Pages

Saturday, July 9, 2022

 

हर्कबहादुरको नयाँ संस्करण        \

 

हर्कबहादुर उसलाई धेरै नामले चिन्न सकिन्छ \ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो \ अरूहरूबाट आफ्नो सक्कली नाम सुन्न व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ ऊ हर्कबहादुर हो।

हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन \ गते, बार, महिना, ऋतु, वर्ष, र तिथि पनि थाहा छैन \ समय, सायद आफ्नो पुच्छर आफैंले निल्ने  सर्पले भोग्छ \ समय, सायद हातहतियार छाद्ने कल–कारखानाले भोग्छ \ योजनाले भोग्छ साइरनले भोग्छ \ हर्कबहादुरले आजसम्म समय भोगेको छैन \ हर्कबहादुरले अझैसम्म समय मागेको छैन \ समयको नाममा भोग्दा– उसले महिषासुर झापडहरू भोगेको छ \ माग्दा– उसले अन्नका दानाहरू मागेको छ \ कपासका गाँठ र बारीका पाटाहरू मागेको छ \ एउटा एउटा बन्दुक बोक्ने हातलाई हर्कबहादुरले सधैं कोदाली मागेको छ\

 

हर्कबहादुर भोक हो \ भोकको देश र भेष पनि हुँदैन \ भोकको आफन्त र पराई पनि हुँदैन \ हर्कबहादुर ठोस हो \ पीडा आकारमा आबद्ध हुँदैन \ पीडाको साँध–सिमाना र घरबार पनि हुँदैन \ म साँच्चै भन्छु– भोक यदि देश हो भने हर्कबहादुरभन्दा सुकिलो अर्को देश हुनै सक्तैन \ शोक यदि देश हो भने हर्कबहादुरभन्दा ठूलो अर्को देश हुनै सक्तैन \ राष्ट्रियता! राष्ट्रियता!! राष्ट्रियता!!! स्वाधीनता! स्वाधीनता!! स्वाधीनता!!! नागरिकता! नागरिकता!! नागरिकता!!! परार उसकी सातवर्षे छोरी सर्पले टोकेर अकाल मर्दा खै! स्वाधीनताले ‘नजा’ भन्न सकेको ? लैजाऊ! सट्टामा केही दिनु पर्दैन राष्ट्रियता विज्ञप्त छ \ स्वाधीनता विज्ञप्त छ \ नगरिकता विज्ञप्त छ \ हर्कबहादुरको सन्दर्भमा यी सबैको प्रयोजन सिउनीमा अल्झेको सुर्तीको धूलोभन्दा बढी छैन \ सिउनी टक्टक्याएर त– हर्कबहादुर एक सर्को फुक्न बिँडी पनि बेर्न सक्तैन \

 

भनें नि– हर्कबहादुरको देश छैन \ हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन \ ऊ तपाईँको गाउँमा-सहरमा-देशमा पनि  भेटिन सक्छ \ जितबहादुर पनि हर्कबहादुर हो \ भीमप्रसाद पनि हर्कबहादुर हो \ हर्कबहादुर एकलव्यको नयाँ संस्करण  हो सलाम!

 

खर्च नपाएर आफैंमा तरुनी छोरीको बैंस र बूढी  स्वास्नीको भोक काँपिरहेको हर्कबहादुरलाई मेरी स्वास्नीको  सिन्दूर–पोतेको सलाम! सलाम! दिमागमा छोराछोरीको लुगाफाटो र छातीमा आफ्नै सहिद तस्बिर टाँगिरहेको हर्कबहादुरलाई मेरी आमाको काखको सलाम!! सलाम!

 

मान्छे–करङको दतिउन र हाडको चन्दन लेप नलगाएर मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको  हर्कबहादुरलाई मेरो कविताको सलाम!!!

No comments:

Post a Comment