किचिएका माओवादी-कार्यकर्ता \
२५ भदौ, २०७९ । अनेक सपना देखाएर सोझासाझा नेपालीलाई
युद्धमा होमाएर हत्याहिंसा मच्चाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
दाहाल ‘प्रचण्ड’ यतिबेला सत्ता स्वार्थको दौडमा छन् । विचार सिद्धान्त नमिल्ने
नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड सत्ताको स्वाद लिइरहेका छन् ।
प्रचण्ड
काठमाडौंको विलासितामा रमाइरहेका बेला उनकै बहकाउमा युद्धमा होमिएका कमाण्डरहरू
वाक्क भई आत्महत्याको बाटो रोज्न थालेका छन् । लमजुङका पुराना माओवादी नेता
देवेन्द्र पौडेल ‘प्रताप’ले आत्महत्याको बाटो रोजेका छन् ।
युद्धकालमा
जिल्ला सेक्रेटरी भएर नेतृत्व हाँकेका प्रतापले आत्महत्या गरेपछि यतिबेला
माओवादीका स्थानीय नेता, कार्यकर्ता चिन्तित
बनेका छन् । प्रताप ज्यानको बाजी लगाएर युद्धमा हिँडेका थिए, उनले व्यक्तिगत सम्पत्ति पार्टीलाई बुझाएका थिए ।
अन्तरजातीय
विवाह गरेका थिए तर प्रचण्डको नेतृत्वमा माओवादी पार्टी हतियार बिसाएर खुला
राजनीतिमा आएपछि उनी विरक्तिएर पार्टी नै छोडेर बसेका थिए । युद्धका कमाण्डर
प्रचण्ड काठमाडौंमा विपक्षीसँग रमाइरहेका बेला प्रतापलाई द्वन्द्वकालको घटनामा
व्यक्ति हत्या आरोपमा मुद्दा लगाइएको थियो । उनका दाइलाई पनि द्वन्द्वकालको
मुद्धामा गत वैशाखमा जेल हालिएको छ ।
पछिल्लो
समय पार्टी बिग्रिएको, पारिवारिक अवस्था र
गरीबीले प्रताप चिन्तित थिए । उनी अप्ठ्यारोमा पर्दा पार्टीले समेत हेरेको थिएन ।
अन्तरजातीय बिहे गरेकाले समाजले पनि बहिष्कार गरेको थियो ।
लमजुङ
जीताको पुर्ख्यौली सम्पत्ति पार्टीलाई बुझाएकाले उनको सम्पत्ति पनि थिएन । केही
समययता ललितपुरमा बस्दै आएका पौडेलले शुक्रबार राति ललितपुरमै आत्महत्या गरेका
हुन् ।
शुक्रवार, सेप्टेम्बर 16, 2022
No comments:
Post a Comment