ब्यभिचार
गर्ने र त्यस्लाइ ढाकछोप गर्ने कम्युनिष्ट टीम। \\
कवि, लेखक
तथा पत्रकारको परिचय बनाएका सङ्गीत श्रोतामाथि लागेको यौन-दुर्व्यवहारको आरोपलाइ गुपचुप
पार्ने प्रयास गरिएको छ । ‘वाम’ विचारधाराकी लेखिका तथा राष्ट्रिय दैनिकमा स्तम्भकारसमेत
रहेकी उनले सङ्गीत श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
०७२
मा ती लेखिकाको किताब सम्पादनका क्रममा श्रोताले श्रीमान् नभएको मौका छोपेर आफ्नै कोठामा
तीन पटकसम्म यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यो घटना तत्कालै सार्वजनिक
गर्न खोज्दा श्रोताकी श्रीमती र ‘हाई प्रोफाइल’ विद्यार्थी नेतृलगायत मिलेर सामसुम
पारेका थिए ।
उनै
सङ्गीत श्रोताले ‘थालनी’ नामको पार्टी र त्यसका दुई भातृ सङ्गठन : ‘प्रतिरोध’ र ‘पुष्पलाल
ज्ञानशाला’ मार्फत महिला हिंसाविरुद्ध चर्को आवाज उठाउन थालेपछि असह्य भएर ती लेखिकाले
सङ्गीत श्रोताका कर्तुतबारे बोलेकी हुन् ।
सङ्गीत
श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको फेहरिस्तसहित लेखिकाले सङ्गीत श्रोता नाइके
रहेको ‘थालनी’ र त्यसका दुवै भातृसङ्गठनलाई पत्र पठाएकी थिइन् । पीडित लेखिकाले ‘प्रतिरोध’
का अध्यक्ष मनोज खतिवडा, सचिव अनिता पण्डित र ‘पुष्पलाल ज्ञानशाला’
का संयोजक वन्धुविक्रम क्षेत्री र प्रमोद धिताललाई पत्र पठाएकी थिइन् ।
करिब
डेढ महिना अगाडी पीडितले पठाएको पत्रको खतिवडा र पण्डितले जवाफ पनि पठाएर यौन दुर्व्यवहार
जस्तो सम्वेदनशील घटनालाई भित्रभित्रै थामथुम पार्ने प्रयास गरेका थिए । त्यसपछि ती
लेखिकाले आफूमाथि सङ्गीत श्रोताले अन्याय गरेको भन्दै श्रोताले सार्वजनिक रुपमा माफी
माग्नुपर्ने सर्त राखिन् । यो सर्तपछि सङ्गीत श्रोता मालिक रहेको बेला प्रकाशनमा जोडिएका
अर्का कवि विनोद विक्रम केसी पीडित लेखिकालाई फकाउने कर्ममा खटिए ।
स्रोतका
अनुसार पीडितको मुखमा बिर्को लगाउन वाम वृत्तका ‘पुजनीय’ व्यक्ति नै दौडधुपमा लागेका
थिए । तर, उनको बुताले समेत पीडितलाई चुप लगाउन नसकेपछि
आफूलाई ‘नारीवादी’ दाबी गर्ने धनकुमारी सुनार, वाम
लेखक राजेन्द्र महर्जन, अभय श्रेष्ठ, उज्वल प्रसाई र सङ्गीत श्रोताकै वफादार कार्यकर्ता वन्धुविक्रम क्षेत्री
खटिए । आफ्ना कर्तुत बाहिर आउने लगभग पक्कापक्की भएपछि आत्तिएका सङ्गीत श्रोता देशका
प्रमुख राष्ट्रिय दैनिकका सम्पादकहरुसामु हात जोड्न पुगेका थिए । यसरी पनि पार पाउने
छाँट नदेखेपछि सङ्गीत श्रोताले अभय श्रेष्ठ, राजेन्द्र
महर्जन, उज्वल प्रसाईं, धनकुमारी सुनार र बन्धुबिक्रम क्षेत्रीसहितको जत्था
लिएर पीडितलाई ‘होस्टाइल’ गर्ने मिशनमा खटिए । सङ्गीत श्रोताको ‘वाम मण्डली’ले पीडितलाई
एक बन्द कोठाभित्र पुर्याए । र, बन्द
कोठाभित्र भएको यो भेटमा सङ्गीत श्रोताले पीडितसामु हात जोडेर घटना बाहिर नल्याइदिन
अनुनय विनय गरे ।
बुझिएअनुसार
यो भेटमा ‘वाम मण्डली’ले पीडित लेखिकालाई घटना सार्वजनिक गरेमा वाम वृत्तले बहिष्कार
गर्ने चेतावनीको भाषा पनि प्रयोग गरेका थिए । सामाजिक विभेद विरुद्ध र सीमान्तकृतको
पक्षमा वकालत गर्ने वाम लेखकहरु नै लागिपरेपछि पीडितको केही जोर चलेन । उनले हार खाएर
घटना सार्वजनिक नगर्ने निधो मात्रै गरिनन्, फेसबुकमा आफूले ‘आधारभूत न्याय’ पाएको दाबीसमेत
गरिन् ।
पीडितले
‘आधारभूत न्याय’ पाएको दाबी गरे पनि निकटस्थहरुसँग भने उनी आफ्ना पीडा पोखिरहेकी छन्
। महिला हिंसाविरुद्ध सामाजिक संरचना भत्काएर भए पनि पीडकहरुलाई सार्वजनिक कठघरामा
उभ्याएर न्यायको फैसला गर्नुपर्छ भनेर कडा रुपमा प्रस्तुत हुने ती लेखिकालाई श्रोताको
‘प्रगतिशील मण्डली’ले घुँडा टेक्न बाध्य बनायो । आफूलाई ‘शुद्ध वामपन्थी’ घोषणा गरेर
अरुको खेदो खन्ने सङ्गीत श्रोता समूहका सामुन्ने चेतनाले परिपक्व लेखिका कसरी चुप रहन
सकिन् ? समयले जवाफ दिने नै छ ।
फेसबुकमा
सङ्गीत श्रोता निकट व्यक्ति र ‘थालनी’ नामक पार्टीको भातृ सङ्गठनका व्यक्तिहरू भने
श्रोताको नाम नलिकनै पीडितले चाहेअनुसार नै उनलाई न्याय दिइएको ‘ठोकुवा’ गरिरहेका छन्
। तर, सङ्गीत श्रोताले गरेको दुर्व्यवहारको घटना
वाम वृत्त, साहित्यिक वृत्तमा भने भुसको आगो जसरी फैलिएको
छ । यति हुँदा पनि सङ्गीत श्रोता अध्यक्ष रहेको कथित ‘थालनी’ र त्यसका भातृसङ्गठन भने
मौन छन् ।
(साहित्य पोस्टसँग प्रमाणहरू सुरक्षित छन् ।)
Sunday, July
10, 2022
पादटिप्पणि
(कमेण्ट) हरू -
(१) आफूलाई कमरेड भनाउँदैमा वा अरुलाई कमरेड भन्दैमा कोही प्रगतिशील वा
मार्क्सवादी हुने होइन । मार्क्सवादलाई हामीले ओठमा सीमित राख्यौँ, कस्मेटिक बनायौँ र त्यसको आलोकमा आफ्नो अनुहार उज्यालो
बनाउने प्रयत्न गर्यौँ । मार्क्सवाद दर्शन हो । दर्शनको अनुकरण भनेको तपस्या हो । त्याग
हो । सदाचार हो । आचरण हो । जुन हामीले बिर्सियौँ । आफूलाई राम्रो भनिदिने र आफ्नो
गुणगान गर्नेलाई मार्क्सवादी देख्यौं र आफ्नो कमी कमजोरी औँल्याइदिनेलाई प्रतिक्रियावादी
देख्नथाल्यौँ । मार्क्सवादी बन्न वा देखिन भनेर अनेक झुण्ड निर्माण गर्यौँ । त्यी झुण्डभित्र
बौद्धिक-विलास गर्नथाल्यौँ । कुनै एउटा व्यक्तिलाई आदर्श मान्यौँ र माथि चढायौँ । उसले
जे बोले पनि जसो भने पनि त्यसको पछि लाग्नु र उसको बचाउ गर्नु हाम्रो धर्म बन्यो ।
हाम्रो यही क्रियाले हामीले केही मठाधीशहरु जन्मायौँ र आफूलाई उनीहरुकै वरिपरि घुमाइरह्यौँ
। यसले मार्क्सवादी आन्दोलन त ओरालो जान्छ नै हामीभित्रको मानवता पनि अधोगतिमा नै जान्छ
। मार्क्सवादी आन्दोलनको बिल्ला भिरेर समाजको नेतृत्वको जिम्मा लिन्छु भन्ने साहित्यमा
अलग धार बनाउँछु भन्ने, समाज रुपान्तरणका लागि योगदान दिएको छु
भन्नेहरु एकाएक नाङ्गिन थालेका छन् । नेतालाई गाली गरेर नथाक्ने तर आफू आचरणमा बस्न
नसक्ने समाजका अगुवाहरु, नागरिक समाज, विभिन्न खाले आन्दोलनका कथित अभियन्ताहरु नै वास्तवमा
समाजका खलनायक हुन् । यिनले राजनीतिलाई सङ्लिन पनि दिँदैनन्, समाजलाई स्वस्थ रहन पनि दिँदैनन् । अझ ठुला दोषी
त तपाईं हामी हौँ, जो यिनलाई आदर्श मान्छौँ र यिनले जे बोलेपनि
गुरुवाणी भनेर शिरोपर गर्छौं र जे गरेपनि चुपचाप बस्छौं ।
(२) Subash Devkota
: सङ्गीत श्रोताको छद्म नामले चिनिने कथित अधिकारकर्मी
यमबहादुर क्षेत्री नै सरिता तिवारी माथि यौन दुर्व्यवार गर्ने ! खगेन्द्र सङ्ग्रौला, आहुतीहरू चाहीं ब्यभिचारीको बचाउमा ! उल्टै ढाकछोप
गर्ने प्रयत्न गर्दैरहेछन् ! परिचालित भएर अरूका मुद्दामा Dna test negative आउँदा पनि दोषी मान्नुपर्छ भन्ने फन्डितहरू
स्वयम् पीडितले हिम्मत गरेर कालो कर्तुत खोल्दा पनि छानबिन गरौं भन्नुको सट्टा उल्टो
ढाकछोप गर्ने ? पीडित लाई दबाब दिने ?
के यो
"Too much wokeism
corrupts rational thinking" भएको हो ? -Subash Devkota
(३) यो बिषयमा सरस्वती गुरुङ साप्कोटा @SaraswatiSap जीले
टिप्पणि लेखेर ट्विटरमा पब्लिश गर्नुभएको
यो कमेण्ट -
“प्रगतिशील सिण्डिकेट गिरोह' लेख
छाप्ने, एक अर्काको वाहवाही गर्नेदेखि लिएर कमरेडले गरेको यौनहिंसालाई गिरोह
खडा गर्दै सामुहिक सौर्य प्रयोग गरेर भित्रभित्रै
राफसाफ गर्नेसम्ममा लागेर सिङ्गो
मार्क्सवादी आन्दोलनलाई आफ्नो बचाउको अस्त्र बनाउन पुरै तागतसहित 'प्रतिरोध' गर्दै रहेछ।”
(४) सरिता तिवारीलाई प्रमाेद धिताल, विनाेदविक्रम केसी, मनाेज खतिवडा, अनिता पण्डित, मानुषीलगायत सबैले 'हामी गम्भीर छाैं दिदी, हामी संवेदनशील छाैं, हामी जिम्मेवार छाैं' भनेर ढाँटिरहे र तिवारीकै शब्दमा उनलाई दाईंकाे गाेरु बनाएर घुमाईरहे।
याे हाे तिमीहरुकाे गम्भीरता, सम्बेदनशीलता र जिम्मेवारिता ? थुक्क !
Conversation
No comments:
Post a Comment