'इद-अल-अजहा (बकरिद)' मात्रै हो।
\
-आनन्दराम
पौडेल
२०७९
असार २६ गते आइतबार पण्डित टीकाप्रसाद उपाध्यायका सुपुत्र बिहानको चियापिएर घरबाट बजारतिर
निस्के। बाटैमा पर्ने मासुपसलमा भीड देखेर रोकिंदै हेरे।
"लोकल भाले आइपुगेको छ हजूर।" मासुपसलेले
लोभ्यायो।
"एउटा भालेलाइ काटेर बनाइराख; म पत्रिकापसल पुगेर आउँछु।" पण्डितका छोराले
अह्राए।
पत्रिकापसलमा
केही पत्रिका सर्सर्ति पढ्यो र 'नयाँ
पत्रिका' किन्यो। नयाँ पत्रिका लिएर पसलबाट निस्कँदैथियो, वजारकै नेवार्नी वृद्धाले रोकेर सोध्नुभयो -
"आज हरिशयनी एकादशी (ठूलो एकादशी) हो त बाबु ?"
पण्डितको
छोरोले आफ्नो हातमा भएको 'नयाँ पत्रिका' पल्टायो। पत्रिकाको पहिलो पेजमै 'इद-अल-अजहा
(बकरिद)' को बिषयमा देखिन्थ्यो तर 'हरिशयनी
एकादशी (तुलसीको
बिरुवा सार्ने एकादशी)' को बिषयमा कहीं, कतै, केहीपनि
भेटेन। आफ्नो मोवाइल खोल्यो। त्यहाँ प्रचण्डले 'इद-अल-अजहा (बकरिद)' को उपलक्षमा भनेर देशबासीलाइ सम्बोधन
गरेर शुभकामना दिनुभएको बक्तब्य प्रकाशित देख्यो। प्रचण्डले 'इद-अल-अजहा (बकरिद)' लाइ महान पर्व भनेको पढ्यो। त्यति
लामो बक्तब्यमा 'इद-अल-अजहा (बकरिद)' को महात्म्यको ब्याख्या त थियो तर हरिशयनी एकादशीको बिषयमा एक शब्द
पनि थिएन।
यत्रो ठूलो एकादशीको बिषयमा जब यो ठूलो, प्रसिद्ध, राष्ट्रिय पत्रिकामा कहीं कतै केही उल्लेख
छैनभने तथा यति ठूलो राष्ट्रिय पार्टी ‘माओवादी केन्द्र’ ले समेत् राष्ट्रिय पर्वकै
शुभकामना दिईरहँदा हरिशयनी एकादशीको उच्चारण गरेको छैनभने आज हरिशयनी एकादशी पक्कै होइन भन्ने ठहर गर्यो र ती
वृद्धा नेवार्नीलाइ जवाफ दियो - "आज एकादशी होइन।"
यति
जवाफ दिएर पण्डितको छोरो मासुपसलतिर लम्क्यो।
सोमवार, जुलाई 11, 2022
No comments:
Post a Comment