Pages

Tuesday, August 2, 2022

 

माओवादी अत्याचार        \

 

मालिका गाउँपालिका–५ छापहिले गुल्मीका प्रेमबहादुर खड्का शिक्षक थिए। ०५८ साल मंसिर १० गते उनी सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन माओवादीबाट अपहरणमा परे। माओवादीका नेता, कार्यकर्ताहरूलाई खानाबस्न नदिएको, माओवादीको सुराकी गरेको, एमालेको राजनीति गरेको जस्ता आरोप खड्कालाई लगाइयो। माओवादीले लगाएको आरोप खड्काले स्वीकार नगरेपछि उनलाई घरमै आएर माओवादीले अपहरण गरेका थिए।

सदरमुकाम तम्घासबाट आएर खानाखानका लागि हातधुदै थिएँ, एक्कासि मुखमा रुमाल बाँधेर छापामार शैलीमा आएका माओवादीले अपहरण गरेर लगे’, खड्काले विगत सम्झँदै भने, ‘हामीले लगाएको आरोप स्वीकार गर्नका लागि दबाब दिए तर मैले स्वीकार नगरेपछि ५/६ जनाको समूहले मरणासन्न हुने गरी कुटे।’

माओवादीबाट पीडित भएपछि खड्कासहित ८ जनाको परिवार गाउँबाट विस्थापित भएर सदरमुकाम तम्घासमा गएर बस्न बाध्य भए। रेसुंगा मावी तम्घासमा काज सरुवा भएर त्यहाँ एक वर्ष पढाए। निर्घात कुटपिटपछि खड्कालाई पुरानो चोट बल्झिरह्यो। उनी निरन्तर टिचिङ हस्पिटल काठमाडांँमा उपचारका लागि जानुपर्‍यो। ‘कुनै गल्ती नगर्दा पनि द्वन्द्वमा माओवादीले दिनु दुःख दिए’, खड्काले भने, ‘द्वन्द्वपीडित भनेर राज्यले पहिचान गरेको छ। ती दिन सम्झँदा नयाँ जुनी पाएजस्तो लाग्छ।’ 

०००

द्वन्द्वको समयमा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडाका कविराम खड्का थलिएको १७ वर्ष भयो। छातीदेखि तलको भाग चल्दैन। समयमै उपचार गरेको भए उनको यो अवस्था हुने थिएन। घाइतेका लागि भनेर दिने भत्ता पनि सरकारले समयमै दिन्न’ कविराम भन्छन्, ‘मासिक रूपमा भत्ता पाएको भए पनि औषधि गर्न सजिलो हुने थियो।’

००० 

२०६० साल भदौ ३० गते दोहोरो भिडन्तमा परी सुर्मा गाउँपालिका–२ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर घाइते भए। उनको छाती, घाँटी र आँखामा गम्भीर चोट लाग्यो। नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कलेज लगियो। उपचारपछि ज्यान त बच्यो। तर, आँखाको ज्योति र घाउका डोबहरू कहिल्यै नबिर्सिने खत बने। अहिले उनलाई प्रहरीको रासनभत्ता र तलब गरी मासिक ३५ हजार आउँछ।

त्यसले सदरमुकाम चैनपुरमा बसेर परिवार पाल्न, छोराछोरी पढाउन र नियमित चेकजाँच तथा उपचार गर्न पुग्दैन। दायाँ आँखा अलिकति देख्ने र बायाँ आँखा पटक्कै नदेख्ने समस्या छ। छोराछोरीको पढाइ खर्च सरकारले व्यहोरिदिएको भए र आफूलाई केही उपचार खर्च दिए निकै सहज हुने भनाइ छ। 

 

No comments:

Post a Comment