विश्व
धनाढ्य मध्येका एक रिलायन्स कम्पनीका उपाध्यक्ष प्रकाश शाह वार्षिक ९० करोड तलब त्यागेर
हालै जैन मुनी बने । विश्व प्रसिद्ध सुटिङ सर्टिङ रेमन्ड कम्पनीलाई शिखरमा पु¥याउने विजयपत सिहानियालाई भने आफ्नै छोराले घरबाट
निकालिदिए । घर र महल फरक हुने रहेछ । भारतका ती दुई घटनाले मान्छेलाई जीवन, सुख र खुसीलाई सोच्न फेरि प्रोत्साहित गरायो । संसारमा धनाढ्यका दुखान्त र लहडी कथा
धेरै छन् । सांसारिक जीवनदेखि प्रकाश शाह किन वैरागिए ! आफैँले बनाएको व्यवसायको साम्राज्यलाई
सडकबाट टुलुटुलु हेर्न सिंहानिया किन बाध्य भए ? दुवै अहिले के सोच्दा हुन् !
युवराजबाट
बुद्ध बनेका लोकायतवादी बुद्धलाई लोकले भगवान् नै बनाइदियो । शक्तिले मैमत्त सम्राट अशोक (देवानप्रिय
अशोक मौर्य ईपू २६९ देखि २३२) कलिंगको युद्धबाट नविरक्तिएको भए न तक्षशीला, नालन्दा, बिक्रमशीला, कन्धारजस्ता २३ विश्वविद्यालय बन्थे, न ८४ हजार बौद्धस्तूपा । सत्य भएर मात्रै पुग्दैन, उत्खनन भइरहनुपर्छ । जर्मन पुरातìवविद् डा. ए. फूहरर सन् १८६६ मा लुम्बिनी
नपुगेको भए लुम्बिनीका अशोक स्तम्भ र शिलालेख धरतीका गर्भमै रहन्थे ।
संसारका
मजदुर एक हौँ तर नेपालका ‘कम्युनिस्ट’ भने अनेक हौँ भन्ने अर्को भिन्नता हो । म र हामी ठीक, अरू संशोधनवादी, अवसरवादी, मध्यपन्थी, विदेशीका दलाल, साम्राज्यवाद र विस्तावादका दलाल, सामन्तवादका
मतियार, पुँजीवादका पिछलग्गु हुन भनेर शुद्धतावादको
रक्षा आधारभूत सर्त बने । गाली गर्न, गाली उमार्न नसक्ने ‘कम्युनिस्ट’ हुनै सकेन । भौतिकवादी शरीर लतारेर घण्ट बजाउनु पर्ने, साम्राज्यवाद मूर्दावाद भन्दै उस्कै तमसुकमा ल्याप्चे
ठोक्न पर्ने, युद्ध मूर्दावाद भन्दै युद्धपिपासुलाई सलाम
ठोक्नुपर्ने द्वैध चरित्रमा चौबाटोमा निर्वस्त्र उभिनुप¥यो ।
जनताबीच
जान सिंहदरबारको होइन सडकको बाटो हिँड्नु पथ्र्यो । जब शक्ति गुम्छ, पुराना सम्झनाले सताउँछ, चिहानका चित्कारले शहीदले तर्साउँछन, सपनाले खेद्छ, आफैँले लेखेका र घोकेका पुस्तकले तर्साउँछ, बिर्सन खोज्दा पनि बिर्सिन नसकेका घटना र पात्रले
खेद्छन् तब सडकको बाटो, चकमन्न रातका यात्रा सम्झनामा अक्षरले टोक्न
थाल्छ । तब चल्छन्–मनमा बह, बहन्छ–
आँधी हुरी, चिर्थोन थाल्छ– मानवताले । तब फेरि सुरु हुन्छन्– ‘कम्युनिस्ट’ का
दुःख ।
आफैँले
कोरेका भित्ताका अक्षर, कुर्लेका नारा, छरेका पर्चा, बसेका हिरासत वा जेलका चिसा छिँडी, लिएका सेल्टर,
बनाएका भूमिगत वा भएका शहीद, मित्र र दुश्मनहरू, विश्वास, मान्यता
र आदर्शले बनेका साँधसिमाना, आँखा
बनेका नजर, गिदीले बनाइदिएको दृष्टि, दर्शनले लगाइदिएको चस्माले देखेका दृश्य । फेरिएका अवस्था, बदलिएका मान्यता ...उफ् । बिर्सन पनि नसक्नु, छोड्न पनि नसक्नु, समात्न पनि नसक्नु तब बनिदिन्छ–‘कम्युनिस्ट’ दुःख । कसैले सय शब्दमा १० दलाल शब्द प्रयोग
ग¥यो वा हजार शब्दको लेखमा ५० शब्द दलाल प्रयोग ग-यो
भने मान्नुस् उ खाँटी ‘क्रान्तिकारी’ हो.. ।
No comments:
Post a Comment